२०७४ सालको वार्षिक राशिफल

rashi

वार्षिक राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यावसायमा थप लगानि गर्ने वाताबरण बन्नेछ भने व्यावसायमा सहभागि हुँनेहरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । आफुलाई मन परेको मानिससँग वा पति पत्निका साथ रमाईलो यात्राको तय गर्न सकिनेछ भने माया प्रेम गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा परिणत गर्न सक्नेछन् । खोज तथा अनुशन्धानको क्षेत्र तथा पढाई लेखाईबाट भनेजस्तो नतिजा निकाल्न सकिनेछ । रमाईलो पारिवारिक यात्राको अधिक सम्भावना रहेकोछ भने व्यापार बिस्तारको लागि अथवा धार्मिक तथा शिक्षाको लागि देश बिदेशको यात्रा गर्न सकिनेछ । शरिरमा जण्डिज,मोटेपन,कोल्डस्टोर तथा सामान्य नसा सम्बन्धि समस्या देखा पर्नसक्छ ध्यान दिनु जरुरि छ । आर्थिक दृष्टिले असार,असोज,माघ तथा फाल्गुन महिना मेष रासि हुँनेहरुका लागि शुभ रहनेछ भने अन्य महिना मिश्रित फल प्राप्त हुँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्ने तथा मौसमि रोगले सताउँने देखिन्छ । बिद्या तथा प्रतिश्पर्धामा बिद्यार्थि वर्गहरुले भनेजस्तो नतिजा हात पार्न मुस्किल रहेकोछ । परिवारमा बिषेश गरि पति पत्निबिचको दुरि बढ्नेछ भन घरायसि कुरामा आफन्तबिच शैद्धान्तिक बिषयमा राय बाजिनेछ । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताका आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । व्यापार व्यावसाय लगानि गरे अनुसार प्रतिफल पाउँन मुस्किल रहेकोछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने तथा सरकारि ओहोदामा बसेर सेवा प्रभाह गर्ने व्याक्तिहरुबाट अनाबस्यक झन्झट व्यहोर्नु पर्नेछ । शुखभावमा र कर्मस्थानमा गोचर गर्ने राहु तथा केतुले घर जग्गामा बिवाद सिर्जना गर्नेछ भने सवारि साधनको कारोबार गर्दा वा चलाउँदा ध्यान दिनुपर्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
घर जग्गा तथा सवारि साधनको कारोबार तथा खरिद बिक्रिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि,पशुपालन तथा व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले राज्यबाट पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नती हुँनेछ । आमा वा आमासरहका मानिसबाट भनेजस्तो सहयोग प्राप्त हुँने हुँदा अग्रगामि छलाङ मार्न सकिनेछ । भाद्र २२ गतेपछि बिद्या स्थानमा जाने बृहस्पतिले मानव निर्मित तथा भौतिक साधन प्राप्तिको योग बनाउँनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ भने खोज अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा नकाल्न सकिनेछ । प्रेम प्रङगमा प्रेमका कोपिलाहरु फक्रनेछन् ।पारिवारि समया आउँने तथा घर परिवारमा घरायसि कुरामा बैमनस्यता सिर्जना गर्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
छोटो यात्रा भएपनि यात्राका क्रममा अनाबस्यक झन्भट बेहोर्नु पर्नेछ । शुख भावमा जाने बृहस्पतिले आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । कृषि तथा चौपाया व्यावसायमा लगानि बढाई प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । घर जग्गाको घरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ भने स्थाई सम्पति जोड्ने समय रहेकोछ । माता पिताको सहयोग तथा आशिर्वाद प्राप्त हुँने हुँनाले कामगर्न जोस जागर बढेर आउँनेछ । अध्ययान,अध्यापन,बैक तथा बित्तिय क्षेत्रमा समय खर्चिने हरुले राम्रो प्रगति गर्न सक्नेछन् भने नोकरिमा बढुवा हुँने योग रहेकोछ । मावलि तथा मामा पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । पेट सम्बन्धि समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ !

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दाजुभाई तथा छिमेकि सँगको सम्बन्ध बिग्रनेछ भने कुटुम्बजनसँग झै झगडाको योग बन्नेछ । सरकारि तथा प्रशासनिक पद धारण गर्नेहरुले बिचौलियाहरुको प्रभावमा परेर राष्ट्रघाति निर्णयहरु गर्न सक्नेछन् भने जनताहरुले सरकारि पद धारण गरि सेवा प्रबाह गर्नेहरुबाट अनाबस्यक झन्झट बेहोर्नु पर्नेछ । व्यापार व्यावसायमा मन्दि आउँनेछ भने आर्थिक व्यावस्थापन गर्न हम्मे हम्मे पर्नेछ । छोरा छोरिसँग सत्रुत्रा बढ्नेछ सन्तानको स्वास्थ्यमा खराबि आउँन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा खासै मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । आर्थिक रुपमा सबल हुँन योजनाहरु बनेपनि कार्यान्वयनको चरणमा लैजान मुस्किल रहेकोछ । घर छोडि देश बिदेशको यात्रा हुँनेछ भने राज्यबाट अपमान, दण्ड तथा जरिवाना सहनु पर्नेछ । आँखामा कष्टको अधिक सम्भावना रहेकोछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
समाजसेवा तथा राजनिति गर्नेहरुले जनताको गतिलो समर्थन पाउँनेछन् भने राज्यबाट पद पाउँने अधिक सम्भावना रहेकोछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नतीको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसायमा समय खर्चिने हरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । जग्गा तथा घरको खरिद बिक्रिबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । कुनै पनि काम गर्न जोस जागर आउँने तथा ईच्छाशक्तिमा बृद्धि भएर जानेछ । माया प्रेममा फक्रन लागेका कोपिलाहरुलाई बिबाहमा परिणत गरि घरजम गर्न सकिनेछ । घर परिवारमा आफन्त तथा कुटुम्ब सबैको सहयोग तथा समर्थन पाईने हुँनाले मन प्रशन्न रहनेछ । यात्राका सवालमा केहि कष्ट बेहोर्नु पर्नेछ भने स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । आर्थिक दृष्टिकोणले असार,साउँन,मंशिर तथा फाल्गुन राम्रो रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त)
पुत्र तथा सन्तानसँग सामान्य बिवादको योग भने राहुले सिर्जना गर्नेछ । साउँन २१ गते पछि राज्यभावमा गोगर गर्ने राहुले राज्यबाट पद प्राप्तिको योग बनाउँदछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । अनुशन्धानको क्षेत्र कमजोर रहनेछ भने बिद्या तथा प्रतिश्पर्धामा नतिजा आफ्नो पोल्टोमा पार्न अलि बढिनै मेहनेत गर्नुपर्नेछ । सवारि साधन तथा भुमि प्राप्तिको गतिलो सम्भावन रहेकोछ । स्वास्थ्य सम्बन्धि समस्या ल्याउँने भएपनि आर्थिक उपार्जन तथा अध्ययनको शिलशिलामा बिदेश यात्रा गर्ने अवसर प्राप्त हुँनेछ । सत्रुलाई परास्त गर्दै अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे लाभ हुँनेछ भने घर जग्गा खरिद गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अवसरलाई सदुपयोग गरि मनग्गे आम्दानि गर्न सकिनेछ । नयाँ काम पाउँने तथा पदोन्नतीको वा अनुकुल ठाउँमा स्नानान्तरण हुँनेछ । प्राकृतिक तथा सरकारि स्रोत साधन तथा पैतृक धनको प्रयोग मार्फत प्रशस्त आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेविहरुले जनताको समर्थन पाउँने हुँदा राज्यबाद पद प्राप्त गर्नेछन् । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । नयाँ उद्योग धन्दा तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि हुँनेछ । भौतिक सम्पति तथा भुमि जोड्ने समय आउँनेछ । काम तथा अध्ययनको सन्द्रर्भमा बिदेश यात्राको तय गर्न सकिनेछ । झुटा आरोप लाग्ने तथा मान सम्मानमा कमिको महशुुस हुँनेछ भने आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा दुरि बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
माया प्रेम गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा परिणत गर्न सक्नेछन् । लामो दुरिको धार्मिक यात्रा हुँनेछ भने परोपकार जन्य काममा सहभागि भईनेछ ।प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत प्रसस्त रुपैया पैसा कमाउँन सकिनेछ भने उपाहार तथा चिठ्ठा प्राप्तिको योग रहेकोछ । ईच्छित चाहना तथा मनोकामनाहरु पुरा हुँनेछन् । अकस्मान धनको बृद्धि गराउँनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । ईष्टमित्र तथा बन्दुबान्धबबाट लाभ मिल्नेछ भने स्वास्थ्य सम्बन्धि समस्या बढ्न तथा आँखामा समस्या आउँनेछ । वर्षभरिनै खर्चभाव तथा लग्नभावमा शनिको मध्य साडेसातिको प्रभाव रहनेछ । जन्म कुण्डलिमा शनि कमजोर हुँनेहरुलाई बिभिन्न समस्या आईपर्ने,झुटा आरोप लाग्ने तथा समयमा काम सम्पन्न नहुँने तथा शरिर कमजोर हुँने समस्या आईपर्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले सम्मानजनक पद प्राप्त गर्नेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुँनेछ । भाग्यले साथ दिने हुँनाले सानो प्रयत्नले ठुलो काम बन्नेछ । व्यापार व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् भने लगानि बढाउँने अवसर जुट्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रका प्रगति हुँनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर जग्गा तथा स्थाई सम्पति जोड्न सकिनेछ । नयाँ कामको खोजिमा रहेकाहरुले नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुँनेछ । माया प्रेमको सम्बन्ध बिवाहमा परिणत हुँनेछ भने जीवन साथिको सहयोगले बिषेश काम गर्ने अवसर प्राप्त हुँनेछ । देश बिदेशका यात्रा हुँनेछ भने लग्नमा आउँने केतुले अकस्मात धन तथा सम्पतिमा बृद्धि हुँनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कामक्षेत्रमा काम गर्दा वा कुनै निर्णय गर्दा ध्यान दिनुहोला अरुको प्रभावमा परेर गरिने काम तथा निर्णयले नोकरिनै संकटमा पर्नेछ । पारिवारिक समस्या बढ्नेछ भने ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सबल हुँनका लागि थालिएका काम र चालिएका कदमहरुबाट सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । सानो प्रयत्नले ठुलो काम बन्नेछ भने राज्यबाट मान सम्मान तथा ईज्जत प्रतिष्ठा पाईनेछ । राजनिति तथा समाजसेवामा सयम खर्चिने हरुले पद प्राप्त गर्नेछन् । मातृभुमि छोडेर लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुँनेछ भने पुत्र लाभको गतिलो सम्भावना रहेकोछ । मनमा अशान्ति पैदा गर्नेछ भने आँखा तथा स्वास्थ सम्बन्धि समस्या निम्त्याउँनेछ । मामा तथा मावलि पक्षबाट तपाईको काममा सहयोग तथा समर्थन रहनेछैन ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापार व्यावसायमा समय दिनेहरुले पसस्त रुपैया पैसा कमाउँन सक्नेछन् भने नयाँ काम पाउँने तथा नोकरिका बढुवा हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा निकाल्न सकिनेछ भने अध्ययन तथा व्यापारको शिलशिलामा देश बिदेशको यात्रा हुँनेछ । माया प्रेम गर्नेहरुले आफ्नो सम्बन्धलाई बिवाहमा परिणत गर्नेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले राज्यबाट मान सम्मान पाउँनेछन् । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न निकै लामो समय खर्चिनु पर्नेछ भने नोकरि परिवर्तन गर्नुपर्ने तथा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । बैक तथा बित्तिय क्षेत्रमा लगानि गर्नेहरुले सन्तोषजनक कमाई गर्न सक्नेछन् । स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा कष्टपुर्ण यात्रा हुँनेछ । घर परिवारसँग घरायसि कुरामा बिवाद बढनेछ भने सैद्धान्तिक राय बाजिनेछ । माया प्रेममा नचाहाँदा नचाहाँदै एक अर्का बिच छुट्टिनु पर्दा नरमाईलो महशुष हुँनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *