बुधबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ ९ गते। बुधबार, इश्वी सन् २०१८ मे २३ तारिख। शकसंवत् १९४०, विरोधकृत् संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु,नेपाल संवत् ११३८ अनलाथ्व,अधिक ज्येष्ठ शुक्लपक्ष,तिथि– नवमी, २२:०७ बजेउप्रान्त दशमी, नक्षत्र– पूर्वफाल्गुनी, २२:५५ बजेउप्रान्त उत्तरफाल्गुनी, योग– हर्षण, २५:४६ बजेउप्रान्त वज्र, करण– वालव, ११:०२ बजेदेखि कौलव, २२:०७ बजेउप्रान्त तैतिल,आनन्दादिमा स्थिर योग, चन्द्रराशि– सिंह, २८:४१ बजेउप्रान्त कन्या, सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १८:४९ बजे र दिनमान ३४ घडी ०० पला।

भोलिको-पञ्चाङ्ग
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
पढाइलेखाइमा पनि समय दिन नसकिएला सहयोगी हरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला,आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ, रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ,आजको शुभ अंक २ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कुनै अप्रत्याशित काम बन्ने योग छ,पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछसमयमा होस नपुग्नाले केही चुनौती भने आइलाग्न सक्छन्,सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ,आजको शुभ अंक ६ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
सामाजिक दायित्व बढ्नेछ,लक्ष्य प्राप्त गर्न नसकिएला अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ,तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ,आजको शुभ अंक ११ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ,विचारले धेरैलाई आकर्षण गर्ने समय छ,शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ,आजको शुभ अंक ९ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ ,सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ,स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ,इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ,आजको शुभ अंक ७ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ,मेहनतले दैनिकी जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ ,चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ,आजको शुभ अंक ४ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,नयाँ ज्ञान प्राप्त हुनेछ, दाम, नाम, इनाम हातपार्ने बेला छ ,शुभ अंक १० रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला,सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ,आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् आजको शुभ अंक ७ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्,कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ,आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ ,आजको शुभ अंक ८ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
जीवनशैलीमा परिवर्तन आउनुको साथै धेरैको मन लोभ्याउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,बोलीकै भरमा विष काम सम्पादन हुन सक्छ,आश्वासन बाँड्नेको भर पर्नु हुँदैन, झुक्याउन सक्छ, आजको शुभ अंक ३ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ,मानसम्मानमा बृद्धि हुनेछ,मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ,आजको शुभ अंक १ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,शत्रुहरू बढ्नाले समस्या थपिएलान्,विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन,आजको शुभ अंक ५ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *