ब्रम्हण को कर्तब्य के के हो ?

जय गुरु देव !!
ब्रम्हण(बाहुन, पण्डित) कसलाई भनिन्छ ? ब्रम्हण को कर्तब्य के के हो ? जात-पात को बारेमा हिन्दु सस्त्र हरु ले के भन्छ ?

ब्रम्हण भनेको ब्रम्ह बिद्या युक्त लाई भनिन्छ। यो एउटा गुण बाचक सब्द हो । यसलाई बुद्धिजीवी वर्ग पनि भनिन्छ । ब्राम्हण को घरमा जन्मिने मान्छे ब्राम्हण हुन्दैन । कुनै पनि बर्ण मा जन्मिएर वेद को ज्ञान गुरुकुल बाट ग्रहण गर्ने मान्छे लाई ब्राम्हण भनिन्छ । बर्ण व्यवस्था भनेको जात-पात को व्यवस्था होइन । हिन्दु धर्म सस्त्र हरु मा जात-पात भन्ने कुरा कहिँ लेखे को छैन.. ब्राम्हण को घरमा जन्मेर वेद बिद्या न भएको मान्छे को बर्ण परिवर्तन हुन्छ र त्यो अरु बर्ण हरुलाइ प्राप्त
हुन्छ ।

जस्तै ब्राम्हण को घरमा जन्मिको मान्छे यदि व्यापार गर्छ भने त्यहि समय त्यसको बर्ण परिवर्तन हुन्छ र त्यो वैश्य बर्ण मा जान्छ । त्यस्तै यदि सुद्र को घरमा जन्मेको मान्छे गुरुकुल बाट वेद हरु को ज्ञान लिन्छ भने त्यो ब्रम्हिण बर्ण मा जनचा… यो कुरा को प्रमाण को लागि मैले मनुस्मिति को एउटा मन्त्र को प्रमाण र ब्याख्या तल दिदै छु । यसले हजुर हरु को सबै सनका को समाधान गरि दिन्छ:-

।। सुद्रो ब्राम्हणतमेति ब्राम्हणशचैति सुद्रातम् ।।
।। क्षत्रियाज्जातमेवन्तु विधाद् वैश्यात्त्तथैव च ।। (मनुस्मिति १०/६५)

अर्थात् :- शुद्र कुल मा जन्मेर ब्राम्हण, क्षेत्री , वैश्य जस्तो गुण कर्म र स्वभाब भएको मान्छे शुद्र बाट आफ्नो कर्म र छमता अनुसार ब्राम्हण, क्षेत्रीय वा वैश्य बर्ण लाई धारण गर्छ । त्यस्तै ब्राम्हण क्षेत्रि वा वैश्य कुल मा जन्मे को मान्छे आफ्नो नराम्रो कर्म ले गुण हिन भएर शुद्र बर्ण मा झर छन् ।

।। धर्मचयर्या जधन्याे वर्ण: पुर्वं पुर्वं वर्णमापधते जातिपरिवृत्ताै ।।
।। अधर्मचयर्या पुर्वाै पुर्वाै वर्णाे जधन्सं जधन्यं वर्णमापधते जातिपरिवृत्ताै ।।

(अापस्तम्ब धर्मसुत्र)
अर्थात्:- धर्मचरण परिपूर्ण राम्रो कर्म गर्ने मानव शुद्र कुल मा जन्मेर पनि आफ्नो राम्रो कर्म ले गर्दा उत्तम उत्तम बर्ण लाई प्राप्त गर्छ ।
अधर्मचरण परिपूर्ण नराम्रो काम गर्ने मानव जति उत्तम बर्ण मा जन्मिए पनि आफ्नो नराम्रो कर्म ले गर्दा तल्लो भन्दा तल्लो बर्ण लाई प्राप्त गर्छ ।

।। जन्मना जायते शुद्र ।।
अर्थात् :- जन्म भएको बेला सबै मान्छे शुद्र नै हुन्छन । उनको शिक्षा जस्तो हुन्छ तिनी हरु त्यस्तै बर्ण लाई प्राप्त गर्छ….

मित्र यो मन्त्र हरु बाट थाहा हुन्छ कि बर्ण व्यवस्था कुनै जन्म को आधारमा हुने जात व्यवस्था होइन यो मानव को कर्म असुनर उसलाई दिने उपाधि मात्र हो । जस्तै जुन कुल मा जन्मे को भए पनि ज्ञानी पढे-लेखे को मान्छे ब्राम्हण बर्ण को हुन्छ । युद्ध बिद्या जान्ने मान्छे जस्तै सेना,पुलिस को काम गर्ने मान्छे ब्राम्हण को घरमा जन्मे पनि क्षेत्रि बर्ण मा जान्छ । त्यस्तै समाज सेवा गर्ने मान्छे शुद्र हुन्छ, र ब्यवापर, खेति किसानी गर्ने मान्छे वैश्य हुन्छ….. यसैलाई बर्ण व्यवस्था भनिन्छ… तर केहि मुर्ख हरु ले सस्त्र नै न पढेर यस्तो पवित्र बर्ण व्यवस्था लाई आफ्नो फाइदा को लागि झुठो घिनलाग्दो जात-पात को व्यवस्था बनाइ दिएका छन्….
अब आऊ ब्राम्हण को कुरा मा :-
ब्राम्हण भनेको के हो ?

।। ब्रह्मणाेस्य मुखमासीत् ।। (यजुर्वेद ३१/११)
यो संसार लाई चलाउने ज्ञान भनेको ब्रम्ह ज्ञान हो । त्यसैले वेद को बचन लाई ब्रम्ह बचन भनिन्छ । यो ज्ञान जुन शिक्षीत मानव हरु मा हुन्छ त्यही मानव लाई ब्राम्हण( जन्म अनुसार होइन कर्म अनुसार) भनिन्छ । शिक्षीत मान्छे को मुख बाट जुन वेद को इश्वरिये ज्ञान निकलछ त्यहि ज्ञान ले मानव को जीवन लाई उत्तम बनाउन छ त्यसैले ब्राम्हण लाई इश्वोर को मुख पनि भनिन्छ ।

जो मानव ले ब्रम्ह बिद्या ग्रहण गरेर पनि आफ्नो मुख बाट नराम्रो सब्द निकाल्छ, मासु, रक्सि खांन्छ, अन्धबिस्वस र भेद-भाब गर्छ, सबै लाई झुठो कुरा को ज्ञान दिन्छ त्यस्ता ब्राम्हण त्यहि छन् आफ्नो बर्ण बाट झरेर शुद्र बर्ण लाई प्राप्त हुन्छ । वेद ले भन्छ त्यस्तो ब्राम्हण लाई राजा ले मृत्यु दण्ड दिनु पर्छ । त्यस्तो ब्राम्हण लाई दान दिने मान्छे नर्क मा जांन्छ, र यस्तो ब्राम्हण संग राम्री कुरा पनि गर्नु मुर्खता हुन्छ….

ब्राम्हण कस्तो लाई भनिन्छ? र ब्राम्हण मा हुने गुण हरु के-के हुन्?
यो ब्राम्हण हरु लाई हाम्रो धर्म सस्त्र गिता , मनुस्मिति र वेद हरु मा व्यवस्था र कर्म क्षेत्र निर्धारण गरिए को छ । जुन ब्राम्हण मा तल दिए को गुण हरु हुन्छन त्यो नै ब्राम्हण भनिने योग्य छ यदि कसैले आफुलाई ब्राम्हण भन्छ र उसमा तल दिए को गुण हरु छैन भने त्यो ब्राम्हण न भएर एउटा ढोंगी हो भन्नु पर्छ र त्यस्ता लाई दान दिनु हुन्न र सजाए दिनु पर्छ…

।। शमाे दमस्तप: शाैचं क्षािन्तराजर्वमेव च ।।
।। ज्ञानं विज्ञानमािस्तक्यं ब्रम्हाकर्मा स्वाभावजम् ।। (गित १८।४२)

।। अध्यापनमध्ययनं यजनं यजनं तथा ।।
।। दानं प्रतिगर्हशचैव ब्राम्हणानामकल्पयत् ।। (मनुस्मिति १।८८)
अर्थात्:- यो दुवै मंत्र लाई ब्राम्हण पथ-प्रदर्थक भनिन्छ । यो मन्त्र हरु मा ब्राम्हण को कर्म के-के हुनु पर्छ भन्ने १५ कुरा हरु लेखे को छ । जसमा यो १५ गुण हरु हुन्छन त्यहि ब्राम्हण हो यदि कसै मा यो गुण हरु हुन्नन् भने त्यो ब्राम्हण भनिने योग्य हुन्दैन :-

१. शम्: = सधै विश्व र सबै को कल्याण को भवन हुनु । मात्र आफ्नो कल्याण को बारेमा न सोच्नु बरु कर्म यस्तो गर्नु जसले सबै को कल्याण होस् ।

२. दम: = चक्षु , कर्ण आदि इन्द्रिये लाई नराम्रो कर्म बाट हटाएर राम्रो कर्म तिर लै जानु नै इन्द्रिये-दमक हो ।

३. तप: = मन वा इन्द्रिये लाई त्यसको स्वाभाविक कर्म गर्न दिएर त्यसको आदि न हुनु नै तप हो । अर्थात् मन वा इन्द्रिये माथि नियन्त्रण गरेर देश हित, समाज हित, धर्म हित गर्न को लागि आफु कस्ट र पिडा मा भए पनि त्यसलाई सहेर आफ्नो कर्म हरु पूर्ण निष्ठा ले गर्नु लाई नै “तप” भनिन्छ ।

४. शाैचम् = आफ्नो सरिर, मन, बुद्धि र आत्मा लाई सधै सुद्ध र पवित्र राख्ने प्रयाश गर्नु । जस्तै सरिर लाई स्नान ले । मन लाई सत्य आचरण ले । बुद्धि लाई ज्ञान ले, र आत्मा लाई बिद्या र तप ले संधै सुद्ध र पवित्र राख्नु ।

५. क्षान्ति: = जति पनि सुख-दुख, जाडो-गर्मी, भोख-तृप्ति, लाभ-हानी, मान-अपमान, जीवन मा होस् तर पनि आफ्नो आवस्था र मानसिक सन्तुलन लाई कहिले बिगार्नु हुन्न, र जीवन मा शान्ति राखेर सन्तोष गर्नु पर्छ ।

६. अार्जवम् = कहिले क्रोध न गर्नु , कटु-भाषा र अप्सब्द कहिले न बोल्नु, र संधै शान्त रहेर सरल स्वभाब युक्त बन्नु ।

७. ज्ञानम् = वेद को ज्ञान हुनु, भूगोल, गणीत, अर्थ-सस्त्र, योग, कर्म र बिज्ञान को उचित ज्ञान हुनु ।

८. अािस्तक्यम् = जो जगत को कारण, उप्योगिकता लाई बिज्ञान सहित तर्क गरेर मान्छ, कहिले अन्ध-बिश्वास न गर्नु, प्रकृति, जीव र इश्वोर को सत्य लाई तर्क सहित बिज्ञान ले बुझेर धारण गर्नु लाई नै अस्तिक भनिन्छ । कुनै कुरा लाई लेखे को भरमा मान्नु र तर्क न गरेर बिस्वास गर्नु लाई अन्ध-बिस्वास भनिन्छ ।

९. विज्ञानम् = जसले यो संसार र अंतरिक्ष्य को कुरा लाई वेद को ज्ञान बाट तर्क सहित धारण गरेर यसको उप्योगिकता ले संसार को उपकर गर्नु (systemetic knowladge or science ) लाई प्राप्त गरेर बिज्ञानिक रुप ले संसार को उपकर
गर्नु ।

१०. अध्यापनम् = जसले धर्म, राजनीति, अर्थ-सस्त्र तथा श्रमिक-अचार संहिता आदि आदि को ज्ञान ब्राम्हण, क्षेत्रि, वैश्य र शुद्र लाई समान रुप ले बिना भेद-भाब को प्रदान गर्छ र यथा-योग्य उपदेश दिएर सबै को जीवन लाई ज्ञान ले परि-पूर्ण
गर्छ ।

११. अध्ययनम् = जो वेद आदि को ज्ञान लाई आफै पनि पढेर आफ्नो आचरण मा धारण गर्ने योग्य होस् ।

१२. यजनम् = जासले यज्ञ आदि कार्य गराएर प्राणी मात्र को जीवन हितकारी गरेर समस्त समाज लाई उन्नति हुने यज्ञ धर्म र सस्त्र को अनुरुप गराउन सकोस ।

१३, याजनम् = धर्म को कार्य जस्तै यज्ञ र राम्रो राम्रो कर्म हरु आफु पनि गर्नु र अरु लाई प्रभावित परेर तिनी हरु संग बसेर जन-समुह लाई प्रेरित गर्दै तिनी हरु बाट पनि यज्ञ वा राम्रो कर्म गराउन मा समर्थ होस् ।

१४. दानम् = आफ्नो इच्छा र समर्थ अनुसार दिने लाई दान भनिन्छ । आफ्नो स्वार्थ पूर्ति को लागि गरिने दान लाई धर्म भनिन्न । अरु लाई उपकर हुने गरि नि-स्वार्थ भावना ले धन र बिद्या लाई उपकार स्वरुप दिनु लाइ दान भनिन्छ ।

१५. प्रतिग्रह: = सर्व-हितकारी कार्य लाई गर्ने हेतु कसै बाट जुन धन-राशी , भुमि, पशु , अथवा अन्य पदार्थ स्वीकार गरिन्छ त्यसैलाई प्रतिग्रह भनिन्छ । परन्तु साथ मा राग-देष, आदि दोष ले टाडा भएर त्यो धन-राशी को सदुपयोग गर्नु पर्छ, तब नै त्यो प्रतिग्रह हो ।

मित्र यो सबै गुण जाे मान्छे मा हुन्छ त्यहि मान्छे ब्राम्हण भनिने योग्य हुन्छ । यदि कसैमा यो गुण हरु छैन भने त्यसलाई दान दिनु या त्याे बाट पुजा-आज गराउनु पाप हो । मित्र केहि मुर्ख अज्ञानी आफुलाई ब्राम्हण भन्ने झुळाे मान्छे हरु ले गौ-दान को नाम मा गाइ लाई नै दान मा लि हाल छन् । त्यो गलत हो । गौ दान भनेको गाइ लाई खाने कुरा वा अन्य पदार्थ दान गर्नु हो । ब्राम्हण लाई पुजा-आज गराए को बाबत दान भनेको आफ्नो समथ अनुसार नै दिनु पर्छ । यदि कोइ संग धन-राशी छैन भने उसले खाने कुरा हरु दान गर्नु पर्छ । र त्यो दिएको दान को केहि भाग सामाजिक कार्य जस्तै गाउ घर मा धारा लगाउने, गुरुकुल बनाउने, धर्म को प्रचार गर्ने कार्य मा लगाउनु पर्छ……

Leave a Reply

Your email address will not be published. Required fields are marked *