मार्ग महिनाको मासिक राशिफल

pa

जय हिन्दु राष्ट्र नेपाल !! जय गौ माता !!!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!!
नेपाल हिमाल पहाड तराई कोहि छैन पराई !जय नेपाल !!!
मेष
पारिवारिक जीवनमा तपाईंले सुख प्राप्त गर्नु हुनेछ र बहुप्रतीक्षित इच्छा र उद्देश्यमा सफलता आर्जन हुनेछ । तपाईंले महिनाको अधिकतम समय घुमघाम र भ्रमणमा बिताउनु हुनेछ । ससाना यात्रा भाग्यशाली र सुखद समेत हुनेछन् । मित्र र नातागोताका साथीभाइसँगको सामाजिक सम्बन्ध अझ राम्रो हुनेछ । साझेदारहरूसँग विवाद हुने सम्भावना पनि छ । पारिवारिक जीवन सुखद हुनेछैन । आफ्नो स्वास्थ्यप्रति समेत सचेत हुनु राम्रो हुन्छ । यद्यपि घरपरिवारका सदस्यले तपाईंको काममा सक्दो सहयोग पुर्याउने छन् ।
बृष
यस अवधिमा निरन्तर रूपमा गरिएको परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा पनि कमी आउने छ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्नेछ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्ने छ । दुर्घटनाको सामान्य भय छ र आर्थिक हानिको पूर्ण सम्भावना छ । आफ्ना परिजन र घरपरिवारकै सदस्यको सम्बन्धका कारण पनि तनाव सिर्जना हुने सम्भावना छ । तर बुध र शुक्रको अनुकूलताका कारण केही सुखद लक्षणहरु पनि देखा पर्नेछन् ।
मिथुन
व्यवसायिक अथवा व्यापारिक क्षेत्रमा रहेका नजिकैका साथीभाइले नोक्सान पुर्याउने छन् र त्यसबाट तपाईंले समस्या भोग्नुपर्छ । पारिवारिक वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ अन्यथा अप्रिय घटना भोग्ने स्थिति आइलाग्ने छ । तपाईं स्वयं मानसिक रूपले तनावग्रस्त र अस्वस्थ हुने सम्भावना छ । मित्र र सहयोगीहरूबाट तपाईंले लाभ प्राप्त गर्नुहुनेछ । बहुप्रतीक्षित इच्छा र आंकाक्षाहरूले पूर्णता पाउने छन् र लामो दूरीको यात्राबाट लाभ प्राप्त हुनेछ ।
कर्कट
आर्थिक रूपले यो उत्तम समय छ । नाफामूलक कारोबारबाट लाभ हुनेछ । प्रसिद्धि प्राप्त हुनेछ । लगानीमा रहेका रकम फिर्ता आउने योग छ । भ्रमणबाट समेत लाभ प्राप्त हुनेछ । तपाईंको दार्शनिक र गम्भीर स्वभाव हुनेछ । पारिवारिक जीवन सुखद हुने छैन, त्यसैले घरपरिवारमा विशेष ध्यान दिनु राम्रो हुनेछ ।सम्पत्तिको नाश हुने सम्भावना छ । धनसम्पत्ति र लेनदेनको मामिलामा असाध्यै सचेत हुनु आवश्यक छ । आँखा र मुखको अस्वस्थता र समस्याले सताउने छ ।
सिंह
आफ्नो तेजिलो विवेक, बुद्धि र समुचित अनुमानका कारण तपाईंले अत्यधिक सम्मान प्राप्त हुनेछ । यस अवधिमा घरपरिवारका बृद्ध सदस्यबाट सहयोग र आशीर्वचन प्राप्त हुनेछ । दूरदराज वा दुर्गम स्थानसम्म गरिएको यात्रा सफलतम सिद्ध हुनेछ । आम्दानीका मार्गहरू बढ्ने छन्, यद्यपि खर्च पनि बढ्ने छ, तर आम्दानीका मार्गहरूभन्दा धेरै होइन । कल्पना अत्यधिक सक्रिय रहने छ । पेसागत र व्यवसायिक परिस्थतिमा पनि सुधार हुनेछ । भाग्यशाली समय हुनाले मनले इच्छाएको काम सम्पन्न हुनेछ ।
कन्या
तपाईंको दृष्टिकोण धनात्मक रहने छ र तपाईंमा आवश्यकता भन्दा बढी आत्मविश्वास हुनेछ । तपाईंले सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्वपूर्ण जिम्मेबारी प्राप्त गर्नुहुनेछ अथवा सत्ता प्राप्ति हुन्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन तपाईंको सुझबुझ र लगनशीलताका कारण फलदायी हुनेछ । सामाजिक संस्थानलाई तपाईंले दिल खोलेर सहयोग गर्नुहुनेछ । स्वास्थ्यस्थितिमा असर पर्नसक्ने सम्भावना छ एवं परिवारमा पनि स्वास्थ्य समस्या देखा पर्न सक्छ । बुद्धिले काम नगर्न सक्छ । स्वास्थ्य र घरपरिवारकै सदस्यका कारण तनाव सिर्जना हुनेछ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु होला ।
तुला
नातागोताका सदस्यहरू र मित्रवर्गबाट सहायता प्राप्त हुनेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफलतम सिद्ध हुनेछन् । करार र सम्झौताबाट तपाईंले अत्यधिक लाभ प्राप्त गर्नुहुनेछ । प्रेम र प्रणय सम्बन्धका निमित्त समेत यो एउटा श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा राम्रै सुधार आउने छ । लामो यात्रा सुखद एवं सफलतम सिद्ध हुनेछ । उच्च पदस्थ व्यक्तिहरूबाट तपाईंले सम्मान प्राप्त गर्नुहुनेछ । मातापिता र गुरूजनसित अति सुमधुर सम्बन्ध कायम हुने छ ।
बृश्चिक
अचानक विविध समस्या देखा पर्न सक्छन् । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । लामो समयसम्म अस्वस्थ हुने आशंका छ । केही समस्याहरू तपाईंको स्वाभिमान र घमण्डका कारण पनि सिर्जना हुनेछ । आफ्ना घमण्डका कारण परिस्थितिलाई अझ जटिल बनाउनु हुनेछ । वर्तमान समयमा मानसिक उल्झन र समस्या भोग्नु पर्ने अवस्था छ । छिटो धन कमाउने आफ्नो प्रवृत्तिमा अंकुश लगाउनु बेस हुनेछ । वासनाजन्य विचारले तपाईंलाई दुःखित तुल्याउने मात्र होइन, यसले अपमानित पनि बनाउन सक्छ ।
धनु
यस अवधिमा तपाईंले जे गरे पनि सफलता हात पार्नु हुनेछ । समस्त समस्याहरूको स्वतः समाधान हुनेछन् । शत्रुलाई पराजित तुल्याउनु हुनेछ र उसले तपाईंलाई नोक्सान गर्न सक्दैन । तपाईंको काम सफल हुनेछ र नोकरी र व्यायसायिक जीवनमा समेत सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । सम्मान र साख पनि प्राप्त हुनेछ । समग्रमा यो एउटा सफलतम समय हुनेछ । तर छैठौं बुधको प्रभावले महिनाको पूर्वाद्र्धमा नियन्त्रणभन्दा बाहिर खर्च हुनेछ । स्वास्थ्यसम्बन्धी कठिनाइ हुनेछ । कामको बोझ बढ्नाले थकानको अनुभूति हुनेछ ।
मकर
व्यापार र नोकरीका माध्यमबाट लाभप्राप्त गर्नु हुनेछ । मातापिता र वरिष्ठ अधिकारीको कृपा र आशीर्वाद प्राप्त हुनेछ । व्यवसायिक क्षेत्रको फलदायी यात्रा सम्पन्न हुनेछ । घरपरिवारकै सदस्यका कारण तनाव उत्पन्न हुने, ससाना कुरा र विषयका कारण झैझगडा हुनसक्ने र चोरी हुने वा सामान हराउनसक्ने भए पनि बुधको सकारात्मकताले व्यापार÷व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय छैन । यात्राको कार्यक्रम छ भने स्थगित गर्नु राम्रो हुनेछ ।
कुम्भ
लामो यात्रा सफल हुने छैनन् । तर उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुनेछ र तिनीहरूको सल्लाह र सद्भाव प्राप्त हुनेछ । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रको भ्रमण गर्नुहुनेछ । विश्वासको वातावरण बन्नेछ र व्यसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन गर्नुहुनेछ । धनार्जनका दृष्टिले पनि यो समय राम्रो छ । सानातिना रोगव्याधिको भय छ र हलुका दुर्घटना हुने सम्भावना पनि छ । जोखिमपूर्ण र जुवाजन्य कामका लागि यो समय श्रेयस्कर हुँदैन । पारिवारिक झमेलाले गर्दा मानसिक तनाव हुन सक्छ ।
मीन
गलत निर्णयका कारण अकल्पनीय हानिको सम्भावना छ । एकआपसमा तनाव उत्पन्न हुनसक्छ । सुखसुविधा, अचल सम्पति, वाहनसुख, स्त्रीसुख एवं मित्रहरूको साथ पाउन गाह्रो हुन्छ । आर्थिक रूपले यो समय राम्रो होइन । त्यसैले व्ययको मात्रा पनि बढ्ने छ । कुनै गुप्त कारोबार वा गतिविधिका क्रममा पनि गर्नुपर्छ । आकस्मिक रूपमा धनहानि हुने सम्भावना पनि छ । स्वास्थ्य सम्बन्धी समस्याका कारण तनावग्रस्त रहनु पर्नेछ । सरकार विरोधी र असामाजिक र हानिकारक कार्यमा समेत संलग्नता हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *