बिहीबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ १० गते, बिहीबार, इश्वी सन् २०१८ मे २४ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर,उत्तरायण, ग्रीष्म ऋतु, नेपाल संवत् ११३८ अनलाथ्व, अधिक ज्येष्ठ शुक्लपक्ष, तिथि– दशमी, २०:३२ बजेउप्रान्त एकादशी,नक्षत्र– उत्तरफाल्गुनी, २२:०७ बजेउप्रान्त हस्त,योग– वज्र, २३:२९ बजेउप्रान्त सिद्धि, करण– तैतिल, ९:१७ बजेदेखि गर, २०:३२ बजेउप्रान्त वणिज, आनन्दादिमा मातंग योग, चन्द्रराशि– कन्या,सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १८:५० बजे र दिनमान ३४ घडी ०२ पला।वर्त/पर्व- गंगा दशहरा, रामेश्वर गंगापूजा,वज्रगुरु पद्मसम्भव जयन्ती, गोसाइँकुण्ड स्नान समाप्ति,हत्यामोचन तीर्थस्नान, रिडी, रुरुक्षेत्रमा हृषीकेशोत्सव।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ ११ गते। शुक्रबार, इश्वी सन् २०१८ मे २५ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर। उत्तरायण,ग्रीष्म ऋतु,नेपाल संवत् ११३८ अनलाथ्व.अधिक ज्येष्ठ शुक्लपक्ष, तिथि– एकादशी, १९:२१ बजेउप्रान्त द्वादशी, नक्षत्र– हस्त, २१:४३ बजेउप्रान्त चित्रा, योग– सिद्धि, २१:३२ बजेउप्रान्त व्यतीपात, करण– वणिज, ७:१४ बजेदेखि भद्रा, १९:२१ बजेउप्रान्त वव,आनन्दादिमा अमृत योग, चन्द्रराशि– कन्या, सूर्योदय– ५:१२ बजे, सूर्यास्त– १८:५० बजे र दिनमान ३४ घडी ०४ पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान,अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ ,लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ, काल्पनि तथा भावुक तपाईको स्वभाबको फाइदा उठाउनेहरू बढी हुनेछन विद्या,आजको शुभ अंक- १२ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यवसायमूलक भ्रमण गर्ने समय छ,फसिने डरले सताउन सक्छ,समयमा निर्णय गर्न नसकिने र पछि परिने सम्भावना छ, सोच र चिन्तनबाट फाइदा लिन सकिने छ ,शत्रुहरू पराजित हुनेछन्, आजको शुभ अंक-६ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
गोपनीयतामा ध्यान दिनुहोला,राजनीति,समाजसेवा,पद–प्रतिष्ठा,जागिरमा पदोन्नती ,सफलता मिल्ने खालको रहेको छ, आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन,आजको शुभ अंक- ९ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ,अर्थ अभावले पनि आँटेको काम स्थगित हुन सक्छ,मनमा वैराग्यको भावना पलाउन सक्छ र आध्यात्मिक र दार्शनिक भावनाको विकास हुनेछ,आजको शुभ अंक- ११ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्मकर्ममा मन जाला,सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ,आफ्नो क्षेत्रमा अरूको प्रभाव बढ्न सक्छ,विश्वास गुम्ने सम्भावना छ, आर्थिक लाभ प्राप्त हुनेछ , हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ,आजको शुभ अंक – ४ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
काममा विलम्ब र खर्च बढ्ने योग छ,सुरुमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ, घरायसी समस्या आउछ, दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ,मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ,आजको शुभ अंक -५ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रचनात्मक कामले आम्दानी को दिगो स्रोत जुट्न सक्छ,मान र विद्या प्राप्त हुने समय छ,विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ,दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन्,आजको शुभ अंक- ८ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,राजनीति, समाजसेवा,अध्ययन, शिक्षा,वैदेशिक सम्बन्ध, पारिवारिक तथा दाम्पत्य सम्बन्ध सफलता देखिन्छ, मुद्दामामिला र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ,आजको शुभ अंक – ६ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्, परिस्थितिको बन्धनमा परिने समय छ,हिम्मतले काम लिनेहरूलाई भने फाइदै हुनेछ,विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ,आजको शुभ अंक – १० रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मान–सम्मान बढ्नुका साथै प्रतिष्ठित कामको जिम्मेवारी पाइएला,सहयोगीहरूको माध्यमले महत्वपूर्ण काम बन्न सक्छ,भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ,आजको शुभ अंक -७ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
तर्कशक्ति बढ्नेछ भने काममा उत्साहजनक सफलता मिल्ने समय छ,दोषी तथा कमसल,विपरित पर्नसक्ने सम्भावना टड्कारो देखिएको छ, दिउँसो चन्द्रमाले आठौं भावमा प्रवेश गर्ने भएकाले मनमा विरक्तिका भावना सञ्चरण हुन सक्छन्,आजको शुभ अंक -७ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
वैचारिक क्षमता बढ्नेछ, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला,प्रयत्न गर्दा प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ, दिउँसो चन्द्रमाले आठौं भावमा प्रवेश गर्ने भएकाले मनमा विरक्तिका भावना सञ्चरण हुन सक्छन्,आजको शुभ अंक- ८ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *