बिहीबारको राशिफल

IMG_3147

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख २७ गते,बिहीबार, इश्वी सन् २०१८ मे १० तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३८ बछलागा, ज्येष्ठ कृष्णपक्ष, तिथि– दशमी, २०:१९ बजेउप्रान्त एकादशी,नक्षत्र– शतभिषा, ९:३१ बजेउप्रान्त पूर्वभाद्रपदा, योग– ऐन्द्र, १२:०६ बजेउप्रान्त वैधृति, करण– वणिज, ७:५२ बजेदेखि भद्रा, २०:१९ बजेउप्रान्त वव, आनन्दादिमा वज्र योग, चन्द्रराशि– कुम्भ, २८:३४ बजेउप्रान्त मीन,सूर्योदय– ५:२० बजे, सूर्यास्त– १८:४२ बजे र दिनमान ३३ घडी २४ पला। पञ्चक।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख २८ गते,शुक्रबार,इश्वी सन् २०१८ मे ११ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३८ बछलागा, ज्येष्ठ कृष्णपक्ष,तिथि– एकादशी, २०:४८ बजेउप्रान्त द्वादशी,नक्षत्र– पूर्वभाद्रपदा, १०:५२ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– वैधृति, ११:३८ बजेउप्रान्त विष्कम्भ,करण– वव, ८:३७ बजेदेखि वालव, २०:४८ बजेउप्रान्त कौलव, आनन्दादिमा ध्वांक्ष योग,चन्द्रराशि– मीन, सूर्योदय– ५:२० बजे, सूर्यास्त– १८:४२ बजे र दिनमान ३३ घडी २७ पला।वर्त/पर्व- पञ्चक,अपरा एकादशी व्रत।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
राम्रो दिन छ ,साथीभाईसँग मिलेर कुनैपनि काम अघि बढाउदैँ हुनुहुन्छ भने समस्या आउन सक्छ, हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ,आजको शुभ अंक -५ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)–
दिन ठिकै छ, बन्न लागेका कामहरु रोकिने वा बिग्रने सम्भावना छ, निलो रङको कुनै पनि कपडा दान गर्नुभयो भने तपाईलाई राम्रो हुनेछ ,शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ, कताकता वैराग्यका भावना मँडारिन सक्छन् , आजको शुभ अंक-६ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)–
तपाईको लागी आजको दिन एकदम राम्रो छ,बिभिन्न खालका अवसरहरु आउनसक्ने सम्भावना छ,सवारीसाधन हाँक्दा सचेत हुनुपर्छ ,आजको शुभ अंक – ४ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
आजको दिन सामान्य छ, बिशेष गरी आजको दिनमा बिदेशको कामकारोबार गर्दा राम्रो छ,दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ, आजको शुभ अंक -७ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
राम्रो दिन छ, साथीभाईसँग मिलेर कुनैपनि काम अघि बढाउदैँ हुनुहुन्छ भने समस्या आउन सक्छ ,घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ,आजको शुभ अंक – १० रहेकोछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)–
शिक्षासँग सम्बन्धित क्षेत्रमा सफलताको योग छ, साथै सामाजिक क्षेत्रमा पनि मानसम्मानको योग छ,पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ,आजको शुभ अंक- १२ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सरसामान हराउने, चोरी हुने सम्भावना छ त्यसैले साबधान रहनुहोला,बोलीमा विचार गर्नु होला,बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ,आजको शुभ अंक- ९ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)–
मुद्दामामलाका कुराहरु आईलाग्नसक्नेछन्,साथीहरुसँगको सम्बन्ध पनि त्यति राम्रो हुने छैन,परिवारजनमा असमझदारी बढ्नेछ ,आजको शुभ अंक- १ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)–
आजको दिन राम्रो छ,बिशेषगरी आज हरियो रङ्गको प्रयोग गर्नुभयो भने राम्रो हुनेछ,पराक्रम र उत्साह बढ्नेछ,प्रतिस्पर्धी परास्त हुनेछन् ,आजको शुभ अंक – ६ रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)–
सरकारी क्षेत्रबाट मानसम्मान मिल्ने योग छ,चोटपटक लाग्ने सम्भावना बढ्दो छ त्यसैले साबधान रहनुहोला,लगनशीलता देखाएमा राम्रो उपलब्धी हासिल हुनेछ, आजको शुभ अंक- ५ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)–
दिन सामान्य छ, आजको दिन परिवारसँग बिताउँदा नै राम्रो हुनेछ ,आर्थिकमा सफल भइनेछ ,विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ,आजको शुभ अंक- ८ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)–
कुनै पनि जग्गा जमिन सँग सम्बन्धित वा धनसँग सम्बन्धित कामहरु गर्दै हुनुहुन्छ,आर्थिक सङ्कट हुँदाहुँदै पनि व्यवसायमा लगानी बढाउनुपर्ला,आजको शुभ अंक- ११ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *