मंगलबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असार २६ गते, मंगलबार, इश्वी सन् २०१८ जुलाई १० तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर,उत्तरायण,ग्रीष्म ऋतु, नेपाल संवत् ११३८ तछलागा,आषाढ कृष्णपक्ष,तिथि– द्वादशी, १५:३८ बजेउप्रान्त त्रयोदशी,नक्षत्र– रोहिणी, २५:३० बजेउप्रान्त मृगशिरा, योग– गण्ड, १९:०९ बजेउप्रान्त वृद्धि,करण– तैतिल, १५:३८ बजेदेखि गर, २६:३९ बजेउप्रान्त वणिज,आनन्दादिमा मातंग योग,चन्द्रराशि– वृष,सूर्योदय– ५:१७ बजे, सूर्यास्त– १९:०१ बजे र दिनमान ३४ घडी २१ पला। प्रदोष व्रत।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असार २७ गते, बुधबार, इश्वी सन् २०१८ जुलाई ११ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,ग्रीष्म ऋतु, नेपाल संवत् ११३८ तछलागा,आषाढ कृष्णपक्ष,तिथि– त्रयोदशी, १३:३६ बजेउप्रान्त चतुर्दशी,नक्षत्र– मृगशिरा,२४:०९ बजेउप्रान्त आर्द्रा,योग– वृद्धि, १६:२७ बजेउप्रान्त ध्रुव,करण– वणिज, १३:३६ बजेदेखि भद्रा, २४:३० बजेउप्रान्त शकुनि,आनन्दादिमा अमृत योग,चन्द्रराशि– वृष, १२:५१ बजेउप्रान्त मिथुन,सूर्योदय– ५:१७ बजे, सूर्यास्त– १९:०१ बजे र दिनमान ३४ घडी १९ पला। विश्व जनसंख्या दिवस। दिल्लाचह्रे पूजा।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ,अर्थलाभका अवसर आउने छन्,आज कुनै अप्रत्याशित काम बन्ने योग छ,समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ , चोटपटकको सम्भावना छ,आजको सुभ अंक ७ रहेकोछ ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,पारीवारिक सहयोग बढ्ने छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,व्यापार व्यवसाय मध्यम रहेको छ,गणेश भगवानको पुजा गर्नाले शुभ हुन्छ,आजको सुभ अंक ५ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
बैदेशिक यात्रा हुने सम्भावना छ,रोकियका कामहरु बन्ने छन् ,स्वास्थ्यमा सुधार आउने छ,परिवारमा खुशी छाउनेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोजगारीको लागि आजको दिन राम्रो छ,आजको सुभ अंक ५ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ,जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ, चोटपटकको सम्भावना छ,आजको सुभ अंक ८ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारिक जमघटमा मन रमाउनेछ,उधोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,आत्म–विश्वास बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,शुभ कुराको संकेत मिल्नेछ,आजको सुभ अंक ३ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,रोकियाका कामहरु बन्नेछ,श्रमबाट प्रशस्त धन लाभ हुनेछ,पठन–पाठनमा प्रगति हुनेछ, रोजगारीमा सफलता मिल्ने छ,आजको सुभ अंक २ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,साझपख सुधार हुनेछ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, चोटपटक को सम्भावना छ,पारिवारिक जीवन सामान्य रहने छ,आजको सुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,मानसम्मानमा बृद्धि हुनेछ,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,रोकियाका कामहरु बन्ने छन्, आजको सुभ अंक १० रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आफन्त बाट धोका हुन् सक्छ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ, सानातिना कामको झमेला आउनसक्छ ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, आजको सुभ अंक १ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,टाढाको यात्रा सम्भावना छ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,प्रेम गर्ने हरुको लागि शुभ हुनेछ , शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,आजको सुभ अंक ४ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
महत्वपूर्ण काममा ध्यान दिनु होला,आजको दिन तेती राम्रो छैन,बोलीमा विचार पुराउनु होला,आर्थिक संकट पर्नेछ,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको सुभ अंक ९ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,विश्वासको वातावरण बन्नेछ,आजको समय सामान्य छ , माता मनकामना लाई प्रथाना गर्नाले शुभ हुनेछ,आजको सुभ अंक ८ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *