बुधबाको राशिफल

जय गुरु देव !! नारायण !! जय भोले बाबा !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल असोज २४ गते,बुधबार,इश्वी सन् २०१८ अक्टोबर १० तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३८ कौलाथ्व,आश्विन शुक्लपक्ष,तिथि– प्रतिपदा, ७:५९ बजेउप्रान्त द्वितीया,नक्षत्र– चित्रा, १२:४० बजेउप्रान्त स्वाती,योग– वैधृति, १४:३१ बजेउप्रान्त विष्कम्भ,करण– वव, ७:५९ बजेदेखि वालव, १९:३१ बजेउप्रान्त कौलव,आनन्दादिमा कालदण्ड योग, चन्द्रराशि– तुला,सूर्योदय– ६:०१ बजे, सूर्यास्त– १७:३९ बजे र दिनमान २९ घडी ३ पला।पर्व/वर्त- घटस्थापना, शारदीय नवरात्रि आरम्भ,नलास्वने। घटस्थापनापूर्वक जमरा राख्ने साइत– प्रात: ७:१५ बजे।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असोज २५ गते,बिहीबार,इश्वी सन् २०१८ अक्टोबर ११ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३८ कौलाथ्व,आश्विन शुक्लपक्ष,तिथि– द्वितीया, ७:१० बजेउप्रान्त तृतीया, नक्षत्र– स्वाती, १२:३८ बजेउप्रान्त विशाखा, योग– विष्कम्भ, १२:५१ बजेउप्रान्त प्रीति,करण– कौलव, ७:१० बजेदेखि तैतिल, १८:५७ बजेउप्रान्त गर,आनन्दादिमा स्थिर योग, चन्द्रराशि– तुला,सूर्योदय– ६:०२ बजे, सूर्यास्त– १७:३८ बजे र दिनमान २८ घडी ९ पला। वर्त/पर्व-शारदीय नवरात्र,राष्ट्रिय झन्डा फेर्ने साइत– प्रात: १०:२४ बजे (पश्चिम फर्किएर फेर्ने)।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
मित्रसँग मनोमालिन्य बढ्नेछ,अध्ययनमा सफलता प्राप्त हुनेछ,वैचारिक तर्क शक्तिको विकास हुनेछ,सामाजिक दायित्व थपिनेछ , सामाजिक कार्यमा समय खर्चिएला,आर्थिक समस्याले पिरोल्ने छ,व्यापारव्यवसायमा सामान्य छ,आजको शुभ अंक- ८ रहेको छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
खानपिनमा अरुचि बढ्ला,स्वास्थ्यमा समस्या देखिएला,पारिवारिक सम्बन्धमा सुधारको संकेत देखिन्छ,कला संगीत साहित्य सिर्जनामा सहभागिताको अवसर जुट्नेछ,लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन, दीर्घकालसम्म अडिलो नबन्न सक्छ,आजको शुभ अंक – १० रहेको छ ।

मिथुन(का, कि,कु, घ, ङ , छ, के, को, ह)–
अध्ययन–अध्यापनमा राम्रो उन्नति हुनेछ,सांस्कृतिक कार्यमा सहभागिताको अवसर मिल्नेछ,खिन्नता बढ्नेछ, राजनीतिक असमझदारीको सामना गर्नुपर्ने योग छ,आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन,आजको शुभ अंक- ११ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-
मान्यजनबाट प्रशस्त सहयोग पाउनुहुनेछ,न्यायिक कार्यमा विवाद उत्पन्न हुनेछ,सामाजिक दायित्वबोधको अनुभूति हुनेछ,दाम्पत्य जीवनमा मनोमालिन्य बढ्नेछ,शरीरमा आलस्य र थकानको अनुभव हुनेछ,धैर्यले काम लिने समय छ,आजको शुभ अंक -७ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
काममा जस पाइनेछ,मान्यजन तथा आफन्तको सहयोग मिल्नेछ,सामाजिक दायित्व बढ्ने देखिन्छ,राजनीतिक अन्योल यथावत् रहनेछ,दिनदुःखी र असहायको आशीर्वाद लिन सके लाभ हुनसक्छ ,आजको शुभ अंक -५ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
उद्योग कल–कारखानामा लगाएको लगानीबाट सफलता मिल्नेछ, सन्तानसुख र आफन्तको सहयोगको मिल्नेछ,शैक्षिक क्षेत्रमा सफलताको योग देखिन्छ,मानसिकतामा थोरै विचलन ल्याए पनि प्रेमको वातावरण सुदृढ बन्नेछ,आजको शुभ अंक- ८ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
विशिष्ट व्यक्तिको सहभागितामा नयाँ कार्य गर्ने अवसर मिल्नेछ,कर्मप्रतिको आस्था बढ्नेछ,व्यापार–व्यवसायमा सफलता प्राप्ति हुने देखिन्छ, अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ,आजको शुभ अंक – ६ रहेको छ ।

वृश्चिक(तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
कूटनीतिक प्रयास सफल हुनेछन् ,सामाजिक क्षेत्रमा मानसम्मान मिल्नेछ ,रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ,जग्गाजमिन अचल सम्पत्ति खरिदविक्रीको गर्ने योग छ,द्दामामिला र अड्डाअदालतको काममा बिलम्ब हुने सम्भावना छ,आजको शुभ अंक- ९ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
व्यापार–व्यवसायमा लाभ मिल्नेछ,तरल पदार्थको किनबेच गरिएला,कला साहित्य संगीतप्रति चासो बढ्नेछ,विलासिताका सामान खरीदविक्री गरिनेछ,अचल सम्पत्ति किनबेच हुनेछ,सानोतिनो समस्याले तपाईंको उत्साहमा कमी ल्याउने छैन,आजको शुभ अंक-६ रहेको
छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
आयआर्जनमा सन्तुष्टि मिल्नेछ,राजनीतिक अन्योलले निराश बनाउनेछ, न्यायिक कार्यबाट सफलता मिल्नेछ,स्वास्थ्यसम्बन्धी समस्याले सताउला,कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ,आजको शुभ अंक – ४ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
आफन्तबाट सहयोग पाइनेछ,द्विविधा बढ्नेछ,अनावश्यक खर्च बढ्लला,चिन्ताले सताउला, सामाजिक मानसम्मानमा आघात पर्ने देखिन्छ,कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ ,आजको शुभ अंक- १२ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
शैक्षिक क्षेत्रमा प्रगति हुनेछ,नयाँ कार्यको थालनी गर्ने अवसर मिल्नेछ,परिवारको सहयोग मिल्नेछ,खिन्नताले सताउनेछ , राजनीतिक विवादको सामना गर्नुपर्ला,परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्ने छन्,आजको शुभ अंक -७ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *