शनिबारको राशिफल

जय गुरु देव !! जय मा दुर्गा !! जय भोले बाबा !! नारायण !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल असोज २७ गते,शनिबार,इश्वी सन् २०१८ अक्टोबर १३ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३८ कौलाथ्व,आश्विन शुक्लपक्ष,तिथि– चतुर्थी, ७:०२ बजेउप्रान्त पञ्चमी, नक्षत्र– अनुराधा, १४:०१ बजेउप्रान्त ज्येष्ठा, योग– आयुष्मान्, १०:४० बजेउप्रान्त सौभाग्य,करण– भद्रा, ७:०२ बजेदेखि वव, १९:१९ बजेउप्रान्त वालव, आनन्दादिमा अमृत योग,चन्द्रराशि– वृश्चिक, सूर्योदय– ६:०३ बजे, सूर्यास्त– १७:३५ बजे र दिनमान २८ घडी ५१ पला। वर्त/पर्व-शारदीय नवरात्र,उपाङ्गललिता व्रत।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असोज २८ गते,आइतबार, इश्वी सन् २०१८ अक्टोबर १४ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु,नेपाल संवत् ११३८ कौलाथ्व,आश्विन शुक्लपक्ष, तिथि– पञ्चमी, ७:४४ बजेउप्रान्त षष्ठी,नक्षत्र– ज्येष्ठा, १५:२७ बजेउप्रान्त मूल,योग– सौभाग्य, १०:११ बजेउप्रान्त शोभन,करण– वालव, ७:४४ बजेदेखि कौलव, २०:१६ बजेउप्रान्त तैतिल,आनन्दादिमा काण योग,चन्द्रराशि– वृश्चिक, १५:२७ बजेउप्रान्त धनु,सूर्योदय– ६:०३ बजे, सूर्यास्त– १७:३४ बजे र दिनमान २८ घडी ४७ पला। वर्त/पर्व-शारदीय नवरात्र, पचलीभैरव यात्रा।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सहयोगीहरूले काममा साथ दिनेछन्, रोकिएका काम हरु बन्नेछन् ,पठन–पाठनमा प्रगति हुनेछ, विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,आजको शुभ अंक १ रहेको छ ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ, महत्वपूर्ण काममा ध्यान दिनु होला , आजको शुभ अंक ९ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,विश्वासको वातावरण बन्नेछ, आजको शुभ अंक ७ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ, कुनै वस्तुको किनमेल गर्दा महँगोमा परिएला विचार गर्नु होला,यात्रा घातक बन्न सक्छ, आजको शुभ अंक ४ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ , आजको सुभ अंक ५ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नुहोला,परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ, आजको शुभ अंक ११ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आत्म–विश्वास बढ्नेछ, विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,पारिवारिक जमघटमा मन रमाउनेछ ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,आजको शुभ अंक ३ रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ , आत्मबल बढ्ने बेला छ, आजको शुभ अंक ७ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मानसम्मानमा बृद्धि हुनेछ ,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ ,। बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, आजका लागि शुभ अंक २ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
स्वास्थ्यमा सुधार आउने छ,नोकरी गर्नेहरूको लागि आजको दिन राम्रो छ तर सुरु गर्नुअघि ठूलाबडाको सल्लाहा लिनु बेस होला,आजको शुभ अंक १० रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,आजको शुभ अंक २ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
समय राम्रो छ, शुभ कुराको सङ्केत मिल्नेछ,नयाँ कामका निम्ति हौसला मिल्नेछ,अर्थलाभका अवसर आउने छन्,आजको शुभ अंक ८ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *