मंगलबारको राशिफल

जय गुरु देव !! नारायण !! जय माँ दुर्गा !! जय भोले बाबा !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल कात्तिक २० गते। मंगलबार,इश्वी सन् २०१८ नोभेम्बर ६ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु,नेपाल संवत् ११३८ कौलागा,कार्तिक कृष्णपक्ष, तिथि– चतुर्दशी, २२:०८ बजेउप्रान्त औंसी,नक्षत्र– चित्रा, २०:३२ बजेउप्रान्त स्वाती, योग– प्रीति, २१:२१ बजेउप्रान्त आयुष्मान्,करण– भद्रा, १०:४१ बजेदेखि शकुनि, २२:०८ बजेउप्रान्त चतुष्पद,आनन्दादिमा ध्वांक्ष योग,चन्द्रराशि– कन्या, ८:४६ बजेउप्रान्त तुला,सूर्योदय– ६:१९ बजे, सूर्यास्त– १७:१५ बजे र दिनमान २७ घडी २० पला। यम-पञ्चक (तिहार), नरकचतुर्दशी, कुकुर तिहार, प्रात: तैलस्नान,स्वन्ति च:ह्रे पूजा।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल कात्तिक २१ गते,बुधबार,इश्वी सन् २०१८ नोभेम्बर ७ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३८ कौलागा,कार्तिक कृष्णपक्ष,तिथि– औंसी, २१:२२ बजेउप्रान्त प्रतिपदा,नक्षत्र– स्वाती, २०:२३ बजेउप्रान्त विशाखा,योग– आयुष्मान्, १९:३३ बजेउप्रान्त सौभाग्य,करण– चतुष्पद, ९:४१ बजेदेखि नाग, २१:२२ बजेउप्रान्त किंस्तुघ्न,आनन्दादिमा धुम्र योग, चन्द्रराशि– तुला,सूर्योदय– ६:१९ बजे, सूर्यास्त– १७:१४ बजे र दिनमान २७ घडी १७ पला।वर्त/पर्व- यम-पञ्चक (तिहार), दीपमालिका, लक्ष्मी-पूजा, दीपावली, सुखरात्रि,दर्शश्राद्ध,निशि तथा हलो बार्ने औंसी।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मानसम्मानमा बृद्धि हुनेछ,रोकियाका कामहरु बन्ने छन्, महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,सहयोगीहरूले काममा साथ दिनेछन्,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,आजको शुभ अंक १ रहेको छ ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विश्वासको वातावरण बन्नेछ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको समय सामान्य छ , माता मनकामना लाई प्रथाना गर्नु होला,आजको शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,जिबन साथी सग छुटिनु पर्ला,यात्रा घातक बन्न सक्छ, चोटपटकको सम्भावना छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ ,पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,आजको शुभ अंक १२ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मेलमिलापको भावना राम्रो हुनेछ, समय राम्रो छ, शुभ कुराको सङ्केत मिल्नेछ ,अर्थलाभका अवसर आउने छन्,आज कुनै अप्रत्याशित काम बन्ने योग छ।पारिवारिक जीवनमा मतभेत रहनेछ, चोटपटकको सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,प्रेम गर्ने हरुको लागि शुभ हुनेछ , टाढाको यात्रा सम्भावना छ,शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
उधोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ ,आत्म–विश्वास बढ्नेछ ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ ,पारिवारिक जमघटमा मन रमाउनेछ ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक ६ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
रोजगारीमा सफलता मिल्ने छ,रोकियाका कामहरु बन्नेछ,श्रमबाट प्रशस्त धन लाभ हुनेछ,पठन–पाठनमा प्रगति हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ ,आजको शुभ अंक ११ रहेको छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिवारमा खुशी छाउनेछ,रिकियाका कम हरु बन्ने छन् ,स्वास्थ्यमा सुधार आउने छ ।रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,चोटपटक को सम्भावना छ ,पारिवारिक जीवन सामान्य रहने छ,साझपख सुधार हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आर्थिक संकट पर्नेछ,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ, महत्वपूर्ण काममा ध्यान दिनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पारीवारिक सहयोग बढ्ने छ,गणेश भगवानको पुजा गर्नाले शुभ हुन्छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ ,व्यापार व्यवसाय मध्यम रहेको छ,आजको शुभ अंक १० रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सानातिना कामको झमेला आउनसक्छ ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ, आफन्त बाट धोका हुन् सक्छ, आजको शुभ अंक ७ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *