बिहीबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ २४ गते, बिहीबार, इश्वी सन् २०१८ जुन ७ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, नेपाल संवत् ११३८ अनलागा, अधिक ज्येष्ठ कृष्णपक्ष, तिथि– अष्टमी, ८:१२ बजेउप्रान्त नवमी,नक्षत्र– पूर्वभाद्रपदा, १८:२३ बजेउप्रान्त उत्तरभाद्रपदा,योग– प्रीति, २०:०४ बजेउप्रान्त आयुष्मान्,करण– कौलव, ८:१२ बजेदेखि तैतिल, २०:३१ बजेउप्रान्त गर,आनन्दादिमा मुद्गर योग,चन्द्रराशि– कुम्भ, १२:०४ बजेउप्रान्त मीन, सूर्योदय– ५:१० बजे, सूर्यास्त– १८:५६ बजे र दिनमान ३४ घडी २७ पला। पञ्चक।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ २५ गते, शुक्रबार,इश्वी सन् २०१८ जुन ८ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण, ग्रीष्म ऋतु,नेपाल संवत् ११३८ अनलागा, अधिक ज्येष्ठ कृष्णपक्ष, तिथि– नवमी, ८:४२ बजेउप्रान्त दशमी, नक्षत्र– उत्तरभाद्रपदा, १९:२२ बजेउप्रान्त रेवती, योग– आयुष्मान्, १९:१८ बजेउप्रान्त सौभाग्य, करण– गर, ८:४२ बजेदेखि वणिज, २०:४५ बजेउप्रान्त भद्रा,आनन्दादिमा ध्वज योग,चन्द्रराशि– मीन, सूर्योदय– ५:१० बजे, सूर्यास्त– १८:५७ बजे र दिनमान ३४ घडी २८ पला। पञ्चक। १९:२२ बजेदेखि सर्वार्थसिद्धि योग २०:४५ बजेसम्म।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक – ६ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ, विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ,आजको शुभ अंक – ४ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले काम बिगार्ने प्रयास गर्नेछन्, सचेत हुनुपर्छ,सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ, प्रशस्त धन आर्जन गर्ने मौका छ, पराक्रम र उत्साह बढ्नेछ,आजको शुभ अंक- ५ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ, सहयोगी जुटाउन नसकिएला, आँटेका काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ,साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ,आजको शुभ अंक- ११ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पढाइमा प्रगति हुनेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ,महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ,आजको शुभ अंक- ९ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ,आजको यात्रा असफल हुनेछ, घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ ,आजको शुभ अंक – १० रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ,आत्मबल र संयमता गुमाउनु हुँदैन,खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला,शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ,आजको शुभ अंक-६ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुरुवातमा चन्द्रमा कमजोर रहेकाले निराशाको अनुभूति हुनेछ,एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ, व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ,मनपर्ने भौतिक साधन जोड्ने समय छ,आजको शुभ अंक- १२ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ,लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ ,आजको शुभ अंक- ८ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन्, पारिवारिक सुख मिल्नेछ ,आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ,चुनौती चिर्दै काम बनाउन सफल भइनेछ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ, आजको शुभ अंक -७ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ,आर्थिक अवस्थामा दृढता आउने छ,शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइनेछ, भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ,अचानक अर्थ अभाव देखापर्न सक्छ,आजको शुभ अंक- १ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कामको वातावरण तैयार हुनेछ, अर्थलाभका अवसर आउने छन्,स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ,चिताएको प्रतिफल उठाउन नसकिए पनि दोहोर्याएर प्रयत्न गर्दा आस मारेको फल पुनः प्राप्त हुन सक्छ,आजको शुभ अंक -५ रहेको छ ।

तन्त्र, मन्त्र,यन्त्र तथा ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *