मंगलबारको राशिफल

31939584_2185340491694021_7153647268510302208_n - Copy

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ ज्येष्ठ ०१ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ मई १५ तारिख,शुद्धज्येष्ठ कृष्णपक्षको अमावस्या तिथि, साँझ ०५:५० बजेसम्म, त्यसपछि प्रतिपदा तिथि,भरिणी नक्षत्र, दिउँसो ११:२३ बजेसम्म, त्यसपछि कृतिका नक्षत्र,चन्द्रमा मेष राशिमा, साँझ ०५:१० बजेसम्म, त्यसपछि बृष राशिमा,सौभाग्य योग, बिहान ०५:४६ बजेसम्म, त्यसपछि शोभन योग,सुरुमा चतुष्पाद करण बिहान ०६:४१ बजेसम्म, त्यसपछि नाग करण साँझ ०५:५१ बजेसम्म, अन्तिममा किंस्तुघ्न करण, सूर्योदय – बिहान ०५:१७ बजे र सूर्यास्त – साँझ ०६:४५ बजे,पर्व/पर्व- दर्शश्राद्ध, ज्येष्ठ संक्रान्ति, बटसावित्री व्रत, शनि जयन्ती, हलो तथा निशि बार्ने दिन l

भोलिको-पञ्चाङ्ग

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ, पारिवारिक जमघटमा मन रमाउनेछ,पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन,आजको शुभ अंक ८ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ,व्यवसायमा लगानी बढाउनुपर्ला,ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुने छैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ,आजको शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ,विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ,आजको शुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ,निराश नहुनुहोस्,काममा सफलता मिल्नेछ, ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ,आजको शुभ अंक २ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नयाँ काममा हात हाल्ने समय छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइनेछ,आजको शुभ अंक १० रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ,आजको शुभ अंक ७ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
आत्मसम्मानमा केही आघात पुग्न सक्छ, सचेत रहनुहोला, व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ,दिन छिप्पिंदै जाँदा के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ,आजको शुभ अंक १ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
सम्मान प्राप्त हुन सक्छ,सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ,इष्टमित्रले प्रशंसा गर्नेछन्, आजको शुभ अंक ४ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ,दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ,आजको शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आतिथ्यपूर्ण सम्मान पाइएला,सहयोगीहरूबाटै धोका दौडधुप होला,परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ,आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शंका उब्जने समय छ,महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला, मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ,आजको शुभ अंक ११ रहेको छ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *