पिलो ठीक पार्ने घरेलु उपाय !

pilo

प्राय अधिकाशंमा पिलोको समस्याले जीवनकालको कुनै न कुनै खण्डमा दुख दिएकै हुन्छ । बच्चा देखि बुढाबुढी सम्मलाई पिलोको समस्याले हुरुक्कै पार्छ । गाँउ घरतिर पिलोलाई बिभिन्न नामले सम्बोधन गरिन्छ । एकमुखे पिलो सातमुखे पिलो , हाडे पिलो आदि ।

यसका कारण हुने घाउ अन्यभन्दा अलिक फरक र पीडादायी हुन्छ । पिलो भएमा शरीरका कुनै भागमा फोकाजस्तो देखिन्छ र त्यसमा पीप जम्न थाल्छ । पिलोको समस्या शरीरको कुनै पनि अंगमा हुनसक्छ । यद्यपि, हातगोडा, पिठ्युँ, काखीमुनि र जाँघको वरिपरि यस्तो समस्या बढी हुने गर्छ । पिलो भएमा शरीरको कुनै अंग रातो हुने, फुल्ने, सुन्निने, ढुसी पर्ने, पीप जम्मा हुने र पीप निस्कने गर्छ । पिलो भएमा उपचारका लागि बजारमा विभिन्न औषधी र मलम किन्न पाइन्छ । जबकि, आयुर्वेदिक औषधीद्वारा यसको समस्याबाट सजिलै मुक्ति पाउन सकिन्छ ।

लप्सी

लप्सिको भित्री दानो लिनुहोस् । त्यसको बाहिरि अमिलो सबै जानेगरि पखाल्नुहोस् र सफा सिलौटामा घोट्नुस । त्यसबाट बनेको लेप पिलो निस्किएको ठाउमा दल्नुहोस् । जस्तो सुकै कडा खालको पिलो पनि ठिक हुन्छ । नपाकेको र अररिएर दुखेको छ भने पनि यसको प्रयोग गर्न सक्नुहुन्छ । जसले छालालाई नरम बनाउछ र पिलोको मुख छिटै पाकेर खिल निस्कन्छ ।

गहुँ

फाइबर र क्याल्सियमयुक्त गहुँ पिलोको राम्रो औषधि मानिन्छ । गहुँको केही दानालाई केहीबेर चपाएर त्यसको लेपलाई पिलो भएको ठाउँमा लगाउनाले यसबाट मुक्ति पाउन सकिन्छ ।

बेसार

पिलोको राम्रो औषधी बेसार पनि हो । बेसारमा एन्टि-एन्फ्लेमेन्टरी तथा नेचुरल ब्याड प्युरिफिकेसन तत्व हुन्छ । बेसारको प्रयोगले घाउको दुःखाई कम गर्न मद्दत गर्छ । पिलोको वरिपरि बेसारको लेप बनाएर लगाएको खण्डमा यसबाट छिट्टै राहत पाउन सकिन्छ । यस्तै, एक गिलास दूधमा एक चम्चा बेसार हालेर ४-५ दिनसम्म पिएको खण्डमा पनि पिलो छिट्टै निको हुन्छ ।

मेहेन्दी

पिलोको दुःखाई कम गर्न मेहेन्दीको प्रयोग लाभकारी हुनसक्छ । मेहेन्दीमा पाइने चिसो गुण यसका लागि फाइदाजनक हुने गर्छ ।

अझ, पिसेको मेहेन्दीलाई पिलो भएको ठाउँमा साँझबिहान बाक्लो लेप बनाएर लगाउनु पर्छ ।

निम

एन्टिबायोटिक तत्वले भरिपूर्ण निममा एन्टि-माइक्रोबियल गुण हुन्छ । बिनासाइड इफेक्ट निमले शरीरबाट पिलो निको पार्न मद्दत गर्छ । निमलाई पिसेर लेप बनाई पिलोको वरिपरि लगाउनु पर्छ ।

लसुन

लसुन पिसेर लेप बनाएर घाउमा लगाउनुस् । दैनिक २-३ वटा काँचो लसुनको पोटी चपाएर खानाले पनि पिलोबाट राहत पाउन सकिन्छ ।

प्याज

प्याजमा एन्टिसेप्टिक तत्व पाइन्छ, जसले पिलो निको पार्न मद्दत गर्छ । प्याजको एउटा स्लाइसलाई घाउमा राखेर कपडाले बाँध्नोस् । एक वा दुई घण्टापछि निकालेर यो प्रक्रिया पुनः दोहोर्‍याउनुस् । पिलो छिट्टै निको हुन्छ ।

दही, जिरा र कालो मरिच

दही र जिरा पाउडरको प्रयोगबाट पनि पिलोबाट छुटकारा पाउन सकिन्छ । जिरालाई मसिनो गरी दहीमा मिसाएर त्यसमा थोरै कालो मरिच हाली पिलो भएको ठाउँमा लगाउनुस् । पिलोबाट चाँडै छुटकारा पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *