युरोपेली युनियनको नकाबमा नाङ्गो हस्तक्षेप

मंगोलियन भनिएका जातिहरु मंगोलियबाट बिस्तार भएका जाति होइनन्

किराँतबाट किताँतेश्वर महादेव भएका छन् । किराँतेश्वर खोज्न अन्त जानु पर्दैन, पशुपतिनाथ क्षेत्र नै छन् । अहिले किराँत खुम्चिएका छन् । साँघुरा मन लिएर अरुण पूर्व आफ्नो थातथलो भनेर अल्झिरहेका छन् । देवादिदेव साक्षत महादेव तथा पार्वतीका छोरा गणेशका सन्तान भनेका अहिलेका जनजाति भनिएका हुन् । मंगलवार जन्मिएका हुनाले गणेशलाई मंगले वा मंगलीय भनिएको छ । संस्कृतमा मंगलीयहरु मंगोलियन भएका छन् । मंगोलियन त्यही मंगलियनको विकृत रुप हो ।मंगोलियन भनिएका जातिहरु मंगोलियबाट बिस्तार भएका जाति होइनन् । यी अगुवा, भतुवा र आसेगाँसे जाति पनि होइनन् । स्वयं गणेशजीका सन्तान मंगलियन नभएर कसरी मंगोलियन हुन्छन् ?

के आज नेपालमा आफूहरुलाई मंगोलियन जाति भन्न रुचाउनेहरु के भगुवा, भतुवा, आसेगाँसे जाति हुन् त ? आजका मंगोलियनहरुले अब आफूहरुलाई शुद्ध गर्न मंगोलियन होइन कि मंगलियन जाति भन्नुपर्छ । यसो गर्दा सो जाति पूजनीय हुन्छ । ब्रम्हलीन राष्ट्रगुरु योगी नरहरिनाथः र स्वामी डा.प्रपन्नाचार्यले यस बारेमा बिस्तृत व्याख्या गर्नुभएको छ । डा.स्वामी प्रपन्नाचार्यको प्राचीन किराँत इतिहास यस्को प्रमाणका रुपमा साक्षी छ ।

जनजाति मध्येका किराँत जाति र नेवार जातिहरुले सङ्कीर्ण मन लिएर होइन, फराकिलो मन लिएर सिङ्गो नेपालको नेतृत्व लिनुपर्नेमा केही सङ्कीर्णवादीहरुले विदेशीको पैसा खाएर तिनीहरुकै तलुवा चटुवा भएर एउटा सीमित क्षेत्रको राज्य माग्नु दुःखद पक्ष हो । किराँतहरुले महाभारतकालमा अर्थात् किराँतकालमा २७ पुस्ता नेपालको राज्य गरेका थिए । महाभारतको युद्धमा नेपालको तर्फबाट किराँत राजाहरुले पनि लडेका थिए । किराँती राजाहरुमध्ये यलम्बर शक्तिशाली र प्रतापी राजा थिए । ललितपुर पाटनमा यलम्बरले शहर बसाएका हुनाले पाटनको नम यलम्बरबाट यल भएको छ । अहिले यो यल नेवारी भाषाको नाम जस्तो भएको छ ।मल्लकाललाई नेवारी राज्य पनि भनिन्छ । किराँतकाल, लिच्छवीकालभन्दा मल्लकालीन नेपाल खुम्चिएको छ । यस्को बिस्तार पृथ्वीनारायण शाहले गरेका हुन् । अहिले एकीकृत नेपाल विखण्डन गराउन पराईहरु लागि परिरहेका छन् । हतियार र मतियार हाम्रै भएका छन् । ॐकार परिवारकालाई भड्काएर वा चोरेर इसाईहरुको संख्या बढाउँदै छन् । अब जनताले कुरा बुझी सकेका हुनाले नेपालको पुरानो पहिचान हिन्दु राष्ट्र नछोड्ने भएका छन् । किराँतहरुले सुम्निमा र पारुहाङलाई पार्वती र शिव भन्दछन् । यिनीहरुका कूलदेवता शिव र पार्वती हुन् । शिव र पार्वतीका सन्तान जो जे जति छन्, ती सबै मंगलियन हुन्, मंगोलियन होइनन् । यो त साम्राज्यवादी अंग्रेज (बेलायत) ले फुटाउने काम गरेको मात्रै हो । हिजो जे भयो, भयो– अब त्यस्तो गल्ती दोहो¥याउने काम नगरौं ।

हिजो जम्मै कालका शासकहरुले किराँतकालमा होस् कि, लिच्छवीकालमा होस् कि, मल्लकालमा होस् कि, शाहकालमा होस्– तिनीहरुले आफ्नो शासनकालमा भ्याएसम्म आफ्नो मुलुकको रक्षा गरेकै छन् । आज त्यो समृद्ध किराँतकालको नेपाल होस् कि, लिच्छवीकालको नेपाल होस् कि, मल्लकालको नेपाल होस् वा शाहकालको समृद्ध र साँस्कृतिक नेपाल होस्, त्यो विखण्डन हुनुहुँदैन । अखण्ड रहनुपर्छ ।मल्लकालमा राजा यक्ष मल्लले आफ्ना छोराछोरीहरुलाई राज्य भाग लगाएर सङ्घीय गणतन्त्र अभ्यास गर्ने हुँदा समृद्ध नेपाल थामिन सकेन । बुद्धकालमा पनि सङ्घीय गणराज्यको अभ्यास गरियो । त्यो पनि पतन भयो । पतन हुने काम नेपाल जस्तो साना भूभाग भएका राष्ट्रहरुले गर्नुहुँदैन । चीन र भारत फुटाउने गुरुयोजना अन्तर्गत हिजोका साम्राज्यवादी ब्रिटेनाले आज युरोपेली युनियनको नकाबमा नेपालमा नाङ्गो हस्तक्षेप गरिरहेको छ । आफूहरुका देश चाँहि इसाई राष्ट्र हुनुपर्ने, विश्वको एकमात्र हिन्दुराष्ट्र नेपाल चाँहि किन हुन नहुने हो ?

संसारमा जे जति आतङ्क भएका छन् वा हुने गरेका छन्, ती सबै आतङ्क हिजोको साम्राज्यवादी ब्रिटेनकै लगानीमा हुने गरेका छन् । सबैखाले उग्रवादी आतङ्ककारीको जन्म ब्रिटेनकै लगानीमा हुने गरेका छन् । सबैखाले उग्रवादी आतङ्ककारीको जन्म ब्रिटेनमा भएर संसारमा क्रियाशील हुने गर्छन् । संसारभरिका जे जति आतङ्ककारी वा साम्यवादीहरु छन्, तिनीहरु ब्रिटेन र ब्रिटेनको राजतन्त्रको विरोध गर्दैनन् । अमेरिकाको विरोध गर्न सिकाइएको छ– त्यसैमा लगानी गरिएको छ । अनि एकोहोरो अमेरिकाको विरोध गर्छन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको स्थायी राष्ट्रहरु जस्लाई भिटो प्रयोग गर्न सक्ने अधिकार छ– चीन, अमेरिका, फ्रान्स र रुसले यो कुरा राम्ररी बुझिरहेको छैन ।संयुक्त राज्य अमेरिका प्रजातन्त्रको पक्षधर हो भने सबैखाले आतङ्ककारीहरुको दुश्मन हो । तिनै दुश्मनहरु अमेरिकाको विरोध गर्छन् । नेपालमा आतङ्क बढ्दा भारतले संरक्षण गरेजस्तै संसारका आतङ्कहरु पनि यसैगरी संरक्षण भैरहेका छन् । नाइजेरिया र भारत ध्वस्त पार्ने अन्तर्राष्ट्रिय आतङ्ककारीहरुलाई कस्ले लगानी गरिरहेको छ ? भिटो राष्ट्रहरु बोल्न सकिरहेका छैनन् वा चाहिरहेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *