फागुन महिनाको राशिफल

123

जय हिन्दु राष्ट्र नेपाल !! जय गौ माता !!!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!!
हिमाल पहाड तराई कोहि छैन पराई !जय नेपाल !!!

फागुन महिनाको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । विश्वासपात्रले धोका दिन सक्छन् । र, बाध्यात्मक परिस्थितिमा रुमलिनु पर्नेछ । विषम परिवेशमा पनि सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । परोपकारजन्य काम र मङ्गलमय कृत्य सम्पादन गरिनेछ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ । अनावश्यक खर्च, कर्जा र चोटपटकका कारक देखिन्छन् । उत्साहमा कमी ल्याउनेछ र विलम्बका साथ कार्य सम्पादन हुने
देखिन्छ । आम्दानीको क्षेत्रमा सर्ने राहुले ठेकेदारी, सट्टापट्टा र प्राविधिक कामहरूबाट फाइदा दिलाउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)–
पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तानबाट लाभ र सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । धर्मकर्ममा केही विरोध सामना गर्नुपर्ला र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । तापनि, मंगलमय कृत्य सम्पादन हुने योग छ ।पारिवारिक असमझदारी र बन्धुबान्धवसँग मनमोटाव र अधैर्य बढ्ने देखिन्छ । तापनि, शत्रुबाधा र ऋणबाट मुक्ति पाइनेछ । कब्जियत वा मलद्वारसम्बन्धी रोगले सताउन सक्छ । खराब आचरण भएकाहरूको संगत बढ्ने वा कुलतमा परिने सम्भावना छ, सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)–
स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान पाइनेछ । घरमा माङ्गलिक कार्य सम्पादन होलान् । प्रगति र भाग्योदय हुने वर्ष छ । प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । नोकरीतर्फ हुनेहरूका लागि अनुकूल स्थानान्तरण र पदोन्नतिको समय छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूको विशेष प्रगति हुने वर्ष रहेको छ । समाजसेवा र परोपकारका कार्य गरिनेछ । यदाकदा बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ ।सहयोगीको राम्रो साथ पाइनेछ र नया- उद्योग-धन्दा थालनी गर्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ । यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तानबाट लाभ र सुख मिल्नेछ । मंगलमय कृत्यहरू सम्पादन हुनेछन् ।तपाईंको समय पनि प्रतिकूल बन्नेछ । पारिवारिक असमझदारी र बन्धुबान्धवसग मनमोटाव बढ्ने देखिन्छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । सुखस्थानको केतुले पनि तनाव बढाउने देखिन्छ । उत्तम रोजगारी मिल्नेछ र नोकरीमा पदोन्नति समेत हुनेछ । सहयोगीहरूबाट उचित सहयोग पनि पाइनेछ । उच्च महत्वाकांक्षाले काम बिग्रने, धन हानि र परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
प्रयत्न गर्दा उत्तम नोकरी वा खाइपाई आएको नोकरीमा पदोन्नति सम्भावना छ । तर्कशक्ति बढ्नेछ । पठनपाठनमा प्रगति र व्यापार-व्यवसायमा पनि राम्रो फाइदा हुनेछ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध स्थापित वा प्रगाढ हुने समय छ । जीवनसाथीबाट पाइने साथ र उत्साहले काम सहजै सफल हुनेछन् । भौतिक सुख-सुविधा बढ्नेछ । बहुमूल्य धातु, यन्त्र र सवारीसाधन समेत प्राप्तिको योग छ । स्थानान्तरणले तपाईंको समय क्रमशः कमजोर बन्दै जानेछ ।पछिल्लो समयमा काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला । मानहानि वा अपयश समेत सम्भावना छ । वायु तथा पित्तदोषले स्वास्थ्यमा बाधा पुग्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)–
विद्या र व्यवसायमा केही अवरोध देखिए पनि मांगलिक कर्म र परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार-व्यवसाय विस्तार हुनेछ । कृषिकर्म र चौपायाबाट प्रशस्त लाभ हुनेछ ।शनिको प्रभावले सन्तानलाई पीडा, दाम्पत्यमा असमझदारी, पेटमा समस्या र शिक्षामा कमजोरी पनि देखिन सक्छन् ।पारिवारिक असमझदारी, मातालाई पीडा, जग्गाजमिनमा विवाद, पशुधन हानि, आत्मीय जनसँग बिछोड र खिन्नता निम्त्याउने देखिन्छ । एक्लोपनाको अनुभूति हुन सक्छ । काममा अवरोध र आफन्तसँग मनमोटाव बढ्ने जस्ता समस्या आउन सक्छन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)–
घरायसी काममा खर्च बढ्ने योग छ । लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ । रोग, बन्धन, आरोप, धनहानि, जरिवाना जस्ता विघ्नबाधा समेत आउन सक्छन् । विद्या र सन्तानको स्थानमा जाने बृहस्पतिको प्रभावले स्थितिमा सुधार आउनेछ । घरमा मंगलमय कार्य सम्पादन हुनेछन् । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ । सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । र, आर्थिक उपार्जनमा सुधार आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)–
नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । मानसम्मान पाइनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । लगानीको प्रतिफल प्रशस्त मिल्नेछ । सञ्चित रकम खर्च भए पनि आम्दानीको स्रोत सबल बन्ने देखिन्छ । कृषिमा लागत बढे पनि उत्पादनमा वृद्धि हुनेछ । पारिवारिक असमझदारी, कष्ट, जीवनसाथीलाई अस्वस्थता, झूटा आरोपजस्ता विघ्नबाधा आइपर्ने सम्भावना छ । नसा, जोर्नी वा गुप्तांगसम्बन्धी समस्याले पनि सताउन सक्छ । खर्च र ऋणभार समेत बढ्ने देखिन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)–
सुरुआत फाइदाजनक रहनेछ, बृहस्पतिको अनुकूल प्रभावले प्रगति र भाग्योदय हुने देखिन्छ । धेरै रोकिएका काम बन्नेछन् । घरमा ऐश्वर्य सम्पन्नता, धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ । मङ्गलमय कृत्यहरू सम्पादन हुनेछन् । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि मिल्नेछ । नयाँ रोजगारको अवसर मिल्नेछ । व्यापार-व्यवसायमा उन्नति हुनेछ । आयआर्जनका नया- स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । अध्ययनका लागि विदेशयात्राको योग बन्नेछ । स्थायी सम्पत्तिको बेचबिखनबाट लाभ मिल्नेछ ।नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)–
पढाइलेखाइ अवरुद्ध बन्ने देखिन्छ । टाढाको यात्रा, धर्मकर्म वा मंगलमय कृत्यका लागि धन खर्च हुनेछ । व्यवसाय विस्तार एवं नयाँ रोजगारको अवसर भने मिल्नेछ । मिश्रित फलदायी वर्ष छ । औसत आम्दानी वर्षभरि भइरहनेछ । आत्मीय जनसँग बिछोड र खिन्नता निम्त्याउने देखिन्छ । एक्लोपनाको अनुभूति हुनेछ । पितृको दोषले मातालाई पीडा, परिवारजनमा असमझदारी, मुटु र फोक्सोमा समस्या, जग्गाजमिनमा विवाद र पशुधनक्षय जस्ता केही समस्या समेत आउने योग छ । अस्वस्थता, मिथ्या आरोप र अन्यायमा परिने जस्ता कमजोरीलाई बल पुर्याउने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)–
व्यापार-व्यवसायमा प्रगति र विस्तार हुनेछ । मांगलिक कर्म र परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । कृषिकर्म र चौपायाबाट प्रशस्त लाभ हुनेछ । शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नेछ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । पछिल्लो समयमा उद्योग-व्यवसायमा उन्नति हुनेछ । उद्यमीहरूलाई समय निकै फलदायी रहनेछ । मुद्दामामिलामा विजयी भइनेछ र न्यायोचित फल मिल्ने वर्ष छ । लामो समयदेखि रोकिएका कामसमेत सहजै सम्पादन हुनेछन् । इष्टमित्र र कुलकुटुम्बका माध्यमबाट विशेष लाभ उठाउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)–
स्वास्थ्य र मानसम्मानमा बाधा, काममा झमेला र चुनौती आइलाग्ने देखिन्छ । आफन्तबीच मनमोटाव र सहकर्मीसँगको प्रतिस्पर्धाले वैरभाव निम्त्याउन सक्छ । विश्वासपात्रले धोका दिनेछन् । बाध्यात्मक परिस्थितिमा रुमलिनु पर्नेछ । विषम परिवेशमा पनि सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । चिन्ता, आलस्य र अस्थिरताका कारक देखिन्छन् । आफ्नै कमजोरीले हातमा आएको काम र फाइदा गुम्न सक्छ । उत्साहमा कमी र विलम्बका साथ कार्य सम्पादन हुने वर्ष छ ।बेलाबेला विवादमा र यदाकदा अन्यायमा समेत परिनेछ । केही चुनौतीका कारक बन्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *