दिव्य दैनिक राशिफल

su6

जय हिन्दु राष्ट्र नेपाल !! जय गौ माता !!!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!!
हिमाल पहाड तराई कोहि छैन पराई !जय नेपाल !!!

अाजको पञ्चाङ्ग
वि.सं. २०७३ साल चैत २८ गते, सोमवार, इश्वी सन् २०१७ अप्रिल १० तारिख, शकसंवत् १९३९,साधारण संवत्सर, उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३७ चौलाथ्व, चैत्र शुक्लपक्ष,तिथि– चतुर्दशी, ९:५९ बजेउप्रान्त पूर्णिमा,नक्षत्र– हस्त, २७:०६ बजेउप्रान्त चित्रा,योग– ध्रुव, ८:५३ बजेउप्रान्त व्याघात, करण– वणिज, ९:४९ बजेदेखि भद्रा, २२:१९ बजेउप्रान्त वव,आनन्दादिमा वज्र योग,चन्द्रराशि– कन्या, सूर्योदय– ५:४७ बजे, सूर्यास्त– १८:२५ बजे र दिनमान ३१ घडी ३७ पला। वर्त/पर्व-पूर्णिमा व्रत, भक्तपुरमा भैरव–भद्रकाली यात्रा।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७३ साल चैत २९ गते, मंगलवार, इश्वी सन् २०१७ अप्रिल ११ तारिख, शकसंवत् १९३९,साधारण संवत्सर,उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३७ चौलाथ्व चैत्र शुक्लपक्ष, तिथि– पूर्णिमा, १०:४६ बजेउप्रान्त प्रतिपदा, नक्षत्र– चित्रा, २८:४९ बजेउप्रान्त स्वाती, योग– व्याघात, ८:२४ बजेउप्रान्त हर्षण,करण– वव, १०:४६ बजेदेखि वालव, २३:२० बजेउप्रान्त कौलव, आनन्दादिमा ध्वांक्ष योग,चन्द्रराशि– कन्या, १५:५५ बजेउप्रान्त तुला, सूर्योदय– ५:४६ बजे, सूर्यास्त– १८:२६ बजे र दिनमान ३१ घडी ४१ पला।वर्त/पर्व- मन्वादि,देवीयात्रा, हनुमान जयन्ती,वैशाखस्नान आरम्भ, बालाजुस्थित बाइसधारा मेला, लमजुङस्थित यलुङपोखरी मेला, ल्हुतिपुन्ही, ल्हुतिस्नान, वैशाख–स्नान आरम्भ, राज जन्मोत्सव (कृष्ण प्रणामी)।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
वैदेशिक यात्रामा लाभ मिल्नेछ,साथीभाइबीचको सम्बन्धमा उल्झन आउनेछ, मनमा शंका बढ्नेछ,आजको शुभ अंक-६ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामाजिक पद-प्रतिष्ठा वृद्धि हुनेछ, वाहन सुख मिल्नेछ , मान्यजनको सहयोग मिल्नेछ, पदोन्नति हुनेछ,आजको शुभ अंक- ८ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मानसिक चिन्ता बढ्नेछ ,मुद्दा-मामिला सामना गर्नुपर्ला ,स्वास्थ्यमा खर्च बढ्नेछ, कर्म प्राति हुनेछ,आजको शुभ अंक- ११ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रामा सावधान रहनुहोला, नवीन कार्यको सुरुवात हुनेछ, टाढिएका मित्रसँग भेट हुनेछ, मन प्रफुल्लित रहनेछ,आजको शुभ अंक- ९ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कुटुम्बको सहयोग मिल्नेछ, पति÷पत्नीबीचको सम्बन्धमा सुधार आउनेछ,विपरीतलिंगीप्रति आकर्षण बढ्न सक्छ,आजको शुभ अंक – ६ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
लेनदेनमा विवाद बढ्नेछ , अनपेक्षित धन प्राप्ति हुनेछ , मन अशान्त रहनेछ, पेटको समस्या बढ्नेछ,आजको शुभ अंक – १० रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यमा समस्या आउनेछ, व्यवसायमा सुधार आउनेछ, परोपकारको भावना वृद्धि हुनेछ , आलस्य बढ्नेछ, आजको शुभ अंक -५ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक सम्बन्धमा सुधार आउनेछ, धन आर्जनका नयाँ स्रोत फेला पर्नेछन् ,शत्रु परास्त हुनेछन् ,स्फूर्ति बढ्नेछ,आजको शुभ अंक- १ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफन्तसँग मनमुटाव हुनेछ, आकस्मिक धन लाभ हुनेछ, कान्ति क्षय हुनेछ, व्यवसायमा अवोन्नति हुन सक्छ,आजको शुभ अंक- १२ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
बोलीको प्रभाव बढ्नेछ, नवीन कार्य सुरु गरिनेछ, टाढिएका मित्रसँग भेट हुनेछ ,व्यापार सामान्य रहनेछ,आजको शुभ अंक – ४ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दैनिक कार्यमा बाधा उत्पन्न हुनेछ , धन आर्जन प्रभावित हुनेछ, स्वास्थ्यमा सुधार आउनेछ,परिवारमा मेलमिलाप होला, आजको शुभ अंक- ५ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
परिश्रम बढ्नेछ, दैनिक कार्यमा ढिलासुस्ती हुनेछ, सञ्चित धन खर्च हुन सक्छ, दिनको पूर्वाद्र्ध शुभ रहनेछ,आजको शुभ अंक -७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *