शनिबारको राशिफल

नारायण !! जय भोले बाबा !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल भदौ २३ गते, शनिबार, इश्वी सन् २०१८ सेप्टेम्बर ८ तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३८ गुँलागा, भाद्र कृष्णपक्ष,तिथि– चतुर्दशी, २५:४७ बजेउप्रान्त औंसी, नक्षत्र– अश्लेषा, ९:५९ बजेउप्रान्त मघा, योग– शिव, १९:१९ बजेउप्रान्त सिद्ध, करण– भद्रा, १४:५६ बजेदेखि शकुनि, २५:४७ बजेउप्रान्त चतुष्पद, आनन्दादिमा मानस योग, चन्द्रराशि– कर्कट, ९:५९ बजेउप्रान्त सिंह, सूर्योदय– ५:४६ बजे, सूर्यास्त– १८:१५ बजे र दिनमान ३१ घडी १३ पला। जुग: चह्रे पूजा। शिक्षा तथा साक्षरता दिवस।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल भदौ २४ गते,आइतबार, इश्वी सन् २०१८ सेप्टेम्बर ९ तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३८ गुँलागा,भाद्र कृष्णपक्ष, तिथि– औंसी, २३:३५ बजेउप्रान्त प्रतिपदा, नक्षत्र– मघा, ८:२७ बजेउप्रान्त पूर्वफाल्गुनी, योग– सिद्ध, १६:२३ बजेउप्रान्त साध्य, करण– चतुष्पद, १२:३९ बजेदेखि नाग, २३:३५ बजेउप्रान्त किंस्तुघ्न,आनन्दादिमा मुद्गर योग, चन्द्रराशि– सिंह,सूर्योदय– ५:४६ बजे, सूर्यास्त– १८:१४ बजे र दिनमान ३१ घडी ०९ पला। वर्त/पर्व-औंसी, दर्श-श्राद्ध, कुशेऔंसी (कुश ग्रहण गर्ने), गोकर्ण तीर्थमा स्नान तथा श्राद्ध, स्नान-दान गर्ने, हलो बार्ने र निशि बार्ने औंसी, मन्वादि, पितृ साम्मान दिवस (बाबुको मुख हेर्ने), युवक कवि मोतीराम भट्ट जयन्ती।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ भने मान–सम्मान पनि पाइनेछ,गाँस्नेहरूले सताउन सक्छ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ,आजको शुभ अंक २ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनपर्ने साथी भेटिए पनि मनको गाँठो खोल्न प्रतीक्षा गर्नुहोला,स्थिति चुनौतीपूर्ण देखिए पनि दाम,रोजगारी र व्यापार/व्यवसायमा आज विशेष महत्वको दिन हुनेछ,आजको शुभ अंक ६ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ भने मित्रता र प्रेमको बन्धन कसिन सक्छ, बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन् ,आजको शुभ अंक ७ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना पनि देखिन्छ,स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ,आजको शुभ अंक ८ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन् बलियो भएर जानेछ, लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ,प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ, मानसम्मान पाइने समय छ, सहयोगीहरू जुट्नेछन्, अतिथिका रूपमा सम्मानित भइएला,आजको शुभ अंक ११ रहेकोछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ,व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ,राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सरसापटमा गएको धन फिर्ता उठाउन मुस्किलै पर्नेछ,परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ,हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिनेछ,आजको शुभ अंक १ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला, सचेत रहनुहोस,विभिन्न अवसर प्राप्त हुनेछन्,आजको शुभ अंक ७ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला,स्वास्थ्य कमजोर देखिए पनि इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ,विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ,आजको शुभ अंक ५ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला,नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध विस्तार हुनेछ,आजको शुभ अंक ४ रहेकोछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शैक्षिक,प्राज्ञिक र बौद्धिक क्षेत्रका लागि समय निकाल्न सकेमा प्रगति हुनसक्छ, प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ,समय उपलब्धिमूलक हुनसक्ला,आजको शुभ अंक १० रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *