नुनमा हुने अदभुत शक्तिले घरमा सकारात्मक उर्जा

gold-and-salt

वास्तु शास्त्रका अनुसार नूनले खाने कुरालाई स्वादिलो बनाउने मात्र होइन यसको प्रयोगबाट जीवनमा नै सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।नुनमा हुने अदभुत शक्तिले घरमा सकारात्मक उर्जा पैदा गर्ने वास्तु शास्त्रको भनाइ छ ।

नुनले घरमा कसरी सकारात्मक उर्जा ल्याउँछ ?

१- वास्तु शास्त्र भन्छ घरमा नुनको प्रयोगले नकारात्मक उर्जा नष्ट हुन्छ । परिवारको कुनै सदस्यलाई कसैको नजर लागेमा एक चिम्टी नुन त्यस्तो ब्यक्तिको शिरमाथि घुमाएर पानीमा बगाइदिएमा यस्तो दोष मेटिन्छ । यो मानिसहरुको स्वागतका लागि पनि प्रयोग गर्न सकिन्छ ।

२- वास्तु दोष हटाउनका लागि काँचको कचौरामा नुन राखेर शौचालय वा वाथरुममा राख्दा घरमा सकारात्मक उर्जा जम्मा हुन सक्छ । शौचालय र स्नान गृहमा नकारात्मक उर्जा जम्मा हुने हुँदा नुनले यस्तो उर्जालाई निषेध गर्ने वास्तु शास्त्रको भनाइ छ ।

३- काँचको कचौरामा केही मात्रामा नुन राखेर घरको कुनै कुनामा राखिदिनुस् । यसले पुरै घरमा सकारात्मक उर्जा प्रभाहित हुन्छ । यसरी राखिने नुनले राहु, केतुको दशा समेत मेटाउँछ । यसरी नुन राख्दा मनमा उत्पन्न हुने नकारात्मक विचार निषेध हुन्छन् ।

४- ढिक्के नुनलाई रातो कपडामा बेरेर घरको मुख्य द्वारमा राख्दा घरमा नकारात्मक उर्जा प्रवेश गर्न नपाउने वास्तु शास्त्रको भनाइ छ । यस्तो नुनलाई आफ्नो कार्यस्थल वा ब्यापारिक स्थलमा पनि राख्न सकिन्छ ।

५- रात्रिकाल अघि नै पानीमा एक चुट्की नुन मिलाएर हात खुट्टा धुँदा चिन्ताबाट मुक्त हुने वास्तु शास्त्रको भनाइ छ । यसो गर्दा निद्रा र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने मानिन्छ ।

६- घरमा रक सल्ट ल्याम्प राख्दा पनि सकारात्मक उर्जा पैदा हुन्छ । वास्तुका अनुसार यो विधिले घरमा शान्ति अमन चयन र समृद्धी बढ्छ । रोगको पनि नाश हुन्छ ।

७- हप्तामा एक पटक नुन मिसिएको पानीले बच्चालाई स्नान गराइदिनु पर्छ । यसो गर्दा कसैको नजर नलाग्ने वास्तु शास्त्रको भनाइ छ । नुन पानीले स्नान गराएको बच्चालाई स्वास्थ्य समस्या पनि कम हुने वास्तु शास्त्रको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *