नेपालमा कालगणनाको इतिहास (Nepalese time calculations)

123

मेरा पूर्खा पश्चिमाका पूर्खा भन्दा धेरै महान थिए ! धेरै गणितग्य थिए ! ज्ञानी थिए ! त्यसैले धुलेटो कोरेको भरमा धेरै कुरो व्यवस्थित गरेर गए ! हाम्रा पूर्खाहरुले नेपालमा ग्रह गतिहरुको शुक्ष्म अध्ययन गर्ने परम्परा परापूर्व कालदेखि गरी त्यसलाई लौकिक ब्यबहारमा प्रयोग गर्ने बर्षौ अघि देखि बानी बसालेर गए ! यो चलन आजसम्म चल्दै आएको छ र यसको प्रयोग हाम्रो आफ्नै लौकिक पारामा गरिंदै आएको छ ! नेपालमा कालगणना पृथ्वी, चन्द्र, सूर्यको गतिको आधारमा गरिन्छ तथा चंद्र र सूर्यको गतिमा आएको अंतरलाइ मिलाउने काम अधिक मासद्वारा गरिन्छ ! नेपालमा समयको गणना त्यसका विभिन्न तत्व र कारणहरु यस प्रकार रहेको छ !
दिन अथवा वार-( सात दिन ):-
—————————-
पृथ्वी आफ्नो धुरीमा १६०० कि.मी. प्रति घंटाको बेगले घुम्छ ! यो घुम्ने क्रम पुरा गर्न उसलाई २४ घंटा लाग्छ ! यसमा १२ घंटा पृथ्वी सूर्यको अगाडी रहन्छ त्यसलाई दिन तथा अर्को १२ घण्टा सूर्य पछाडी पर्ने समयलाइ रात भनिन्छ ! यस प्रकार १२ घंटा पूर्वार्द्ध तथा १२ घंटा उत्तरार्द्ध हुन्छ ! यस प्रकार १ अहोरात्रमा २४ होरा हुन् पुग्छन !
सौर्य दिन : –
———-
पृथ्वीले सूर्यको परिक्रमा १ लाख कि.मी. प्रति घंटाको रफ्तारमा गर्दछ ! पृथ्वीको १० चालनलाइ सौर्य दिन भनिन्छ !
चन्द्र दिन वा तिथि :-
——————–
चन्द्र दिनलाइ तिथि भनिन्छ ! जस्तो प्रतिपदा ,द्वितीया , चतुर्थी, एकादशी, पूर्णिमा, औंशी आदि ! पृथ्वीको परिक्रमा गर्दा चन्द्रमाले खाने १२ अंश ( डिग्री )नै एउटा तिथि हो !
सप्ताह :-
——-
सारा विश्वमा सप्ताहको दिन क्रम नेपालमा चलन भएको क्रम अनुसार नै हुन्छ ! याँहा पृथ्वी देखि उत्तरोत्तर दूरीको आधारमा ग्रहहरुको क्रम निर्धारित गरिएको छ ! दुरी अनुसार टाढा शनि, गुरु, मंगल, सूर्य, शुक्र, बुद्ध र चन्द्रमा रहेका छन् ! यस मध्ये चन्द्रमा पृथ्वीबाट नजिक शनि धेरै टाढा ! यसमा एक-एक ग्रह दिनको २४ घंटा या होरामा एक-एक घंटाको अधिपति हुन् पुग्छ ! क्रमानुसार सातै ग्रहहरु एक-एक घंटाको अधिपति भै रहन्छन त्यहि क्रममा अर्को दिनको सुर्योदय कालमा जुन होरा आइपुग्छ त्यसैको नामबाट त्यो दिनको बार राखिन पुगेको छ ! यहि क्रम हप्तै भरी चलि रहन्छ र सम्पूर्ण विश्व भरी यहि मान्यता लागुछ त्यसकारण आइतवार पछि हरेक ठाउमा सोमवारनै आउछ !
पक्ष :-
—-
पृथ्वीको परिक्रमा गर्दा चन्द्रमाले खाने १२ अंश एउटा तिथि हो भनियो ! औंशीको दिन चन्द्रमा पृथ्वी तथा सूर्यको बीच रहन्छ ! यसलाई जीरो अंश मानिन्छ त्याँहाबाट १२ अंश हिडे पछि तथा चन्द्रमा सूर्य भन्दा १८० अंश टाढा पुगेपछि त्यो तिथिलाई पूर्णिमा भनिन्छ ! यस प्रकार प्रतिपदा देखि पूर्णिमा सम्म शुक्ल पक्ष तथा पुनः प्रतिपदा देखि औंशी सम्मको पक्षलाई कृष्ण पक्ष भनिएको छ !
महिना :-
——-
हाम्रो लौकिक ब्यबहारमा समय गणना गर्नकोलागि आकाशमा २७ नक्षत्र मानिए (१) अश्विनी (२) भरणी (३) कृत्तिका (४) रोहिणी (५) मृगशिरा (६) आर्द्रा (७) पुनर्वसु (८) पुष्य (९) आश्लेषा (१०) मघा (११) पूर्व फाल्गुनी (१२) उत्तर फाल्गुनी (१३) हस्त (१४) चित्रा (१५) स्वाति (१६) विशाखा (१७) अनुराधा (१८) ज्येष्ठा (१९) मूल (२०) पूर्वाषाढ़ (२१) उत्तराषाढ़ (२२) श्रवण (२३) धनिष्ठा (२४) शतभिषा (२५) पूर्व भाद्रपद (२६) उत्तर भाद्रपद (२७) रेवती।
२७ नक्षहरु प्रत्येकलाई चार पाउमा बाडियो ! यसप्रकार हुन् आउने कूल १०८ पाउलाइ नौ पाउको आकृति अनुसार १२ राशीहरुमा मिलान गरिएको छ ! जो निम्नानुसार छ –
(१) मेष (२) वृष (३) मिथुन (४) कर्क (५) सिंह (६) कन्या (७) तुला (८) वृश्चिक (९) धनु (१०) मकर (११) कुंभ (१२) मीन। पृथ्वीमा यी राशिहरुको रेखा निश्चित गरिएको छ जसलाई क्रांति भनिन्छ ! यिनै क्रांतिहरुलाइ विषुवत् रेखा देखि २४ उत्तरमा तथा २४ दक्षिणमा मानिन्छ ! यस प्रकार सूर्य आफ्नो परिभ्रमणमा जुन राशि चक्रमा हुन् आउँछ त्यसैको आधारमा त्यो क्रांतिको नाममा सौर मास राखिन्छ ! यो साधारणत: वृद्धि तथा क्षय बाट मुक्त हुन्छ !
चन्द्र महिना : –
————
जुन नक्षत्र महिनादिन सम्म साझपाख देखि प्रातः काल सम्म आकाशमा देखिन्छ र जुन नक्षत्रमा चन्द्रमाले पूर्णता पाउछ त्यसैको आधारमा चन्द्र महिनाको नाम राखिएको हुन्छ भन्नुको मतलब पूर्णिमाको दिन रहन आउने नक्षत्रको नाउबाट त्यो महिनाको न्वारन गरिएको हुन्छ !(१) चित्रा (२) विशाखा (३) ज्येष्ठा (४) पूर्बाषाढ़ा (५) श्रवण (६) भाद्रपद (७) अश्विनी (८) कृत्तिका (९) मृगशिरा (१०) पुष्य (११) मघा (१२) पूर्वाफाल्गुनी। यसैको आधारमा चैत्र, वैशाख, ज्येष्ठ, आषाढ़, श्रावण, भाद्रपद, अश्विनी, कृत्तिका, मार्गशीर्ष, पौष, माघ तथा फाल्गुन-यसरी चन्द्र महिनाहरुको नाम राखिएको हो !
उत्तरायण र दक्षिणायन :-
————————–
पृथ्वी आफ्नो कक्षमा २३ अंश उत्तर पश्चिमी क्षेत्रमा झुकेको मानिन्छ ! यस कारण भूमध्य रेखा बाट २३ अंश उत्तर / दक्षिण सूर्यको किरण लामो पर्दछ ! सूर्य किरण लामो पर्नुनै संक्रान्ति हो ! यसमा २३ अंश उत्तर लाइ कर्कट रेखा तथा दक्षिण तर्फलाइ मकर रेखा भनिन्छ ! भूमध्य रेखा ०० लाइ विषुवत रेखा पनि भनिन्छ ! त्यस्तै कर्क संक्रान्तिदेखि दक्षीणायन तथा मकर संक्रान्तिलाइ उत्तरायण भनिन्छ !
वर्षमान :-
———
पृथ्वीले सूर्यलाइ एक लाख कि.मी. प्रति घंटाको गतिले १६६०००००० कि.मी. लामो बाटो ३६५ दिनमा पूरा गर्दछ त्यसै काल खण्डलाई वर्ष भनिन्छ !
युगमान: –
——–
4,32,000 वर्षमा सातै बटा ग्रहहरु एकै ठाउमा रहन पुग्नु लाइ कलियुग भनिन्छ ! दुइ युति लाइ द्वापर, तीन युतिलाइ त्रेता तथा चार युतिलाइ सत्य युग भनिएको हो ! चतुर्युगमा सातै ग्रहहरुको भोग एवं प्रयोग एकै दिशामा हुन् पुग्नु नै ग्रहहरुको बिचारमा चतुर्युगी हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *