बुधबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असार ६ गते,बुधबार,इश्वी सन् २०१८ जुन २० तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण,ग्रीष्म ऋतु, नेपाल संवत् ११३८ तछलाथ्व,ज्येष्ठ शुक्लपक्ष, तिथि– सप्तमी, ९:५४ बजेउप्रान्त अष्टमी,नक्षत्र– पूर्वफाल्गुनी, ६:५६ बजेउप्रान्त उत्तरफाल्गुनी,योग– सिद्धि, १०:४८ बजेउप्रान्त व्यतीपात, करण– वणिज, ९:५४ बजेदेखि भद्रा, २१:०३ बजेउप्रान्त वव, आनन्दादिमा स्थिर योग,चन्द्रराशि– सिंह, १२:४१ बजेउप्रान्त कन्या, सूर्योदय– ५:१० बजे, सूर्यास्त– १९:०० बजे र दिनमान ३४ घडी ३६ पला। कुमार–यात्रा।

भोलिको -पञ्चाङ्ग
वि.सं. २०७५ साल असार ७ गते,बिहीबार, इश्वी सन् २०१८ जुन २१ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण, ग्रीष्म ऋतु,नेपाल संवत् ११३८ तछलाथ्व, ज्येष्ठ शुक्लपक्ष,तिथि– अष्टमी, ८:१७ बजेउप्रान्त नवमी, नक्षत्र– उत्तरफाल्गुनी, ६:०३ बजेउप्रान्त हस्त,योग– व्यतीपात, ८:२९ बजेउप्रान्त वरियान्,करण– वव, ८:१७ बजेदेखि वालव, १९:३७ बजेउप्रान्त कौलव,आनन्दादिमा मातंग योग,चन्द्रराशि– कन्या, सूर्योदय– ५:१० बजे, सूर्यास्त– १९:०१ बजे र दिनमान ३४ घडी ३६ पला। वर्त/पर्व-अष्टमी व्रत, गोरखकाली पूजा, वायु अष्टमी, सायन–सूर्य कर्कट राशिमा १४:५८ बजे प्रवेश, उत्तरी गोलार्द्धमा यस वर्षको लामो दिन।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
राम्रो दिन छ ,साथीभाईसँग मिलेर कुनैपनि काम अघि बढाउदैँ हुनुहुन्छ भने समस्या आउन सक्छ ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, खर्च बढ्न सक्छ,रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ ,आजको शुभ अंक -५ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)–
दिन ठिकै छ, बन्न लागेका कामहरु रोकिने वा बिग्रने सम्भावना छ, निलो रङको कुनै पनि कपडा दान गर्नुभयो भने तपाईलाई राम्रो हुनेछ ,दिन ढल्दै जाँदा ज्ञानमूलक क्षेत्रमा आकर्षण बढ्ने छ, पठनपाठनमा मन जानेछ , आजको शुभ अंक-६ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)–
तपाईको लागी आजको दिन एकदम राम्रो छ,बिभिन्न खालका अवसरहरु आउनसक्ने सम्भावना छ,साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ ,आजको शुभ अंक – ४ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
बिशेष गरी आजको दिनमा बिदेशको कामकारोबार गर्दा राम्रो छ, मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि समय ठिकै छ,आजको शुभ अंक -७ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
राम्रो दिन छ, साथीभाईसँग मिलेर कुनैपनि काम अघि बढाउदैँ हुनुहुन्छ भने समस्या आउन सक्छ ,चन्द्रमा राशिमा रहेकाले मनमा उमङ्ग रहने दिन छ, तर पारिवारिक समस्या र उल्झनमा समय दिनु पर्नेछ, आजको शुभ अंक – १० रहेकोछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)–
शिक्षासँग सम्बन्धित क्षेत्रमा सफलताको योग छ, साथै सामाजिक क्षेत्रमा पनि मानसम्मानको योग छ, स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ, वादविवादमा विजय प्राप्त हुनेछ ,आजको शुभ अंक- १२ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)–
विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइने छ ,सरसामान हराउने, चोरी हुने सम्भावना छ त्यसैले साबधान रहनुहोला,बोलीमा विचार गर्नु होला,आजको शुभ अंक- ९ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)–
मुद्दामामलाका कुराहरु आईलाग्नसक्नेछन्,साथीहरुसँगको सम्बन्ध पनि त्यति राम्रो हुने छैन,चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ,आजको शुभ अंक- १ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)–
बिशेषगरी आज हरियो रङ्गको प्रयोग गर्नुभयो भने राम्रो हुनेछ,लामो दूरीको यात्राका लागि अनुकूल समय छ, दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ , आजको शुभ अंक – ६ रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)–
सरकारी क्षेत्रबाट मानसम्मान मिल्ने योग छ,चोटपटक लाग्ने सम्भावना बढ्दो छ,साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ, बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ , आजको शुभ अंक- ५ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)–
दिन सामान्य छ, आजको दिन परिवारसँग बिताउँदा नै राम्रो हुनेछ ,आर्थिकमा सफल भइनेछ ,महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ,आजको शुभ अंक- ८ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)–
कुनै पनि जग्गा जमिन सँग सम्बन्धित वा धनसँग सम्बन्धित कामहरु गर्दै हुनुहुन्छ,घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ,आजको शुभ अंक- ११ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *