वैदिक सनातन धर्म के हो ?

धार्मिक सहिष्णुता खल्बलिने र भातृत्व भाँडिने खतरा भएको परिस्थितिमा वैदिक सनातन धर्मको तथ्य र वास्तविकताहरु लेख्नैपर्ने आवश्यकता महसुस गरे । चुरो कुरो थाहा नपाउँदा तथाकथित पण्डितहरुको अर्धज्ञान, अहं र पाखण्डी स्वभावको कारणले धर्मलाई अपब्याख्या गरेको पाइन्छ । पबित्र गायत्री मन्त्रलाई पण्डित भनाउँदा बाहुनहरुले गोप्य राखेको कुरा त सर्वबिदितै छ । अन्धो मानिसहरुले छामेर हात्तीको आकार अनुमान गरेजस्तै धर्मको मर्म÷अर्थ बुझ्न नसकेको जस्तो लाग्यो, नेपाली जनताहरुले । धर्मको खाटी कुरो बुझाउन नसकेका पण्डितहरुमा र धर्मको भेउ पाउन नसकेका नेपालीहरुमा घैटोमा घाम लाग्ला कि भन्ने अभिप्रायले यो लेख सम्प्रेषण गर्दैछु । वैदिक सनातन धर्मको यथार्थतालाई आत्मसात गरी सोही अनुरुपको व्यवहारिक जीवन अपनाउनु हाम्रो अहं कत्र्तव्य हो ।

वैदिकः वेदमा दिएको शिक्षाअनुरुप चलेको समाज र संस्कारहरु ।
सनातनः अति प्राचीन, आदिमकालदेखि, सृष्टिको सुरुवातसँगै ।

धर्मः अन्तरनिहीत गुणलाई धारणा गर्नु । उत्तरदायित्व बहन गर्नु । सत्मार्गमा हिड्नु प्रकृतिको नियमको पालना गर्नु, कर्मको फल प्राप्ति ।

यहाँ भनिएको शब्दार्थअनुरुप जाने हो भने अति प्राचीनकालदेखि वैदिक संस्कारअनुसार चलिआएको धर्म नै वैदिक सनातन धर्म भन्ने बुझिन्छ । वेद भनेको ज्ञानको भण्डार र ईश्वर प्राप्तिको सुमार्ग हो । यो अगाडिको कल्पसम्म वेद हावामा नै ध्वनीको रुपमा तरङ्गीत हुन्थ्यो र तन्त्रका ज्ञाताहरुले मात्र वेद पढ्न सक्दथे । यही कल्पको तेत्रायुगमा नेपालको दमौलीमा जन्मनुभएका वेदव्यास ऋषिले ४ वेदलाई संस्कृत भाषामा लिपिबद्ध गरिदिनुभयो । हिजो आज पश्चिमेलीहरुले हाम्रो भाषालाई ईश्वरको भाषा त्जभ ीबलनगबनभ या न्यम भनेर बुझ्न थालेका छन् । जगत कल्याणको निम्ति लेखिएको चार वेद भित्र ईश्वर, योग, ध्यान, असल जीवन पद्दति, ज्योतिषशास्त्र, बास्तुशास्त्र, अर्थशास्त्र, कला–संगीत साहित्य, आयुर्वेद, वैज्ञानिक आविष्कारहरु आदि इत्यादी कुराहरु उल्लेखित छन् । सभ्यताको पहिलो साहित्य, वैज्ञानिक आविष्कारहरुका पिता र सम्पूर्ण धार्मिक ग्रन्थहरुको मूलश्रोत वेदलाई नै मानिन्छ ।

धर्म के हो ? निधारमा खरानी धस्नु, रुद्राक्षको माला जप्नु, पहेंलो पहिरन लगाउनु, पूजापाठ गर्नु, धर्म भनेर आममानिसले बुझ्दै आएका छन् । यस्ता कार्यहरु आत्मा शुद्धिकरणको लागि गरिएको धार्मिक कार्य भन्न मिल्छ तर धर्म होइन । ‘धर्म धारयते इति धर्म’ भनेर गीतामा भनेझैं धर्म भनेको आफ्नो गुण ‘धारणा’ गर्नु हो–उत्तरदायित्व बहन गर्नु हो । जस्तो कि पानीको धर्म शितलता दिनु÷प्यास मेटाउनु हो । आगोले सानो ठूलो, धनी गरिब यो या त्यो भन्दैन, डढाउँदछ किनकि आगोको धर्म नै पोल्नु÷डढाउनु हो । त्यसैगरी न्यायाधीशको धर्म पीडितलाई न्याय दिनु हो भने प्रहरीको धर्म कानुन पालना गराउनु हुन्छ । राजनेताको धर्म भनेको राष्ट्र र जनतालाई सर्वोपरी ठानेर सेवामा समर्पित हुनु हो । राजाको धर्म भनेको स्नेही पिता बनेर राष्ट्र चलाउनु हो । धर्म छोड्यो भने आफ्नै अस्तित्व बिलाउँदै जान्छ । सिँउडी रोपर सूर्यमुखी फूलको आश गर्नु मूर्खता हुन्छ । बिडम्बना ! धर्मको मर्म बुझेन्न कसैले घीनलाग्दो र कुकृत्य गर्दै हिडें सबैले । निर्दोष नेपाली जनताहरुले धर्मको सहीरुप देख्न पाएनन र वितृष्णा जाग्यो सबैमा ।

यसरी हेर्दा वैदिक सनातन धर्म ईश्वर प्राप्तिको सुमार्ग देखाउने र सभ्य सुसंस्कृत समाजको निर्माण गर्ने ज्ञानको भण्डारको रुपमा फैलिएको संजाल हो । कुनै एउटा जाति विशेष वा समुदायले अपनाएको धर्म हुँदै होइन । यहाँ सूर्य (अग्नी), पञ्चतत्व (प्रकृति) को पूजा÷उपसना गरेको मात्र पाइन्छ । हुन पनि सूर्य र प्रकृतिको अनुपस्थितिमा कुनै पनि जीव–जीवात्मा र वनस्पतिको अस्तित्वको कल्पना पनि गर्न सकिदैन । ब्रम्हाण्डका श्रृष्टिकर्ता सत्गुरु गोरखनाथ शिव बाबा प्रकृतिका मालिक, नागराजा–परम ज्योति हुनुहुन्छ । ‘शिव’ भनेको प्राण हो । शिवको ( ई ईश्वर ई) ई उडेर गएपछि हामी शव (मुर्दा) मा परिणत हुन्छौ । विष्णुलाई पालनकर्ता र महेश्वरलाई संहारकर्ता (पुनः श्रृष्टिको खातिर भष्म गर्ने) को रुपमा वैदिक सनातन धर्मले भन्दै आएको छ । कल्प, युग र देशकाल परिस्थिति अनुरुप देव–देवताहरु, ऋषिमुनिहरु, धर्मप्रबर्तक र शान्तिका दूतहरु यस धर्तीमा आउने गर्दछन् । सबैलाई सत्गुरु गोरखनाथ ‘शिव’ बाबा बाट खटाइएको हुँदोरहेछ । सबै धर्म समुदायको प्रवर्तकहरुले म ईश्वरको पुत्र हुँ क्ष् बm तजभ कयल या न्यम भनेका नै छन् । बाबा ब्रम्हाण्डको परमज्योति स्वरुप भएतापनि हामी सबै जीव जीवात्माको कण–कणमा पनि बास गर्नुहुन्छ । कुनै घमण्डी भौतिकवादीले अहिले अध्यात्मलाई खैरो खनेतापनि पछि उसले बुझ्दै जान्छ “म अदृश्य शक्तिद्धारा संचालित छु । प्रकृतिको नियममा बाँधिएको छु” भनेर आत्मासाक्षी हुन थाल्दछ । सबै धर्महरु ॐकार परिवारभित्रकै सदस्यहरु हुन् । उच्चाहरणमा थोरै फरक भएतापनि सबै धर्मले ॐको उच्चारण गरेका हुन्छन् ।

सूर्य र पञ्चतत्व (प्रकृति) लाई पूजा गरेकै हुन्छन् । नाग–त्रिशुल र शिवलिंगलाई आराधना गरेकै हुन्छन् । त्यसैले हामी नेपालीहरुले अल्मलिनुपर्ने ठाउँ छैन । वैदिक सनातक धर्म करिब ३ लाख वर्ष अघिदेखि चलिआएको ईश्वर प्राप्ति सत्मार्ग र मानव धर्म हो । विश्वमा प्रचलित अहिलेका सबै धर्महरु हिन्दू, बौद्ध, मुस्लिम, क्रिश्चियन, सिख, जैन, टाओ, आदि इत्यादी धार्मिक समुदायहरु हाम्रो वैदिक सनातन धर्मको हाँगाहरु मात्र हुन् । मान्ने तरिका र बाटो फरक भएतापनि सबै धर्म समुदायको भाव, नीति र गन्तव्य एउटै छ– वैदिक सनातन धर्मले सिकाएजस्तै ब्रम्ह्ज्ञान र ईश्वर प्राप्ति ।
वैदेकि सनातन धर्मको उद्गमस्थल नेपाल नै हो । नेपाललाई अघिल्लो युगहरुमा सत्यवती, तपोवती, मुक्ति दायिनी र नेपाल मण्डल भनेर भनिन्थ्यो । यही पूण्यभूमिबाट विभिन्न धार्मिक समुदायहरुको प्रादूर्भाव भयो । त्यसैले नेपालमा धार्मिक स्वतन्त्रता दिनुमा केही आपत्ति छैन तर उसले आफ्नो धर्मको मूल मर्मलाई आत्मसात गरेको हुनुपर्दछ । कुल पितृ र नागलाई मानेर आफ्नो संस्कारहरुलाई निरन्तरता दिनुपर्दछ । नेवारले गुरुङको चलन÷सँस्कृति अपनाएको पटक्कै सुहाउँदैन भने क्रिश्चियनहरुले पनि मुसलमानको संस्कार अपनाएको उचित हुँदैन । जो जे छ, त्यही ठिक छ । एउटा धार्मिक समुदायले अर्को धार्मिक समुदायको निन्दा गरेको कदापि राम्रो होइन । बाटो र विधिमात्र फरक छ, गन्तव्य एउटै छ । सबै धर्महरुमा–पञ्चशील, सदाचार, सत्मार्ग, मानवता, कर्मको फल र ईश्वर प्राप्ति जस्ता मूलभाव एउटै हुन्छ । नेपाल राष्ट्र सबै धर्म धार्मिक समुदायको उद्गमस्थल, फूलबारी र आश्रयस्थल भएको हुँदा कुनै एक विशेष धर्मको नाउँमा राजनीतिकरण गरिनु हुँदैन । अनगिन्ति सभा र छलफल गरेतापनि ‘छल’ जनतालाई दिने र ‘फल’ आफूले खाने सुँगर स्वाँठ नेताहरुको नियत राम्ररी बुझेका छन् नेपाली जनताले हिलो र चन्दन, काँस र कुस राम्ररी छुट्याउन सक्ने भैसके नेपालीहरु । जिब्रो चपाएर बोल्ने धार्मिक अगुवाहरुले अस्ति भर्खर जन्मेका धर्महरुको बुई चढेर आदिम युगदेखि चलिआएको नेपालको वैदिक सनातन धर्ममा जूठो हाल्ने दुष्प्रयास मात्र गरेका हुन् ।

हिन्दू धर्मः गहिरो खोज अनुसन्धान आर्यहरु मध्यएशियाका प्रकृतिपूजक समुदाय भएको पुष्टि गरेको छ । उनीहरुको बासस्थान तत्कालीन सिन्धुघाँटी (भारत र पाकिस्तानको बीच) भएको र यिनै सिन्धुबासीहरुलाई पर्सियनहरुले प्रष्ट उच्चारण गर्न नसकी (भाषिक अपभ्रंस भै) सिन्धुलाई ‘हिन्दू’ भन्ने गर्दथे । स्मरणरहोस्, हिन्दू शब्द नेपाल र भारतको पुरानो शब्दकोषहरुमा कतै पनि उल्लेख भएको पाइँदैन । तिनै ‘हिन्दू’ भनिने सिन्धुबासीहरुको अग्नि, नाग र प्रकृति पूजा, योग ध्यान, ब्रम्ह्ज्ञान जस्ता वैदिक संस्कारहरु भारतबासीहरुले अपनाउँदै आए । पुरातात्विक खोजअनुसार हिन्दूहरुले इतिहास ३५०० देखि ४००० वर्षसम्मको मात्र छ । तिनै हिन्दूहरुको ‘नासो’ भारतका विवेकानन्द, परमहंश महाराज, शंकराचार्य जस्ता धार्मिक नेताहरु आत्मासाथ गरी ‘हिन्दू’ नाम ९द्यचबलम(लबmभ० मा धर्मको प्रभाव फैलाउँदै गए । हिनताबाट दूर. हिन्दू, समभावको दृष्टि राख्ने धार्मिक समूहको रुपमा आफूलाई स्थापित गराउन खोजिएको पनि देखिन्छ । तर यी हिन्दूहरुले मानीआएको÷पूजी आएको चाडपर्व धार्मिक प्रचलनहरु त नेपालमा वैदिककालदेखि नै चलेको प्रचलनहरु हुन् । रामायण तेत्रायुगको रामराज्यको घटना वर्णित महाकाव्य हो भने महाभारत द्धापर युगको कृष्णको पालामा भएको पाँच पाण्डव र कौरवहरुबीच भएको युद्ध वर्णन गरिएको महाकाव्य हो । जस्तो कि तिहारमा खेलिने देउसी रे….., वली राजाले पठाका…., तेत्रायुगदेखि चलिआएको प्रचलन हो । ४ हजार वर्षअघि जन्मिएको हिन्दूहरुको चाड भनेर कसरी पत्याउनुहुन्छ ? पण्डित शंकराचार्यको नेपाल यात्रा पश्चात मात्र हिन्दू धर्म भन्ने शब्द चर्चामा आयो । त्यो भन्दा अगाडि नेपाललाई ‘वैदिक सनातन धर्म नेपाल राष्ट्र’ भनेर सम्बोधन गरिन्थ्यो ।

अतः नियतको ख्याल राख्ने हो भने क्रिश्चियनहरुले बाइबल बाँडेर समर्थकहरु बटुल्नु र भारतीय हिन्दूहरुले हाम्रै गीता बाँडेर अनुयायीहरु बटुल्नु कुरो एउटै हो । नेपाली जनताहरुलाई भ्रममा पारिदिए हात्तीमाथि राखे पनि हात्तीले चप्पल टेके पनि केही नहुने भनेको जस्तै हो । विवाह पश्चात छोरी अन्मिएर घर गएको कुरा बिर्सी माइत आएको मात्र देखेजस्तो कुरा हुन आउँछ । हाम्रो वैदिक सभ्यतालाई आर्य (हिन्दू) हरुले पैचो लिएर गएको कुरा हामीहरुले बिर्सियौ र उही सभ्यता संस्कार घुम्दै फिर्दै नेपाल हिन्दू नामको धर्म भित्रिएको कुरामात्र देख्यौ र त्यही धार्मिक समुदायको चर्को नारा सुनेर मख्ख पर्‍यौं । बाउ बाजे र पूर्खा भुसुक्का बिर्सियौ । कताकता घैटोमा घाम लागेर होला ‘वैदिक सनातन धर्म हिन्दू राष्ट्र भनेर कुर्लिन पनि थालिएको छ । जुन शब्दावली अत्यन्त विरोधाभाषपूर्ण छ । बूढो बाजेको ल्भध पेडा पसल भनेजस्तै हो । कहाँको वैदिक सनातन धर्म कहाँको अस्ती भर्खर जन्मेको चल्ला हिन्दू धर्म । सबैलाई चेतना भया ।

events_13_DSCF3290_site

बौद्ध धर्मः २५२६ वर्षअघि नेपालको लुम्बिनी–कपिलबस्तुमा जन्मिनुभएका शाक्यकुलका गौतम सिद्धार्थले दरबारको सुखसयल परित्याग गरी सत्यको खोजीमा लाग्दा अनाचक बोधीज्ञान प्राप्त भयो । उक्त ज्ञान ४ आर्य सत्यहरु र अष्टाङ्गीक मार्ग नै बौद्ध धर्मको मुल सारतत्व हो । बौद्ध धर्मका प्रबर्तक÷शान्तिका दूत भनेर विश्वले भगवान बुद्धलाई पूज्दै आएको छ । भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा राखिएको ‘अशोक स्तम्भ’ देवान पियन पियदासिन वितसिवसा भिसितेन ……ज्वलन्त प्रमाण हुँदाहुँदै पनि भारतले नक्कली लुम्बिनी बनाएर बुद्ध भारतमा नै जन्मिएको भ्रम फिजाउने दुष्प्रयास पनि गरेको थियो । मत्स्य कुमो बराहश्च नारसिंहश्च वामन ः राम्रो रामश्च रामश्च बुद्ध कल्की तथै व च । भनेर वैदिक धर्मशास्त्रले बुद्धलाई विष्णुका १० औं अवतारको रुपमा चिनाएको छ । त्यसो हुनाले बौद्ध धर्म पनि वैदिक सनातन धर्मको हाँगो हो । लुम्बिनीमा प्रादूर्भाव भएको बौद्ध धर्म आज चीन तिब्बत, थाइल्याण्ड, कोरिया, जापान, बर्मा, भियतनाम, मलेसिया, श्रीलंका, भारत राष्ट्रहरुमा स्थापित धर्मको रुपमा लिइन्छ । पश्चिमेली मुलुक त बौद्ध धर्मप्रति आकृष्ट छन् । अनुयायी बनेका छन् तर पनि बौद्ध धर्म वैदिक सनातन धर्मको अंश÷पुत्र भनेर भेउ पाउन सकेका छैनन् ।

स्लाम (मुस्लिम) धर्मः करिव १४५० वर्षअघि स्लाम÷मुस्लिम धर्मको सुरुवात भएको हो । मुस्लिम धर्मले मान्ने अल्लाह बाबा गोरखनाथको रात शक्ति ल्ष्नजत भ्लभचनथ को रुपको हो । त्यसैले मुसलमानहरुले चन्द्रमालाई पूजा आराधना गर्दछन् । मुसलमानहरुले मान्ने चाड ‘इद’ र नेपाली नारीहरुले मान्ने ‘तिज’ पर्वमा तात्विक फरक केही पनि छैन । चन्द्रमाको उपासना, शिवलिंग पूजन र उपवास विधि, ॐ ध्वनीको उच्चारण आदि हुबहु मिल्दछन् । अझ २ वर्षअघि त ‘इद’ र ‘तिज’ चाड एकै दिन पो परेको थियो । मुसलमानहरुले पढ्ने कुरान वैदिक पुरान नै हो । मात्र ठाउँ र भाषिक उच्चारणले गर्दा पुराणलाई कुरान भनिएको हो । मुहम्मदका पूर्खा ब्राह्मण कुलका पुत्र भएको पुष्टि भैसकेको छ । मलिक महमद रहीम र रसखान जस्ता मुस्लिम धर्म गुरुहरु परम कृष्णभक्त थिए । मुस्लिम समुदायमा ईश्वर सम्म भेट गराइदिने पुजारीहरुलाई ‘मौला’ भन्दछन् । जुन कुरा हाम्रो नेपाली समाजमा पोखरी बीचमा राखिने काठको खम्बा ‘मौला’ को अर्थ पनि उही नै हो । उनीहरुले भन्ने राम जान पर्व, रामलाई चिन–रामलाई जान भन्दै आध्यात्मिक जागरणको अभियानमात्र हो । वैदिक धर्ममा पूजिने ६४ शिवमलिंग मध्येको मक्केश्वर शिवलिंगलाई मुस्लिमहरुले पुज्ने भएकोले त्यो ठाउँको नाउँ नै मक्का भएको हो । मुस्लिमहरुले मक्कामा (मक्केश्वर महादेव) शिवलिंगलाई नै पूजा गर्दछन् र मस्जिदहरुमा अनिवार्यरुपमा त्रिशूल (तीनवटा शुल दुःख नासक) राखिएको नै हुन्छ । विश्वको ७ औ आश्चर्यको सूचीमा सूचीकृत ताजमहल कुनै एकै जमानाको अलङ्केश्वर शिव मन्दिर भएको कुरा पुष्टि भैसकेको छ । संस्कृतमा ‘तेजा महाशय’ भनेर शिवज्योतिको स्थान भनेर भनिन्छ । यही तेजा महालय कालान्तरमा भाषिक अपभ्रंस भै तेजा महालय तेजो महालय . ताजमहल भनिएको हो । लाहोरमा कमाई गरी फर्की आउने युवकलाई लाहोरे लाहोरे भन्दै लाउरे शब्द बनिएको जस्तै हो । जेहोस्, अमेरिकाका पुरातत्वविद्हरुले ताजमहलको ढोका निर्माणकर्ता भनिएका शाहाजहाँ भन्दा ३०० वर्ष पुरानो भनेर प्रमाणित गरिदिएका छन् । यसको गजुरमा राखिएको त्रिशूल र वैदिक बास्तुअनुसार निर्माण हुने गोरखनाथ ‘शिव’ मन्दिरसँग ठ्याक्कै मिल्दछ ।

यसरी हेर्दा मुस्लिम धर्म पनि वैदिक सनातन धर्मको अभिन्न अंगको रुपमा फैलिएको देखिन्छ । सुरुवातका मौलानहरुले वैदिक सनातन धर्मलाई आत्मसाथ गरी पदचाप पछ्याएता पनि धेरै पछिल्लो समयमा तथाकथित अर्धज्ञानी पाखण्डी मौलानहरुले चाँजोपाँजो मिलाउने बहानामा धर्मलाई पृथक बनाउने कुचेष्टा गरेकामात्र हुन् । मुस्लिमहरु पनि हाम्रै भाइहरु हुन्, त्यसैले त अहिलेसम्म पनि नेपाल राष्ट्रको ढुकुटीबाट पैसा झिकी मक्कामा हर्ज गर्न जाने मुसलमानहरुलाई दिइन्छ, खै त कुरो बुझेको ?

क्रिश्चियन धर्मः करिब, एक अर्ब क्रिश्चियन धर्मावलम्बीहरुको आस्थाका धरोहर यशु क्रिष्ट पनि नेपालमा आइ गोरखनाथ बाबाबाट आशीर्वाद लिनुभएको थियो । ‘इशापुत्रञ्चमा विद्धि कुमारी गर्भ सम्भवम्” भनी संस्कृतमा लेखिएको वाक्यले यशुक्रिष्ट कुमारी (देवी) को जन्मस्थान काठमाडौसम्म आएको कुरा प्रष्ट हुन्छ । वहाँको १८ वर्षको रहस्यमयी जीवन हाम्रो नेपालको हिमालय पर्वतको वक्षस्थलमा योग, ध्यान र तपस्यामा बितेको कुरा पुष्टि भैसकेको छ । उक्त समयमा कृष्णको नीतिको ठूलो महिमा थियो । यशु क्रिष्टलाई पनि भगवान कृष्णको नीति शिक्षा खुबै मन प¥यो र सत्य सबैलाई बाँड्ने उद्देश्यले पश्चिममा कृष्णको नीति सिकाउन थाल्नुभयो तर भाषिक अपभ्रंस भै कुरिसुना नीटि ं कुरीसुना नीटी भन्ने क्रममा क्रिश्चियानीटी ९ऋजचष्कतष्बलष्तथ० भन्न पुग्यो । क्रिश्चियानीटी धर्मको मुल मर्म÷भाव हाम्रो वैदिक सनातन धर्मसँग ठ्याक्कै मिल्छ । यशु क्रिष्ट पनि आर्यपुत्र नै थिए । वहाँकी आमा मेरीले साडी र चौबन्दी चोलो लगाउनुभएको मुर्ती म्याक्समिलियन गीर्जाघरमा राखिएको छ । म्यूनिक आर्ट ग्यालरीमा राखिएको यशुको मूर्ति पनि सन्यासी महात्माको जस्तो जनै र टुप्पी राखेको अवस्थामा छ । हामीले भन्ने सन्त शब्द नै उनीहरुले भन्दै जाँदा क्बष्लत क्त। बनेको हो भने हाम्रो पुजारी शब्द अपभ्रंस भै पादरी र पछि फादर भएको हो । एयउभ बसेको ख्भतष्अबलअष्तथ पनि सँस्कृत शब्द बाटीका (बगैँचा) कै विशेषण जडित अपभ्रंस शब्द हो । यतिसम्मकी यशुक्रिष्टले शुलीमा चढ्दा टाउको वरिपरि बेरिएको काँडेलहरा कुकुर डायनाको लहरा नेपालबाटै लगेका थिए । यो कुकुर डायना आज पनि नेपालमा भूत प्रेत पिशाच शैतानी शक्ति भगाउनको लागि आज पनि तन्त्र विधामा प्रयोग हुन्छ । वहाँको अन्तिम स्वास पनि नेपालको पुण्यभूमिमा पर्ने गरी योगासनमा ७० वर्षको उमेरमा प्राण त्याग गर्नुभएको रहेछ । स्मरणरहोस्, विशाल नेपालको नक्साअनुसार यशु क्रिष्टको चिहान राखिएको कास्मिरी भूभाग हाम्रै नेपालको भूमि हो ।

यसरी क्रिश्चियन धर्म पनि हाम्रै वैदिक सनातन धर्मको पदचापमा हिडेको देखिन्छ । अहंस्वभावले बाइवल बाँडिरहनु पर्दैन । बाइबलको गुरु यही छ । फरक यत्ति छ कि बाइबल अँग्रेजी भाषामा लेखिएको छ तर सबै हाम्रै वेदको कुराहरु । अर्को कुरा नेपाली दाजुभाइहरुलाई अनुरोध गर्दछु कि क्रिश्चियनहरुलाई पनि डेरो नजरले कदापि पनि नहेर्नुहोस् । वहाँहरु पनि हाम्रै भाइ बहिनीहरु हुन् । वहाँहरुले नेपाललाई नै प्रिय गन्तव्य बनाउनुको गहिरो रहस्य भनेको बाइबलमा वर्णन गरिएको न्बचमभल या भ्मभल हाम्रो नेपालको नवलपरासीको त्रिवेणीधाम भएकोले नै हो । तन्त्र विधामा पोख्त सबै धर्मका धर्मगुरुहरुले यो सत्य तथ्यलाई देखिसकेका छन् र पुरातात्विक प्रमाणले पनि करिब ९५ % उक्त कुरालाई पुष्टि गरिसकेको छ । मेरो पुस्तक सत्यम्–शिवम्–सुन्दरम्मा स–विस्तार उल्लेख गरेको छु ।

जेहोस्, यशुले वैदिक सनातन धर्मको दीक्षा लिएर वेदशास्त्रहरुको अध्ययन गरे । तत्कालीन नेपालको राजगिरी, काशी, हरिद्धार, बोधगया, ऋषिकेश, अमरनाथ, जगन्नाथको यात्रापश्चात मुक्तिनाथ, पशुपति र ईनारेश्वर (दामन) मा पनि यशु पुगेका थिए । यही भ्रमणको क्रममा उनी तिब्बत सम्म पुगेको कुरा डा. नोटोविचले ४० वर्ष अध्ययन अनुसन्धान गरी लेखिएको पुस्तक त्जभ गलपलयधल षिभ या व्भककगक मा पनि सविस्तार खुलासा गरिएको छ । कृष्णको नीतिबाट प्रभावित भएर पश्चिममा यशुले सिकाएको कुरा इमि त्बभकतबmभलत लाई सर्वोपरी मान्ने यहुदीहरुको समूहलाई पटक्कै मन परेन र वहाँलाई क्रान्तिकारीको लाञ्छना लगाएर शुलीमा चढाएपछि म¥यो भनेर खाल्डोमा गाडेका थिए । तर योग विद्या हासिल गरेका यशुले प्रणायामद्धारा आफूलाई ४ दिनसम्म जिवितै राख्न सफल भए । तुरुन्त वहाँका समर्थकहरुले उद्दार गरी नेपालतिर भगाएर ल्याए । सन् १९२९ मा प्रकाशित ःथकतभचष्यगक षिभ या व्भककगक मा डा. स्पेन्सरले ठोकुवा गरेर भनेका छन् कि यशुले आफ्नो जीवनको १३ देखि ३० वर्षसम्मको जीवन वैदिक शिक्षा हासिल गर्न सन्यासी भै जम्बुद्धिप नेपाल (आंशिक भारत) मा आएको र वहाँको मृत्यु शुलीमा नभै ६०–७० वर्षको आयु पूरा गरी योग बलद्धारा देहत्याग गरे । यसरी १८ वर्षको यशुको जीवनी थाहा नपाएर झोक्राएर लाल्टिन बालेर बसेका क्रिश्चियनहरुलाई योभन्दा ठूलो प्राप्ति के हुन सक्छ र ।

जेन धर्मः वैदिककालदेखि चलिआएको योग र ध्यानले जीवन पद्दति सिकाउँछ र ईश्वर प्राप्तिको सुमार्ग देखाउँदछ । अहिले संसार भरका मानिसहरु योग र ध्यानमा आकृष्ट छन् । गुरु गोरखानाथबाबाबाट सिकाइएको हट योग नै अहिलेको प्रचलित सयौ योग शैलीहरुको मुलश्रोत हो । बौद्ध धर्मले पनि योग र ध्यानलाई प्रमुख आचरणको रुपमा लिएर विपस्याना योग सिकाउँदै आएको छ । यही ध्यानलाई चाइनीजहरुले पनि सिके र आनन्दको अनुभूति गरे । तर भाषिक उच्चारणको कारणले गर्दा ध्यानलाई चाइनीजहरु झ्याङ भने । अहिले पनि चाइनीजहरुलाई ध्यान भन्न लगाउनुभयो भने झ्याङ भन्दछ । त्यसैगरी जापानीजहरुले युद्धको क्रममा चाइना आउँदा झ्याङको अभ्यास गरे, खुसी भए तर जापान पुग्दा झ्याङ शब्द जेन भयो किनभने जापानीहरुले पनि झ्याङलाई राम्ररी उच्चारण गर्न जानेनन् र जेन भन्न थाले । यसो हुँदा जेन कुनै धर्म नभै वैदिक संस्कारको एक अंग योग ध्यानको प्रमुख प्रचलन भन्ने बुझ्नुपर्छ । जेन धर्मको प्रमुख कार्य भनेको नै शुद्धिकरण र ध्यान नै हो ।

यसरी संसारभरका प्रचलित सबै धर्म र धार्मिक समुदायहरु प्रत्यक्ष या अप्रत्यक्षरुपमा हाम्रो वैदिक सनातन धर्मसँग पिताको साइनो गाँसिएको छ । जनै लगाउने शाकाहारी धार्मिक समुदायलाई जैन धर्म भनिएको हो । सबै धर्महरु ॐकार परिवार भित्रका सदस्यहरु हुन् । किनकी सबैले हाम्रो नेपालबाट प्रादुर्भाव भएको वैदिक सनातन धर्मका शिवलिंग, सूर्य, चन्द्रमा, त्रिशूल, शंख, स्वस्तिक चिन्ह, बज्र, चमर, चक्र, पंखा, माछा आदि चिन्हहरु प्रयोग भएका छन् । तसर्थ नेपाल सबै धर्म धार्मिक समुदायहरुको फूलबारी र आश्रयस्थल हो । तत् तत् धर्मको मूलनीतिलाई अँगालेर बसे भने धार्मिक सहिष्णुतामा आँच आउँदै आउँदैन । मानवअधिकार कुल्चिने भ्रष्ट हरुलाई गोरखे लौरी लगाउने बेला आएको छ । सिमित स्वार्थ परिपूर्तिका खातिर निर्दोष नेपाली जनताहरु बलीका बोका नबनून् , नेपाल राष्ट्र कुनै एउटा धार्मिक समुदायको पेवा होइन । कसैको गिद्धे दृष्टि नपरोस् । ताण्डव नृत्यले आफैलाई भष्म खरानी पार्छ भन्ने कुराको अक्कल होस् । सर्भे भवन्तु सुखीन भनी सबैको हित चाहने हामी नेपालीको मुल धर्म भनेको वैदिक सनातन धर्म हो । वैदिक सनातन धर्मको उद्गमस्थल नेपाल देवभूमि, स्वर्गभूमि, तपोभूमि, ऋषिमुनिहरुको देश, गोरक्ष राष्ट्र हो । पुनः तेत्रा युगको आगमनसँगै सत्गुरु गोरखनाथ शिव बाबाले धर्म पुनस्र्थापनको लागि नेपालमा पाइला टेकिसक्नुभएको कुरा सहर्ष अवगत गराउन चाहान्छु । जुन ठाउँबाट बाबाले वेदलाई हावामा फ्याँक्नुभएको थियो, त्यसै स्थान ईनानेश्वर दामनमा अहिले आँखा खोल्नुभएको सद्गुरु गोरखनाथ शिव बाबाको विश्वको पहिलो मन्दिर बन्दैछ । तुशीतानेपालको भावार्थ बुझेर सुन्दर नेपालको परिकल्पना गर्नु हुने सबै नेपालीहरुमा पुजेर होइन, बुझेर ज्ञान प्राप्ति हुन्छ भन्ने कुराको ज्ञान होस् । परमज्योति तपाईहरुकै मन मन्दिरमा बलिरहेको छ, मात्र जगाउनुहोस् ।
ॐआदेश ।
सद्गुरु गोरखनाथ परिवार
गोरख सम्बत् २८०८।१०।१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *