‘बिज्ञान र पुराण’ एक मन्थन !

श्री मदभागवतमा ब्रह्माण्डको उत्पति सम्बन्धमा गरिएको बर्णन अनुसार यस ब्रह्माण्डको शृष्टि हुनु भन्दा पहिले भगवान विष्णुमात्र यस लोकमा थिए ! उनि सयनाबस्थामा रहेकै अवस्थामा उनको नाभिबाट एक कमल अंकुरित भयो जसमा ब्रह्मा विराजमान थिए ! यहाँ नाभिबाट कमल अंकुरित भयो भन्नुको अर्थ एक बिंदुबाट यो ब्रह्माण्ड उत्पति भयो भनेर ब्रह्माण्डको उत्पतिलाई याँहा कमलको स्वरुप देखाएर बर्णन गरिएको हो !कमलमा विराजमान भएका ब्रह्माले सम्पूर्ण ब्रह्माण्डको प्रतिनिधित्व गरेका छन् ! अर्थात याँहा ब्रह्मानै ब्रह्माण्ड हुन् त्यसैकारण यसलाई ब्रह्म+अण्ड (Cosmic Egg) भनिएको हो ! यस्तै यस्तै थ्योरी आधुनिक विज्ञानंको पनि छ जसलाई बिगबेंग भनिन्छ ! यसमा भनिएको छ ब्रह्माण्डको उत्पति एक बिंदु (शुन्य) बाट भयो ! यो .ब्रह्माण्ड उत्पति हुनु पूर्व जुन शक्ति थियो ती विष्णु हुन् र जुन ब्रह्माण्डमा अहिले हामी छौ त्यो अस्थायी हो ! यसको शुरु र अन्त निरन्तर भै रहन्छ ! तर ब्रह्माण्ड अंत भएपछी पुनः सबै पदार्थ / गुण त्यहि शक्तिमा विलीन हुन्छन जुन बिष्णुको स्वरुप हो !

शास्त्रमा ब्रह्माको आयु १०० वर्ष बताइएको छ ! याँहा ब्रह्माको आयु भनेको ब्रह्माण्डको आयु हो ! चतुर्मुखी ब्रह्माले यस ब्रह्माण्डको प्रतिनिधित्व गर्दछन !. चारै वेदको उत्पति इनैबाट भयो अतः चारै वेदको ज्ञाता भएका कारण इनि चतुर्मुखी हुन् ! यस्तै यस्तै व्याख्या ऋग्वेदको १० औ मंडलको १२९ औ सूक्त (नासदीय सूक्त) मा पनि गरिएको छ ! १०० ब्रह्म वर्ष पछि ब्रह्माण्डको अन्त एक महासंकुचन (big crunch)द्वारा हुन्छ ! वेदले भन्दछ ब्रह्मा आउनु र जानु यस ब्रह्माण्डको निरन्तरता हो ! आज सम्म कति ब्रह्मा आये, गये ? हामी जुन ब्रह्माण्डमा बाँचिरहेका छौ त्यो न पहिलो हो न अन्तिम ! यस ब्रह्माण्डको केंद्र बिन्दु नै ब्रह्मलोक हो !
वैदिक ऋषिहरुको मतमा वर्तमान शृष्टि पंच मण्डल क्रमको छ ! चन्द्र मंडल, पृथ्वी मंडल, सूर्य मंडल, परमेष्ठी मंडल र स्वयम्भू मंडल ! इने पांच मण्डल भएर शृष्टि घुमिरहन्छ !जस्तो चन्द्रमाले पृथ्वीको , पृथ्वीले सूर्यको , सूर्यले परमेष्ठीको , परमेष्ठीले स्वयम्भूको !

चन्द्रमा ले पृथ्वीको परिक्रमा -> एक महिनामा गर्छ !
पृथ्वीले सूर्यको परिक्रमा -> एक वर्षमा गर्छ !
सूर्यले परमेष्ठी (आकाश गंगा)को एक परिक्रमा ->एक मन्वन्तरमा गर्छ !
परमेष्ठी (आकाश गंगा)ले स्वयम्भू (ब्रह्मलोक )को एक परिक्रमा ->एक कल्पमा गर्छ !
स्वयम्भू मंडलनै ब्रह्मलोक हो ! स्वयम्भूको अर्थ हो स्वयं (भू) प्रकट हुने ! यहीनै ब्रह्माण्डको उद्गम स्थल या केंद्र बिन्दु हो !
हाम्रा ऋषि मुनिहरूको अद्भुत खोज:

जस्तो :
अहिले हामी “ब्रह्माको ५१ औ वर्षको १ (पहिलो ) दिनको ७ औ मन्वन्तरको २८ औ महायुगको ४ चौथो युग (कलियुग)” मा छौ !
अब हामी सनातनी हिन्दू धर्मावलम्बीहरुले प्रयोगमा ल्याउने संकल्प मनन गरी हेरम :-
हाम्रा पुर्खाहरुले जसरी खगोलीय गतिको आधारमा समय लाइ परिमापन गर्ने काम गरे त्यसरीनै त्यो समयको अनंत यात्राकालको समयलाइ पनि जोड्दै आजका दिन सम्म ल्याए ! यसरी जोड्दा हाम्रो समाजको सर्ब साधारण व्यक्तिले पनि यो कुरो बुझ्न सकोस भनेर उनीहरुले छुट्टै व्यवस्था गरे जसलाई आधुनिकताको पक्षधर भएर हामीले वास्ता गरेनौ ,गर्न चाहेनौ ! आउनुहोस हाम्रा पुर्खाले गरेको त्यो व्यवस्था सम्बन्धमा एक चोटी छलफल गरम !

हिन्दू सनातन धर्मावलम्बीले कुनै पनि धार्मिक कार्य गर्दा ( शान्ति तथा पौष्टिक कर्म , गृह प्रवेश , जन्म, विवाह , मृत्यु वा कुनै पनि मांगलिक कार्य गर्नु भन्दा पहिले ) केहि धार्मिक विधि गर्नु पर्दछ ! त्यस्ता कार्यहरु गर्दा सब भन्दा पहिले संकल्प गरिन्छ ! त्यो संकल्प मंत्र नै हामी सनातनीहरुलाई अनंत कालदेखि आजसम्म समयको बस्तु स्थिति देखाउने मंत्र हो ! यस दृष्टिकोणबाट यस मन्त्रको अर्थ माथि ध्यान दिने हो भने हामीलाई सम्पूर्ण आर्य र हिन्दू सनातन परम्पराको अद्दोपांत जानकारी हुनेछ !
हामीलाई संकल्प मंत्रमा पढाइन्छ………

हरि ॐ तत्सत बिष्णु ॐ, बिष्णु ॐ ,बिष्णु ॐ , श्रीमदभगबतो महापुरुषश्य अस्य विष्णोराज्ञया प्रवर्तमानस्य ब्राहृणां द्वितीये परार्धे
अर्थात् महाविष्णु द्वारा प्रवर्तित अनंत कालचक्रमा वर्तमान ब्रह्माको आयुको द्वितीय परार्ध-वर्तमान ब्रह्माको आयुको ५० वर्ष पूरा भै सक्यो !

श्रीश्वेत वाराहकल्पे – कल्प अर्थात ब्रह्माको ५१ औ वर्षको पहिलो दिन !
वैवस्वतमन्वंतरे- ब्रह्माको दिनमा १४ मन्वंतर हुन्छन त्यस मध्येको सातौँ मन्वंतर वैवस्वत मन्वंतर चलिरहेको छ !
अष्टाविंशतितमे कलियुगे- एक मन्वंतरमा ७१ चतुर्युगी हुन्छन , त्यसमध्ये २८ औ चतुर्युगीको कलियुग अहिले चलि रहेको छ !
कलियुगे कली प्रथमचरणे- कलियुगको प्रारंभिक समय हो !
कलिसंवते या युगाब्दे- कलिसंवत् या युगाब्द वर्तमानकालमा ५११६ चली रहेको छ !
जम्बु द्वीपे, ब्रह्मबर्तैक देशे , हामी रहेको जम्बु द्विप , यस भूखण्डमा रहेको देश / प्रदेशको नाम !

अमुक स्थाने – काम गर्न थालेको ठाउँ !
अमुक संवत्सरे – संवत्सरको नाम ( सम्बत्सर ६० बटा हुन्छन जो चैत्र शुल्क प्रतिपदा देखि फेरिन्छ !
अमुक अयने – उत्तरायन/दक्षिणायन !
अमुक ऋतौ – छ ऋतु मध्ये एउटा ऋतु ( बसन्त,ग्रिष्म ,बर्षा ,शरद ,हेमन्त ,शिशिर ) !
अमुक मासे – बैशाख आदि १२ मास !
अमुक पक्षे – पक्षको नाम (शुक्ल या कृष्ण पक्ष) !
अमुक तिथौ – १५ मध्ये एउटा तिथि !
अमुक वासरे – ७ बार मध्ये एउटा बार !
अमुक समये – दिनमध्ये एउटा समय !
उपरोक्त संकल्पमा अमुक भनिएको ठाउँमा क्रमश : सम्बन्धितनाम भन्नु पर्दछ !

जस्तो अमुक स्थाने भनेको ठाउमा जुन स्थानमा अनुष्ठान गरिएको छ त्यसको नाम भन्नु पर्दछ ! उदहारणको लागि काष्ठ्मंड़प , ग्रीष्म ऋतौ आदि ! अमुक – व्यक्ति – आफ्नो नाम , गोत्र पुरुषको नाम , गोत्र तथा के उद्द्येश्य्ले के काम गर्न लागिएको हो त्यो बोलेर संकल्प गर्नु पर्दछ !यस किसिमले जतिखेर संकल्प यस प्रकारले गरिन्छ त्यतिखेर सृष्टिको आरम्भ देखि लिएर त्यो समय सम्मको स्मरण गरी नेपाली पारम्परिक पद्धति डोर्याउदै आइएको छ ! हाम्रो जीवन पद्धति यो परम्परामा अन्योनश्रित भै गासिएको छ !

अब गहिरिएर हेरौ र आफैले आफैलाई प्रश्न गरौ के हामीले आज सम्मको काल गणना गरेर आएका छैनम त् ? गरेका छौ तर वास्ता गर्दैनम र यी कुराहरु परम्परा धन्न्मै सिमित भएर गएको छ ! यस पछाडी रहेको सम्पूर्ण कुराहरु अर्थ बिहिन अवस्थामा परम्परा भित्र खादिएको छ ! जागौ पहिला आफैले आफुलाई चिनौ !-प्रवीण अधिकारी

One thought on “‘बिज्ञान र पुराण’ एक मन्थन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *