मंगलबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ २९ गते, मंगलबार, इश्वी सन् २०१८ जुन १२ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,ग्रीष्म ऋतु,नेपाल संवत् ११३८ अनलागा,अधिक ज्येष्ठ कृष्णपक्ष, तिथि– त्रयोदशी, ५:४८ बजेदेखि चतुर्दशी, २८:०३ बजेउप्रान्त औंसी,नक्षत्र– कृत्तिका, १८:३५ बजेउप्रान्त रोहिणी,योग– सुकर्मा, १२:२५ बजेउप्रान्त धृति, करण– वणिज, ५:४८ बजेदेखि भद्रा, १६:५८ बजेपछि शकुनि, २८:०३ बजेउप्रान्त चतुष्पद,आनन्दादिमा गद योग, चन्द्रराशि- वृष सूर्योदय– ५:०९ बजे, सूर्यास्त– १८:५८ बजे र दिनमान ३४ घडी ३२ पला। सर्वार्थसिद्धि योग ५:४८ बजेसम्म र १६:५८ देखि १८:३४ बजेसम्म। अनलाचह्रे पूजा।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ ३० गते, बुधबार, इश्वी सन् २०१८ जुन १३ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर, उत्तरायण। ग्रीष्म ऋतु, नेपाल संवत् ११३८ अनलागा,अधिक ज्येष्ठ कृष्णपक्ष,तिथि– औंसी, २६:०० बजेउप्रान्त प्रतिपदा,नक्षत्र– रोहिणी, १७:२४ बजेउप्रान्त मृगशिरा, योग– धृति, ९:५४ बजेउप्रान्त शूल।,करण– चतुष्पद, १५:०४ बजेदेखि नाग, २६:०० बजेउप्रान्त किंस्तुघ्न, आनन्दादिमा शुभ योग, चन्द्रराशि– वृष, २८:४५ बजेउप्रान्त मिथुन, सूर्योदय– ५:०९ बजे, सूर्यास्त– १८:५९ बजे र दिनमान ३४ घडी ३३ पला,दर्शश्राद्ध। वर्त/पर्व-हलो तथा निशी बार्ने औंसी,अधिकमास तथा अपूपदान समाप्ति, मत्स्यनारायण मेला समाप्ति।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
कृषिमा कामको चाप बढ्न सक्छ, परिवारमा दाजुभाइको सहयोग आजका लागि लाभदायक बन्न सक्छ,आजको शुभ अंक- ५ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ,अरूका लागि बुद्धि खर्चनुपर्ला,चिताएको मूल्य प्राप्त नहुन सक्छ,आजको शुभ अंक -५ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तालमेल नमिल्दा योजना सुरु गर्न समय पर्खनुपर्ला, आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्,आजको शुभ अंक- १२ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ,परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ,सक्छ,आजको शुभ अंक -७ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, परिश्रमले कीर्तिमानी दिलाउनेछ,आजको शुभ अंक- ९ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दिगो लाभ हुने काम प्रारम्भ हुन सक्छ,प्रयत्न गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ,आजको शुभ अंक- १ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदा मिले पनि खर्चको मात्रा बढ्नेछ,पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ,आजको शुभ अंक – ६ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मानसम्मानमा आघात पुग्ने सम्भावना छ,पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ,सजग रहनुहोलाआजको शुभ अंक- ८ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रेमी बाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ,काममा टाढाको यात्रा हुने सम्भावना छ,आजको शुभ अंक- ११ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ,व्यवसायमा लाभ हुनेछ,आजको शुभ अंक – ४ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
भेटघाटमा अलमलिनाले लक्ष्यमा बाधा पुग्नेछ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आजको शुभ अंक – १० रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बलजफ्तीले मात्र काम सफल नहुन सक्छ,स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला,आजको शुभ अंक-६ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *