बुधबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असार २७ गते, बुधबार, इश्वी सन् २०१८ जुलाई ११ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,ग्रीष्म ऋतु, नेपाल संवत् ११३८ तछलागा,आषाढ कृष्णपक्ष,तिथि– त्रयोदशी, १३:३६ बजेउप्रान्त चतुर्दशी,नक्षत्र– मृगशिरा,२४:०९ बजेउप्रान्त आर्द्रा,योग– वृद्धि, १६:२७ बजेउप्रान्त ध्रुव,करण– वणिज, १३:३६ बजेदेखि भद्रा, २४:३० बजेउप्रान्त शकुनि,आनन्दादिमा अमृत योग,चन्द्रराशि– वृष, १२:५१ बजेउप्रान्त मिथुन,सूर्योदय– ५:१७ बजे, सूर्यास्त– १९:०१ बजे र दिनमान ३४ घडी १९ पला। विश्व जनसंख्या दिवस। दिल्लाचह्रे पूजा ।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असार २८ गते,बिहीबार, इश्वी सन् २०१८ जुलाई १२ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,ग्रीष्म ऋतु, नेपाल संवत् ११३८ तछलागा,आषाढ कृष्णपक्ष, तिथि– चतुर्दशी, ११:२१ बजेउप्रान्त औंसी, नक्षत्र– आर्द्रा, २२:३७ बजेउप्रान्त पुनर्वशु,योग– ध्रुव, १३:३४ बजेउप्रान्त व्याघात, करण– शकुनि, ११:२१ बजेदेखि चतुष्पद, २२:०९ बजेउप्रान्त नाग, आनन्दादिमा काण योग,चन्द्रराशि– मिथुन,सूर्योदय– ५:१७ बजे, सूर्यास्त– १९:०० बजे र दिनमान ३४ घडी १८ पला। दर्शश्राद्ध। निशी बार्ने (औंसी)।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
मनमा डर–चिन्ता, यात्रामा बाधा हुनेछ, सुख, आम्दानी हुने, शत्रु र रोगको नास हुनेछ ,आजको शुभ अंक ९ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
स्वास्थ्य प्रतिकूल,मनमा डर–चिन्ता, स्वास्थ्य प्रतिकूल, यात्रामा बाधा अवरोध आउनेछ,आजको शुभ अंक ७ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह)–
काममा सफलता मिल्नेछ, शत्रुले दुःख दिने, शरीरमा आलश्यता आउने, यात्रामा बाधा रहनेछ,आजको शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-
समय परिवर्तन हुनेछ, सुख प्राप्त हुने, काममा सफलता प्राप्त हुनेछ,मनमा डर–चिन्ता रहनेछ,आजको शुभ अंक २ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
काममा बाधा पर्ने, धनको नास हुनेछ, अन्त्यमा परिवारमा सुख सन्तोष, धनलाभ हुने योग छ, आजको शुभ अंक ३ रहेको ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
जग्गा–जमिनको काममा सफलता मिल्नेछ, भने काममा असफलता हात लाग्नेछ,आजको शुभ अंक ७ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
अन्त्यमा सरकारी काममा सफलता मिल्नेछ,आफन्तको सहयोगमा आम्दानीमा सुधार आउनेछ,आजको शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
मिष्ठान्न भोजन मिल्ने, जग्गा–जमिनको काममा सफललता, चाहेको वस्तु सजिलै प्राप्त हुनेछ, आजको शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
कामको जिम्मेवारी बढ्नेछ,सरकारी काममा सफलता मिल्ने, नोकरीमा सफलता मिल्नेछ,आजको शुभ अंक १ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
आफन्तको सहयोगमा आम्दानी हुनेछ,अन्त्यमा समय प्रतिकूल रहनेछ, काममा अपजस प्राप्त हुनेछ, आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
आम्दानीमा सुधार आउनेछ,काममा सफलता हात लाग्नेछ,कामको जिम्मेवारी थपिनेछ ,आजको शुभ अंक १० रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
मिष्ठान्न भोजन प्राप्त हुने, मान–सम्मान प्राप्त हुने, आम्दानी बढ्नेछ,अन्त्यमा समय प्रतिकूल रहनेछ,आजको शुभ अंक ४ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *