बिहीबारको राशिफल

जय गुरु देव !! जय मा दुर्गा !! जय भोले बाबा !! नारायण !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल असोज २५ गते,बिहीबार,इश्वी सन् २०१८ अक्टोबर ११ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३८ कौलाथ्व,आश्विन शुक्लपक्ष,तिथि– द्वितीया, ७:१० बजेउप्रान्त तृतीया, नक्षत्र– स्वाती, १२:३८ बजेउप्रान्त विशाखा, योग– विष्कम्भ, १२:५१ बजेउप्रान्त प्रीति,करण– कौलव, ७:१० बजेदेखि तैतिल, १८:५७ बजेउप्रान्त गर,आनन्दादिमा स्थिर योग, चन्द्रराशि– तुला,सूर्योदय– ६:०२ बजे, सूर्यास्त– १७:३८ बजे र दिनमान २८ घडी ९ पला। वर्त/पर्व-शारदीय नवरात्र,राष्ट्रिय झन्डा फेर्ने साइत– प्रात: १०:२४ बजे (पश्चिम फर्किएर फेर्ने)।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असोज २६ गते,शुक्रबार,इश्वी सन् २०१८ अक्टोबर १२ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३८ कौलाथ्व,आश्विन शुक्लपक्ष,तिथि– तृतीया, ६:५१ बजेउप्रान्त चतुर्थी,नक्षत्र– विशाखा, १३:०५ बजेउप्रान्त अनुराधा,योग– प्रीति, ११:३४ बजेउप्रान्त आयुष्मान्, करण– गर, ६:५१ बजेदेखि वणिज, १८:५२ बजेउप्रान्त भद्रा,आनन्दादिमा मातंग योग,चन्द्रराशि– तुला, ६:५५ बजेउप्रान्त वृश्चिक, सूर्योदय– ६:०२ बजे, सूर्यास्त– १७:३६ बजे र दिनमान २८ घडी ५५ पला। शारदीय नवरात्र। सर्वार्थसिद्धि योग १३:०५ देखि १८:५२ बजेसम्म।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
आफूले मन पराएको साथीको सुझाव कदर गर्दा थप सफलता हात पर्नेछ,परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ ,आजको शुभ अंक ८ रहेको ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
विपन्नहरूसँग सहयोगी भूमिका निर्वाह गर्दा सामाजिक प्रतिष्ठा आर्जन हुनेछ,साँझदेखि अर्थअभावले आँटेका काममा बाधा हुनसक्छ,आजको शुभ अंक ५ रहेको छ।

मिथुन(का, कि,कु, घ, ङ , छ, के, को, ह)–
मान्यनजनको सुझाव अत्मसात् गर्दा जीवनले सकारात्मक ऊर्जा प्राप्त गर्नेछ,गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ,आजको शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
धार्मिक भावनाको अनुसरणले मानसिक राहत महसुस गर्न सकिनेछ,नमा निराशा र वैराग्यका बादल मँडारिने सङ्केत छ,आजको शुभ अंक १० रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
शत्रु हावी हुने सम्भावना छ,बोलीमा बिचार पुराउनु होला,आर्थिक कारोबारमा विचार पुराउनु होला,अष्टमस्थ चन्द्रमा रहेकाले आर्थिक रूपमा पनि नोक्सानी हुनसक्छ,आजको शुभ अंक ६ रहेको छ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
सर्मथन बेगर गरिएको सामाजिक नेतृत्वले विवादमा पुर्‍याउने सम्भावना छ,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
कर्मचारीवर्गका निम्ति स्थान परिर्वतन वा नयाँ अवसर आइलाग्ने सम्भावना छ,पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ,आजको शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
परिवारजनको भावनालाई आत्मसात् गर्दा समस्या पहिचान गर्न सकिनेछ, सामाजिक कामबाट जस पाउन सकिंदैन,आजको शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
शक्तिशाली व्यक्तिसँगको भेटघाटले नौला कुरा सिक्ने अवसर जुटाउनेछ,स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,जिम्मेवारी भने बढिरहने छन्, आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
गोपनीयता कायम राख्दै गरिएको कार्यले सोचेभन्दा छिटो सफलता प्रदान गर्नेछ,पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ ,आजको शुभ अंक ११ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
बाधाहरू फुकुवा हुनेछन्,भविष्यको चिन्तालाई सहजै परास्त गर्न सकिनेछ,परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ, आजको शुभ अंक १२ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
आफन्तजनको सुझावले सही बाटो देखाउनेछ,सहि निर्णय लिदा फाइदा नै पुर्‍याउनेछ,कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ,आजको शुभ अंक ९ रहेको छ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *