बुधबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख २६ गते,बुधबार, इश्वी सन् २०१८ मे ९ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण, वसन्त ऋतु,नेपाल संवत् ११३८ बछलागा, ज्येष्ठ कृष्णपक्ष,तिथि– नवमी, १९:१९ बजेउप्रान्त दशमी, नक्षत्र– धनिष्ठा, ७:४१ बजेउप्रान्त शतभिषा,योग– ब्रह्म, १२:११ बजेउप्रान्त ऐन्द्र, करण– तैतिल, ६:३९ बजेदेखि गर, १९:१९ बजेउप्रान्त वणिज, आनन्दादिमा मित्र योग, चन्द्रराशि– कुम्भ, सूर्योदय– ५:२१ बजे, सूर्यास्त– १८:४१ बजे र दिनमान ३३ घडी २१ पला। पञ्चक। कानुन दिवस,मूहुर्त – कलशचक्र

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख २७ गते,बिहीबार, इश्वी सन् २०१८ मे १० तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३८ बछलागा, ज्येष्ठ कृष्णपक्ष, तिथि– दशमी, २०:१९ बजेउप्रान्त एकादशी,नक्षत्र– शतभिषा, ९:३१ बजेउप्रान्त पूर्वभाद्रपदा, योग– ऐन्द्र, १२:०६ बजेउप्रान्त वैधृति, करण– वणिज, ७:५२ बजेदेखि भद्रा, २०:१९ बजेउप्रान्त वव, आनन्दादिमा वज्र योग, चन्द्रराशि– कुम्भ, २८:३४ बजेउप्रान्त मीन,सूर्योदय– ५:२० बजे, सूर्यास्त– १८:४२ बजे र दिनमान ३३ घडी २४ पला। पञ्चक।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ, पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् ,सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ,आजको शुभ अंक ८ रहेको छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आत्मविश्वास जाग्नेछ,अभिभावकको आशीर्वादले काम गर्नसक्छ, हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ, व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ, आजको शुभ अंक १२ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ, निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ ,आजको शुभ अंक ११ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ, गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला, अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ ,आजको शुभ अंक ८ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
रमणीय र सुखद यात्राको योग छ,जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ, बन्दव्यापारबाट राम्रै आय हुनसक्छ, आजको शुभ अंक १० रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ, ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ, आजको शुभ अंक ६ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ, बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ, आजको चिन्तन र विचारले काम गर्नसक्छ ,आजको शुभ अंक ९ रहेको छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ,मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ ,आजको शुभ अंक १ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ,साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ, हाँकेको/ताकेको काममा आफन्तहरूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन्, आजको शुभ अंक ३ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ,विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन्, स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ,आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ, रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ, आजको शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ, अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ,आजको शुभ अंक ५ रहेको छ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *