वि.सं.२०७३ को वार्षिक राशिफल

na8

जय हिन्दु राष्ट्र
नेपाल हिमाल पहाड तराई कोहि छैन पराई जय नेपाल
ज्योतिष शास्त्र अनुसार यो वर्षको पहिलो दिन चैत्र शुक्लपक्षबाट शुरु हुन्छ । यो वर्षको राजा शुक्र हुने छ । शुक्र धनको प्रतिक मानिन्छ । मन्त्री पद भने बुधसँग हुने छ । वर्षको पहिलो दिन बुधबार परेको छ ।

शुक्रका कारण वर्ष २०७३ मा भौतिक सुखका साधन, प्रेम, काम, कला संगीत लगायका कुराको प्रचुरता रहने देखिन्छ । यो वर्ष देशको आर्थिक प्रगति हुन सक्छ । सवारी साधन, कला, संगीत, मेकअप, फेशन, रेडीमेड वस्‍त्र आदीको ब्यापार बढ्ने छ । फिल्ममा कामुकता बढ्ने छ । धान, उँखु, गहुँको उत्पादन राम्रो हुन्छ ।new-year-rasifal

ज्योतिष गणना अनुसार सम्बत २०७३ को राजा शुक्रको बाहन भ्यागुतो हो । यसको अर्थ यो वर्ष अत्याधिक वर्षा हुन सक्छ । बाढी र पहिरो जस्ता प्रकोपको खतरा पनि कायमै छ । कतिपय क्षेत्रमा भने खडेरीले सताउन सक्छ ।

बुध मन्त्री भएका कारण यो वर्ष कामुकता बढ्ने छ । यौनापराध बढ्ने देखिन्छ । पेट्रोल र ग्यासको मूल्य बढ्ने छ । पत्रकारिता, लेखन, शिक्षा लगायतका क्षेत्रका लागि भने यो वर्ष लाभदायक देखिन्छ । दैनिक उपभोगका सामानको कारोबार गर्नेहरुलाई पनि यो वर्ष लाभदायक देखिन्छ ।

सरकार
शनिको प्रभाव प्रवल रहेका कारण सरकारले गर्ने अनौठा अनौठा निर्णयले जनता आजित हुने योग छ । देशका कतिपय भागमा संक्रामक रोग फेलिने र प्राकृतिक विपद्को योग पनि छ । शनिको प्रभावले फलाम, स्टील, कोइला, पेट्रोल‌ियम, दाल चीनी, ऊनी वस्‍त्रादीको मूल्य बढ्न सक्छ ।

मुलुक

नयाँ वर्ष २०७३ मा मुलुकले महासंकट व्यहोर्ने र मुलुकमा सैनिक शासन लागु हुनदेखि राजसंस्था व्युँतिने सम्भावना रहेको छ,राजनीतिक हिसावले पनि उथलपुथलको वर्ष हुनेछ,godhindulordshriramaramashiva-567667de573fef2793c5ea8d78e79129_hविभिन्न धर्महरुवीच कलह उत्पन्न हुने तर अन्त्यमा मुलुक हिन्दूराष्ट्र घोषणा हुनेछ,पूर्वराजा ज्ञानेन्द्रको समेत नयाँ वर्षमा राम्रो योग भएकोले मुलुकमा नयाँ साल बाट राजसंस्थाको पूर्नवहाली हुने योग सुरु हुनेछ,काँग्रेसका सभापति शेर बहादुर देउवाको २०७३ साल निकै शुभ छ,नयाँ सालमा मिथुन राशी भएकाहरुलाई राम्रो हुनेछ,प्रचण्डको पनि भाग्य बलियो छ,मुलुकले अर्को महाविपक्तिको सामना गर्नेछ,नयाँ साल पनि नेपालीहरुको लागि उत्तम छैन,‘२०७३ मा मुलुक विभिन्न किसिमका प्राकृतिक प्रकोपहरुको शिकार बन्ने खतरा छ ।

वार्षिक राशिफल
मेष : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
वैदेशिक यात्रा र रोजगारीका लागि समय अनुकूल छ, पढाइलेखाइ अवरुद्ध बन्ने देखिन्छ,टाढाको यात्रा,धर्मकर्म वा मंगलमय कृत्यका लागि धन खर्च हुनेछ, व्यवसाय विस्तार एवं नयाँ रोजगारको अवसर भने मिल्नेछ,औसत आम्दानी वर्षभरि भइरहनेछ,पारिवारिक असमझदारी,आत्मीय जनसँग बिछोड र खिन्नता निम्त्याउने देखिन्छ,एक्लोपनाको अनुभूति हुनेछ,ग्रहको प्रभावले वर्षभरि सन्तानलाई पीडा,दाम्पत्यमा असमझदारी,पेटमा समस्या र शिक्षामा बाधा हुने देखिन्छ, घरायसी समस्या बढ्ने,पढाइमा बाधा,काममा अवरोध र आफन्तस“ग मनमोटाव बढ्ने जस्ता समस्या आउन सक्छन्,विधिपूर्वक ग्रहको मन्त्रजप,पूजा गर्नाले र आफ्ना इष्टदेवको समेत आराधना गर्नाले फाइदा हुनेछ ।

वृष : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वास्थ्य र मानसम्मानमा बाधा,काममा झमेला र चुनौती आइलाग्ने देखिन्छ,आफन्तबीच मनमोटाव र सहकर्मीसँगको प्रतिस्पर्धाले वैरभाव निम्त्याउन सक्छ,विश्वासपात्रले धोका दिनेछन्,बाध्यात्मक परिस्थितिमा रुमलिनु पर्नेछ, भाग्यस्थानमा स्थिति सुधार आउनेछ,विषम परिवेशमा पनि सहयोगीको राम्रो साथ पाइनेछ,शिक्षा र साझेदारीमा फाइदा हुनेछ,चिन्ता,आलस्य र अस्थिरताका कारक देखिन्छन्,आफ्नै कमजोरीले हातमा आएको काम र फाइदा गुम्न सक्छ, उत्साहमा कमी र विलम्बका साथ कार्य सम्पादन हुने वर्ष छ,बेलाबेला विवादमा र यदाकदा अन्यायमा समेत परिनेछ, फाइदा र प्रतिकूल हुनेहरूलाई कष्ट, जरिवाना,बदनामी,बन्धन जस्ता विघ्नबाधा आइपर्नेछन्, विधिपूर्वक ग्रहको मन्त्रजप, पूजा,उपासना, र प्रत्येक शनिबार पीपलमा जल चढाउनाले फाइदा हुनेछ ।
na8
मिथुन : (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
विद्यामा विशेष प्रगति हुनेछ,बौद्धिक प्रभाव बढ्नेछ, आफन्तजनको सहयोगले विशेष फाइदा होला,मांगलिक कर्म र परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन्,स्थायी सम्पत्ति जोड्ने समय छ,नयाँ नोकरी,पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ,मानसम्मान पाइनेछ,व्यापार व्यवसायमा लाभ मिल्नेछ,लगानीको प्रतिफल प्रशस्त मिल्नेछ,सञ्चित रकम खर्च भए पनि आम्दानीको स्रोत सबल बन्नेछ,कृषि उत्पादन बढ्नेछ,पारिवारिक असमझदारी, कष्ट,जीवनसाथीलाई अस्वस्थता र रोग,बन्धन, आरोप,जरिवाना जस्ता विघ्नबाधा आइपर्ने सम्भावना छ, नसा,जोर्नी वा गुप्तांगसम्बन्धी समस्याले सताउन सक्छ,अनावश्यक खर्च र ऋणभार समेत बढ्ने देखिन्छ ।

कर्कट :(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुरुको समय अनुकूल रहनेछ,पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ,यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ,सन्तानबाट लाभ र सुख मिल्नेछ,मंगलमय कृत्यहरू सम्पादन हुनेछन्,पारिवारिक असमझदारी र बन्धुबान्धवस“ग मनमोटाव बढ्ने देखिन्छ,सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन्,तनाव बढाउने देखिन्छ,कर्मवृत्तिका सामान्यतया अनुकूल रहनेछन्,उत्तम रोजगारी मिल्नेछ र नोकरीमा पदोन्नति समेत हुनेछ,व्यवसायमा अनुकूल परिवर्तन होला,सहयोगीहरूबाट उचित सहयोग पनि पाइनेछ,कमजोर हुनेहरूलाई मानहानि र व्यावहारिक अप्ठ्याराहरू आइपर्ने छन्,उच्च महत्वाकांक्षाले काम बिग्रने, धन हानि र परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ, ग्रहको मन्त्रजप पूजा–आराधना गर्नाले फाइदा हुनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
उद्योग र व्यापारमा सामान्य लाभ मिल्नेछ तर ऋणभार बढ्ने समय छ,लगानीको प्रतिफल नगण्य हुने देखिन्छ,कृषि उत्पादन भने राम्रै रहनेछ,स्वास्थ्य र उन्नतिका लागि यो वर्ष केही कमजोर रहनेछ,वर्षभरि आर्थिक अभावले सताउनेछ, सवारी साधनको प्रयोग होसियारीसाथ गर्नुपर्ने बेला छ, पढाइलेखाइमा सामान्य प्रगति र नोकरीमा केही चुनौतीको योग छ,स्थायी सम्पत्तिको नाउँमा आफन्तजनमा वैरभाव र पारिवारिक कलहले वर्षभरि नै सताउने योग छ,विश्वासपात्रबाटै धोका हुने देखिन्छ, जीवनसाथीको स्वास्थ्यमा प्रतिकूलता र समेत रोग, बन्धन, आरोप,जरिवाना जस्ता विघ्नबाधा आइपर्नेछन्,समय रहेकाले स्वास्थ्यमा कमजोरी र काम वा उन्नतिमा बाधा हुने देखिन्छ,विनाशको स्थानमा उपस्थितिले पेटको रोग र कब्जियत वा मलद्वारसम्बन्धी समस्याले सताउने समय छ,ग्रहको मन्त्रजप पूजा–उपासना गर्नाले फाइदा पुग्नेछ ।

कन्या : (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
स्वास्थ्यमा बाधा र शिक्षा क्षेत्र कमजोर देखिन्छ,प्रतिस्पर्धामा समेत कमजोर सावित भइनेछ,तापनि,शनि–राहुजस्ता पापग्रहको अनुकूलताले सुख–सुविधा उपभोग गर्न पाइनेछ,वर्ष निकै फलदायी रहनेछ,प्रशस्त आम्दानी हुनेछ,दाम्पत्य र सन्तानसुख मिल्नेछ,बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ, भूमि,घर अथवा वाहन प्राप्तिको योग छ,विद्यार्थीहरूका लागि विशेष उपलब्धि हुनेछ,तर्कशक्ति बढ्नेछ,उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ, अनुकूल स्थानान्तरण पनि सम्भावना देखिन्छ,घरमा मांगलिक कार्य सम्पन्न हुनेछन्,कृषिकर्म तथा व्यापार व्यवसायबाट विशेष फाइदा हुनेछ,नयाँ उद्योगधन्दा सञ्चालन गर्ने समय आएको छ,साझेदारीबाट फाइदा हुनेछ,सेवामूलक,परोपकारका कार्यहरू सम्पादन हुने वर्ष छ,बाहिरी यात्रा र प्रवासमा पनि समय अनुकूल देखिन्छ,ग्रहको मन्त्रजप,पूजापाठ ,उपासना गर्नाले थप फाइदा हुनेछ ।

तुला :(र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ,व्यापार–व्यवसाय विस्तार हुनेछ,आध्यात्मिक कार्यमा खर्च गरिनेछ, मांगलिक कर्म र परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन्, कृषिकर्म र चौपायाबाट प्रशस्त लाभ हुनेछ,घरबाट टाढा वा प्रवासमा रहनेहरूका लागि यो वर्ष फलदायी रहनेछ,खर्च गर्नुपरे पनि वैदेशिक यात्राबाट लाभ मिल्नेछ,उद्यमीहरूका लागि लगानी गर्ने वर्ष छ,दाम्पत्य र कुलकुटुम्बका माध्यमबाट विशेष लाभ मिल्नेछ प्रतिस्पर्धाहरूमा विजयी भइनेछ र न्यायोचित फल मिल्ने वर्ष छ,लामो समयदेखि रोकिएका कामसमेत सहजै सम्पादन हुनेछन्,अनावश्यक खर्च र धनहानिको योग बनाएको छ,दण्ड–जरिवाना,अनावश्यक दौडधूप,विपत्ति,वैदेशिक यात्रामा असफलता,धनहानि जस्ता समस्या आउन सक्छन्,समस्याबाट मुक्तिका लागि ग्रहको मन्त्रजप,पूजापाठ शान्ति गर्नुपर्दछ ।

वृश्चिक : (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
घरायसी काममा खर्च बढ्ने योग छ,लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ, परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ,परिश्रमबाट थोरै लाभ मिल्ने योग छ,विद्या र सन्तानको स्थानमा जाने सुधार आउनेछ,बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ,अध्ययनका लागि विदेशयात्रा सम्भावना छ, सन्तानबाट फाइदा र सुख मिल्ने योग छ,रोकिएका काम सुरु हुनेछन् आर्थिक उपार्जनमा सुधार आउनेछ,घरमा मंगलमय कार्य सम्पादन हुनेछन्,धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ, कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ,धार्मिक–सामाजिक कार्यमा बाधक देखिन्छन्, केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ, आकस्मिक लाभ र सहज भाग्योन्नतिको योग छ,ग्रहको मन्त्रजप पूजा उपासना गर्नाले लाभ मिल्नेछ ।

धनु :(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
केही चुनौतीका कारक बन्नेछन्,यदाकदा बोलीको गलत अर्थ लाग्ने,विवादमा परिने र आर्थिक अभावले सताउने योग छ, केही बाध्यात्मक परिस्थितिमा परिने वर्ष छ,कर्मस्थानमा जाने बृहस्पतिले कर्मप्राप्ति र सिद्धिको योग बन्नेछ,धर्मको पालना,मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ,बौद्धिक पक्षमा लाभ मिल्नेछ,पढाइलेखाइमा प्रगति हुनेछ निजी व्यवसाय र कृषिकर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ,चौपायाबाट पनि सोचेको फाइदा नहुन सक्छ,सञ्चित धन खर्च र कर्जा बढाउने सम्भावना छ,अनुकूल कष्ट,जरिवाना,बदनाम,चिन्ता जस्ता विघ्नबाधा आइपर्नेछन्,विधिपूर्वक ग्रहको मन्त्रजप, पूजा आराधना तथा शनिबार पीपलमा जल चढाउनाले राम्रो हुन्छ ।

मकर :(भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि मिल्नेछ,नयाँ रोजगारको अवसर मिल्नेछ,व्यापार–व्यवसायमा उन्नति हुनेछ,आय- आर्जनका नया“ स्रोतहरू थपिनेछन्,कामको दायित्व बढ्नेछ,मंगलमय कार्यमा खर्च,स्थान परिवर्तन र अध्ययनका लागि विदेशयात्राको योग बन्नेछ,बेचबिखन गर्नुपर्ने स्थायी सम्पत्ति बिक्री हुन सक्छ, काममा बाधा,अस्वस्थता,मिथ्या आरोप र अरूबाट अन्याय सहन गर्नुपर्ने अवस्था आउनेछ, कष्ट,चिन्ता,पीर,पारिवारिक असमझदारी जस्ता समस्या आइपर्नेछन्,घर–जग्गामा विवाद र आमाको स्वास्थ्यमा समस्या ल्याउने देखिन्छ,यी समस्याबाट मुक्त रहन विधिपूर्वक ग्रहको मन्त्रजप,पूजा आराधना गर्नुपर्नेछ ।

कुम्भ :(गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नोकरीमा पदोन्नति र व्यापार–व्यवसायमा फाइदा हुनेछ, दाम्पत्य सम्बन्ध वा घर–जग्गा जोड्ने योगसमेत देखिन्छ, जीवनसाथीबाट पाइने साथ र उत्साहले काम सफल हुनेछन्, समय क्रमशः कमजोर बन्दै जानेछ,मानहानि वा अपयश सम्भावना छ,काममा विलम्ब र चुनौतीको योग छ,वायु तथा पित्तदोषले स्वास्थ्यमा बाधा पुग्न सक्छ,तुलनात्मक वर्ष कम फलदायी देखिन्छ,भौतिक वस्तुहरूको सुविधा मिले पनि सन्तुष्टि नमिल्ने वर्ष छ,बन्धुजनस“ग असमझदारी बढ्ने, अनावश्यक खर्च र बाहिरी यात्रामा कष्ट हुने देखिन्छ, साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ,पढाइलेखाइ अपूर्ण देखिन्छ,अनावश्यक खर्च,कर्जा र चोटपटकका कारक देखिन्छन्,कष्ट,जरिवाना,बदनामी जस्ता विघ्नबाधा आइपर्नेछन्,विधिपूर्वक ग्रहको मन्त्रजप,पूजा, उपासना गर्नाले फाइदा हुनेछ ।

मीन :(दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
प्रगति र भाग्योदय हुने देखिन्छ,धेरै रोकिएका काम बन्नेछन्,घरमा ऐश्वर्य सम्पन्नता,धनधान्य लाभ,कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ,स्थायी सम्पत्ति आर्जन गर्ने समय छ,सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान पाइनेछ,घरमा माङ्गलिक कार्य सम्पादन होलान्,दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ र सन्तानबाट प्रसन्नता मिल्नेछ,प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ, नोकरीतर्प हुनेहरूका लागि अनुकूल स्थानान्तरण र पदोन्नतिको समय छ,व्यापार व्यवसायमा प्रगति हुनेछ,नया“ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ,विद्यार्थीहरूको विशेष प्रगति हुने वर्ष रहेको छ,समाजसेवा र परोपकारका कार्य गरिनेछ,आत्मबल बढ्नेछ र चौतर्फी प्रगति गर्न सकिनेछ, बाहिरी यात्रालाई भने यो वर्ष केही कमजोर रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *