मंगलबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ ८ गते,मंगलबार,इश्वी सन् २०१८ मे २२ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,ग्रीष्म ऋतु,नेपाल संवत् ११३८ अनलाथ्व,अधिक ज्येष्ठ शुक्लपक्ष,तिथि– अष्टमी, २४:०२ बजेउप्रान्त नवमी,नक्षत्र– मघा,२४:०२ बजेउप्रान्त पूर्वफाल्गुनी, योग– ध्रुव, ७:०५ बजेदेखि व्याघात, २८:१९ बजेउप्रान्त हर्षण, करण– भद्रा, १३:०५ बजेदेखि वव, २४:०२ बजेउप्रान्त वालव, आनन्दादिमा कालदण्ड योग,चन्द्रराशि– सिंह,सूर्योदय– ५:१४ बजे, सूर्यास्त– १८:४९ बजे र दिनमान ३३ घडी ५७ पला।वर्त/पर्व-भौमाष्टमी व्रत,गोरखकाली पूजा।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ ९ गते। बुधबार, इश्वी सन् २०१८ मे २३ तारिख। शकसंवत् १९४०, विरोधकृत् संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु,नेपाल संवत् ११३८ अनलाथ्व,अधिक ज्येष्ठ शुक्लपक्ष,तिथि– नवमी, २२:०७ बजेउप्रान्त दशमी, नक्षत्र– पूर्वफाल्गुनी, २२:५५ बजेउप्रान्त उत्तरफाल्गुनी, योग– हर्षण, २५:४६ बजेउप्रान्त वज्र, करण– वालव, ११:०२ बजेदेखि कौलव, २२:०७ बजेउप्रान्त तैतिल,आनन्दादिमा स्थिर योग, चन्द्रराशि– सिंह, २८:४१ बजेउप्रान्त कन्या, सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १८:४९ बजे र दिनमान ३४ घडी ०० पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
गणेश भगवानको पुजा गर्नाले शुभ हुन्छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ, सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन्,आजको शुभ अंक ५ रहेको छ ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मेलमिलापको भावना राम्रो हुनेछ, समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ ,चोटपटकको सम्भावना छ,विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन्, आजको शुभ अंक ७ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
रोकियका कामहरु बन्ने छन् ,स्वास्थ्यमा सुधार आउने छ,रोजगारीको लागि आजको दिन राम्रो छ,धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ ,आजको सुभ अंक ५ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ,आजको सुभ अंक ८ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
धमिलोपन आउने छ,आजको समय सामान्य छ , माता मनकामना लाई प्रथाना गर्नाले शुभ हुनेछ,शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ,रमाइलो र सार्थक यात्राको योग छ,आजको सुभ अंक ८ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ,आजको सुभ अंक १० रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पारिवारिक जीवन सामान्य रहने छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,साझपख सुधार हुनेछ, व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न,आजको शुभ अंक ४ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,शुभ कुराको संकेत मिल्नेछ,घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ,आजको सुभ अंक ३ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सानातिना कामको झमेला आउनसक्छ ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ , आजको शुभ अंक १ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
टाढाको यात्रा सम्भावना छ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,बन्धुवान्धव र छरछिमेकमा भने केही विवाद होला,आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ ,आजको सुभ अंक ४ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ, कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ,आजको सुभ अंक ९ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *