बुधबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल साउन १६ गते,बुधबार,इश्वी सन् २०१८ अगस्ट १ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,वर्षा ऋतु,नेपाल संवत् ११३८ दिल्लागा,श्रावण कृष्णपक्ष,तिथि– चतुर्थी, ७:०२ बजेउप्रान्त पञ्चमी,नक्षत्र– पूर्वभाद्रपदा, ९:२० बजेउप्रान्त उत्तरभाद्रपदा,योग– अतिगण्ड, १३:४१ बजेउप्रान्त सुकर्मा,करण– वालव, ७:०२ बजेदेखि कौलव, १९:२३ बजेउप्रान्त तैतिल,आनन्दादिमा पद्म योग,चन्द्रराशि– मीन,सूर्योदय– ५:२७ बजे, सूर्यास्त– १८:५१ बजे र दिनमान ३३ घडी ३० पला। पञ्चक।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल साउन १७ गते,बिहीबार, इश्वी सन् २०१८ अगस्ट २ तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर,दक्षिणायन,वर्षा ऋतु, नेपाल संवत् ११३८ दिल्लागा,श्रावण कृष्णपक्ष,तिथि– पञ्चमी, ७:३७ बजेउप्रान्त षष्ठी,नक्षत्र– उत्तरभाद्रपदा, १०:३३ बजेउप्रान्त रेवती, योग– सुकर्मा, १३:०४ बजेउप्रान्त धृति, करण– तैतिल, ७:३६ बजेदेखि गर, १९:४२ बजेउप्रान्त वणिज,आनन्दादिमा छत्र योग,चन्द्रराशि– मीन, सूर्योदय– ५:२८ बजे, सूर्यास्त– १८:५१ बजे र दिनमान ३३ घडी २७ पला। पञ्चक। सर्वार्थसिद्धि योग १०:३३ बजे प्रारम्भ।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ,विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ,आजको शुभ अंक ६ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ,प्रेम प्रस्ताव हुन आजको शुभ अंक ७ रहेको छ।

मिथुन(का, कि,कु, घ, ङ , छ, के, को, ह)–
केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला, अप्ठ्यारा कामको बोझ थपिन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ,काम नबन्नाले दुःख पाइनेछ,आजको शुभ अंक १२ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ,अस्वस्थताका बीच कामको बोझ बढ्ने,आजको शुभ अंक ८ रहेको ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
विभिन्न अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ,आजको शुभ अंक १० रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सुरुमा केही खर्च लागे पनि चिताएको काम बन्नेछ, व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ,आजको शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
सुरुमा काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्,आजको शुभ अंक ११ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
परिबन्धले केही झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ,गुमेको प्रतिष्ठा दिलाउन सक्छ,आजको शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
विरोधीहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ,प्रेममा धोका दिन सक्छन्,आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
प्रारम्भमा केही चुनौती देखिनेछन्,अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ,आजको शुभ अंक ८ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *