बिहीबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असार ७ गते,बिहीबार, इश्वी सन् २०१८ जुन २१ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण, ग्रीष्म ऋतु,नेपाल संवत् ११३८ तछलाथ्व, ज्येष्ठ शुक्लपक्ष,तिथि– अष्टमी, ८:१७ बजेउप्रान्त नवमी, नक्षत्र– उत्तरफाल्गुनी, ६:०३ बजेउप्रान्त हस्त,योग– व्यतीपात, ८:२९ बजेउप्रान्त वरियान्,करण– वव, ८:१७ बजेदेखि वालव, १९:३७ बजेउप्रान्त कौलव,आनन्दादिमा मातंग योग,चन्द्रराशि– कन्या, सूर्योदय– ५:१० बजे, सूर्यास्त– १९:०१ बजे र दिनमान ३४ घडी ३६ पला। वर्त/पर्व-अष्टमी व्रत, गोरखकाली पूजा, वायु अष्टमी, सायन–सूर्य कर्कट राशिमा १४:५८ बजे प्रवेश, उत्तरी गोलार्द्धमा यस वर्षको लामो दिन।

भोलिको -पञ्चाङ्ग
वि.सं. २०७५ साल असार ८ गते,शुक्रबार, इश्वी सन् २०१८ जुन २२ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,ग्रीष्म ऋतु, नेपाल संवत् ११३८ तछलाथ्व,ज्येष्ठ शुक्लपक्ष,तिथि– नवमी, ७:०३ बजेउप्रान्त दशमी,नक्षत्र– हस्त, ५:३३ बजेउप्रान्त चित्रा, योग– वरियान्, ६:२८ बजेदेखि परिघ, २८:४३ बजेउप्रान्त शिव, करण– कौलव, ७:०३ बजेदेखि तैतिल, १८:३५ बजेउप्रान्त गर,आनन्दादिमा अमृत योग, चन्द्रराशि– कन्या, १७:२७ बजेउप्रान्त तुला, सूर्योदय– ५:११ बजे, सूर्यास्त– १९:०१ बजे र दिनमान ३४ घडी ३६ पला। भूमिरज।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पारिवारिक जीवनमा तपाईंले सुख प्राप्त गर्नु हुनेछ, शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा समेत बढोत्तरी हुनेछ ,परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ, आजको शुभ अंक ४ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ, दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ ,छिटै थाकिन्छ र कार्य क्षमतामा पनि कमी आउने छ,मायाप्रेम र भावनात्मक क्रियाकलापमा समय व्यतीत हुनेछ,आजको शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
विवाद र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ,चिन्ता, शङ्का र छटपटी बढाउने सङ्केत छ,सोचविचार नपुर्याउँदा र हडबड गर्दा काम बिग्रने सङ्केत छ, दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ,आजको शुभ अंक ५ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आर्थिक रूपले यो उत्तम समय छ,मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला, आफन्तहरू टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ,पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ , कृषि तथा पशुपालनमा लागत बढ्नेछ, आजको शुभ अंक ३ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भौतिक सुविधाको दीर्घकालिक जोहो गर्ने अवसर देखापर्ने छ, चिन्तन र बौद्धिकताको क्षेत्रमा राम्रो छतेजिलो विवेक, बुद्धि र समुचितका कारण सम्मान प्राप्त हुनेछ, आजको शुभ अंक १० रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दृष्टिकोण धनात्मक रहने छ र आत्मविश्वास हुनेछ,काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन् ,मिठो भोजनको प्राप्ति हुनेछ ,तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ,आजको शुभ अंक ११ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
नातागोताका सदस्यहरू र मित्रवर्गबाट सहायता प्राप्त हुनेछ ,घरायसी मामिलामा समय दिन नसक्नाले केही केही धमिलोपन आउन सक्छ, अप्रिय समाचारले दुःखी बनाउने छ, पढाइलेखाइमा बाधा पुग्नेछ ,आजको शुभ अंक १ रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
अचानक विविध समस्या देखा पर्न सक्छन्, क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ,लगनशील बन्दा भविष्यमा फाइदा हुने काम सुरु गरिने छ, आजको शुभ अंक ६ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
समस्त समस्याहरूको स्वतः समाधान हुनेछन् ,कुनै वस्तुको किनमेल र कारोबार गर्दा ठगीमा परिने छ , लामो दूरीको यात्रा गर्नु बेस हुँदैन, लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ ,कीर्तिमानी काम गर्ने समय छ ,आजको शुभ अंक २ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ, खर्चको मात्रा बढ्न सक्छ,विचार गरेर काम गर्नुहोला,व्यापार र नोकरीका माध्यमबाट लाभप्राप्त गर्नु हुनेछ,दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ,आजको शुभ अंक १० रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लामो यात्रा सफल हुने छैनन्, व्यक्तिहरूसित भेटघाट हुनेछ, स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ,तर डराइहाल्नु पर्दैन ,गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गलत निर्णयका कारण हानिको सम्भावना छ,स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ,अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला,आजको शुभ अंक ८ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *