विचार सनातन वैदिक धर्मको स्वरूप

अन्य धर्मको स्वरूप र तिनमा गरिने टीकाटिप्पणीबारे पंक्तिकारलाई त्यति ज्ञान भएन तर हिन्दूधर्मको मर्म नै नबुझी टिप्पणी गर्ने चलनचाहि बढेको छ । धर्मको व्याख्या वा निर्देश त्यसअन्तर्गतका अध्येता वा ज्ञाताले भन्दा पनि समाजमा रहेका विभिन्न विधाका ‘सेलिब्रेटी’हरूले गर्ने गरेका छन् । आफूलाई ज्ञान भएको देखाउनेहरू पैसा, पद र प्रतिष्ठाका लागि धर्मको धन्दा चलाइरहेका हुन्छन् । ज्ञान भएकाहरूले सञ्चार माध्यमममा सहज पहुँच नपाउने समस्या छ । धर्मको मर्म बुझेकाहरू आफ्नो स्वार्थ पूरा गराउन माध्यम खाजेर हिँड्दैनन् । उनीहरूका लागि स्वाध्यायन, साधना आदि कर्म नै प्रमुख हुन्छ । सांसारिक वस्तुप्रति आकांक्षा रहँदैन । त्यसैकारण मानिसहरू हिन्दू धर्मको स्वरूप के हो भन्ने बुझ्न सकिरहेका छैन । हिजोआज ‘सबै धर्म एउटै हो ।’ ‘सबै धर्मको लक्ष्य मानवकल्याण गर्नु वा परोपकार गर्नु हो ।’ जस्ता भनाइ समाजमा प्रशस्तै सुनिन्छ । धर्मको स्वरूपमा अलमलमा परेर केहीले आफूलाई ‘सेक्युलर’ भन्ने गरेका छन् । जसको अर्थ नेपालीमा प्रस्ट खुल्दैन । त्यसैले यो सानो लेखमा हिन्दूधर्मको स्वरूपबारे चर्चा गरिँदै छ ।

वैदिक धर्मका अनेकौं नाम छन् । वर्णाश्रमको आधारमा चल्ने भएकाले यसलाई मूल रूपमा वैदिक वर्णाश्रम धर्म भनिन्छ । हजारौं वर्षदेखि अटुट रूपमा चल्दै आएकाले सनातन धर्म पनि भन्छन् । चलनचल्तीमा रहे पनि कतिपयले वैदिक सनातन धर्मलाई ‘हिन्दूधर्म’ भनेको मन पराउँदैनन् । वेदमा हिन्दू शब्दको उल्लेख नभएको र सभ्यताका रूपमा रहेको हिन्दू संस्कृतिलाई धर्म भन्न नहुने उनीहरूको मान्यता छ । तर, पनि हिजोआज वैदिक धर्म हिन्दूधर्मकै नामबाट परिचित छ । हिन्दूधर्म बलियाहरूले निर्बलमाथि शोषण गर्ने वा राज गरी खाने धर्म हो भन्ने हौवा चलाइएको देखिन्छ । शासकदेखि नागरिकसम्मलाई सत्मार्गमा हिँड्न धर्मले नै प्रेरित गर्छ । दुष्कर्म गर्ने शासक नै भए पनि दण्डित भएका पुराणका विभिन्न प्रसंगले यसलाई पुष्टि गर्छन् । वैदिक हिन्दूधर्मको मूल मर्म सबैलाई अँध्यारोबाट उज्यालोतर्फ, असत्यबाट सत्यतर्फ र मृत्युबाट जीवनको बाटोतर्फ लैजानु हो ।

सनातन वैदिक धर्म वर्णाश्रममा आधारित, सबैभन्दा पुरानो, परिपक्व दार्शनिक आधार भएको र प्रकृतिमैत्री धर्म हो । मूल आधारका रूपमा रहेका चार वेद ६ वेदांग, तिनका ६ ओटै उपांग, मुख्य ५६ स्मृति, १८ महापुराण, त्यति नै संख्यामा उपपुराण÷औपपुराण, महाभारत र रामायण आदि असंख्य ग्रन्थहरूको विशाल शाखा भएको अद्वितीय ज्ञानको भण्डार हो, वैदिक हिन्दू धर्म । व्यवस्थित कर्मकाण्ड पद्धति, गहन दार्शनिक चिन्तनको समन्वय र मानवजीवनका सबै पक्षलाई सम्पूर्ण रूपले निर्देशित गर्नसक्ने एक मात्र धर्म वैदिक हिन्दूधर्म हो भन्नेमा दुईमत हुन सक्दैन । संस्कृति, दर्शन, परम्परा, मूल्यमान्यता,

रीति, भेषभूषा, आचारविचार खानपान आदि विविध पक्षले यो धर्मलाई समृद्ध बनाएको छ ।

सनातन धर्मको मूल स्रोत वेद हो । दिव्य दृष्टि भएका तपस्वी ऋषि महर्षिहरूले परमात्माको अनुग्रहको रूपमा प्राप्त गरेका वैदिक मन्त्रहरू आफ्ना शिष्यमार्फत प्रसारित÷प्रवाहित गरे । यही परम्पराबाट आएका वेद अनादि र नित्य र दोषरहित छन् । वेदको भाषाशैली कठिन र विशिष्ट प्रकारको भएकाले यसको महŒव र अर्थ ठ्याक्कै पहिल्याउन सबैले सक्दैनन् । पुस्तौंदेखि प्रसारित हुँदै आएको निरन्तरको अभ्यास अध्ययन गरिरहेकालाई बाहेक वेदको आध्यात्मिक अर्थ पहिल्याउन गाह्रो पर्छ । त्यसैले वेदको अर्थ बुझाउन वेदांग, स्मृति पुराण, रामायण र महाभारतजस्ता ग्रन्थको रचना गरेका हुन्, तŒवदर्शी ऋषिहरूले । वेदमा बताइएका वा निर्देश गरिएका र वेदका अनुकूल अविरोधी अर्थ बुझाउने ग्रन्थलाई मात्र वैदिक शास्त्र भनिएको छ ।

महŒवपूर्ण पक्ष के हो भने वैदिक शास्त्रका द्रष्टा वा स्रष्टा अहिलेका सामान्य मानिसजस्ता लोभ, मोह, राग, द्वेष, इष्र्या र क्रोध आदि अवगुणबाट ग्रस्त होइनन् । वर्तमान मात्र नभई भूत र भविष्यलाई समेत दृष्टिगत गर्न सकेकाले नै उनीहरूले निर्देश गरेका पक्षहरू शास्वत मानिएका हुन् । बाहिरी वा भौतिक सुखभन्दा आफैंभित्र रहेको (आत्मिक) सुखको खोजी गरी परमात्मासँग साक्षात्कार गर्नु वैदिक हिन्दू धर्मको प्रमुख पक्ष हो । आफ्नै बुद्धि, विवेक र परिश्रमबाट सहजै प्राप्त हुने सुख शान्ति छोडेर अन्यत्र नभौंतारिन सन्देश दिन्छ । धर्मको महŒवपूर्ण पक्ष हो, मानव कल्याण र विश्वकल्याण । अरूको कल्याण गर्न सबैभन्दा पहिले आफ्नो कल्याण हुनुपर्छ । धार्मिक मूल्यमान्यताको अनुसरण गर्दै इहलोक र परलोकमा मोक्ष पाउने र अरूको समेत कल्याण गर्न सामथ्र्य प्राप्त हुने बन्न वैदिक ग्रन्थहरूले प्रेरित गर्छन् । जबसम्म मानिसले आफूलाई कल्याण हुने मार्ग पहिल्याउन सक्दैन उसले अरूको कल्याण गर्छ भनेर सोच्ने ? यही धर्मको मर्म हो ।

सामान्य जीवनयापन वनको बीचमा कुटी बनाएर शिष्यहरूलाई ज्ञान बाँड्ने, वर्षांैको तपस्याबाट प्राप्त ज्ञान लोककल्याणका निम्ति प्रवाह गर्ने ऋषिमुनिहरू वैदिक धर्मका आदर्श हुन् । स्मृति, पुराण तिनकै देन हुन्, जसका लोककल्याणकारी पक्ष हजारौं लाखौं वर्षसम्म पनि सान्दर्भिक हुन्छन् । वैदिक धर्मको मान्यताअनुसार धर्मविना मानिस र पशुमा भेद हुँदैन । समाजमा सुख, शान्ति पनि आउँदैन । धर्ममा श्रद्धा नगरी गरिएको कार्य निष्फल हुने मान्यता छ । मानिसको प्रकृति र योग्यताका आधारमा कर्मको निर्धारण गरिएको विशिष्ट पक्ष वैदिक धर्ममा छ । जन्म हुँदा पशु र मानिसमा फरक हुँदैन भन्ने सनातन धर्मको मान्यता छ । जन्म अघिदेखि गरिने विभिन्न संस्कारले मानिसलाई सुसंस्कृत बनाउने काम गर्छन् । संस्कारको माध्यमबाट मानिसबाट पशुत्व भाव क्रमशः हट्दै जान्छ ।

संस्कारबाट पनि उसमा विकार नष्ट भएन भने संस्कारमै त्रुटि भएको भन्ने बुझ्नुपर्छ ।

अहिले फैलाइएको ‘ग्लोबलाइजेसन’को नारा हाम्रा शास्त्रले ‘वसुधैव कुटुम्बकम्’ बाट हजारौं वर्षपहिले प्रवाहित गरिसकेको थियो । अहिलेको ‘विश्वव्यापीकरण’ को नारा मानिसलाई उपभोक्तावादी बनाउने र विश्वमै एक भाषा एक संस्कृति लाद्ने ध्येयका साथ चलाइएको तथ्य धेरैले बुझेका छैनन् । ‘आत्मनः प्रतिकुलानि परेषां न समाचरेत्’, अर्थात् आफूलाई पीडा हुने काम अरूका लागि पनि नगर्नू । मातृदेवो भव पितृदेवो भव, आचार्यदेवो भव जस्ता वचनले जन्म दिने कर्म दिने र विद्या दिनेहरूप्रति सधंै अनुगृहीत बन्नू । समाज र देशप्रति इमानदार रहनू । सुख सुविधाको लोभमा र दुःखसँग जुध्न छाडेर जन्म दिने बाबुआमा र देश नछाड्नू, जस्ता अनगिन्ती सन्देश वैदिक हिन्दूधर्ममा छ । धर्मको यही सन्देश बुझ्न नसक्दा हाम्रो देशका लाखौं युवा बिदेसिरहेका छन् । देश कुन अवस्थामा पुगेको छ देखिएकै छ ।

के छैन वैदिक हिन्दूधर्ममा ? वेदादि शास्त्रको अध्ययन गरेर परमात्मासम्म पुग्ने मार्ग यहीँ छ । कर्मको आधारमा परमात्मासम्म पुग्न चाहनेका लागि कर्मकाण्ड । आत्माबाट परमात्मासँग साक्षात्कार गर्नेका लागि

ज्ञानकाण्ड । उपासनाको माध्यमबाट परमात्मासम्म पुग्न उपासनाकाण्ड । पुराणहरूमा बताइएको ‘कल्पवृक्ष’ जस्तो जसले जस्तो चाहना राख्छ, जे कामना गर्छ त्यहीअनुरूप प्राप्त गर्न सक्छ, आवश्यकता रहन्छ कर्मको । कर्मविना फलप्राप्ति हुँदैन । विद्वान्हरू काम गर्नुअघि नै फलको चिन्ता गर्दैनन् भन्ने गीताको वचन छ । आत्मिक मात्र नभई योग, आयुर्वेद जस्त्रा शास्त्रको प्रयोग गरी शारीरिक र मानसिक सुख खोज्ने मार्ग यहीँ छ । ज्योतिषशास्त्रलगायतका ग्रन्थबाट खगोल, भूगोलको अध्ययन गरी भौतिक फाइदा लिने विधि यहीँ छ । विभिन्न कला र सीपको प्रयोगबाट भौतिक सुखसुविधा प्राप्त गर्ने विधि पनि वैदिक हिन्दू शास्त्रभित्र छ । भौतिक सुखसुविधा लिए पनि अरूलाई कष्ट नदिई, प्रकृतिमा धावा नबोली अघि बढ्नु धर्मको मर्म हो ।

गिता पढ्दै बालक !

गिता पढ्दै बालक !

बाहिरी वा भौतिक सुखभन्दा आत्मिक सुखको खोजी गरी परमात्मास“ग साक्षात्कार गर्नु वैदिक हिन्दू धर्मको प्रमुख पक्ष हो । आफ्नै बुद्धि, विवेक र परिश्रमबाट सहजै प्राप्त हुने सुख शान्ति छोडेर अन्यत्र नभौंतारिन सन्देश दिन्छ । धार्मिक मूल्य मान्यताको अनुसरण गर्दै इहलोक र परलोकमा मोक्ष पाउने र अरूको समेत कल्याण गर्न सामथ्र्य प्राप्त हुने बन्न वैदिक ग्रन्थहरूले प्रेरित गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *