शनिबारको राशिफल

जय गुरु देव !! नारायण !! जय माँ दुर्गा !! जय भोले बाबा !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल कात्तिक २४ गते,शनिबार,इश्वी सन् २०१८ नोभेम्बर १० तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन, शरद ऋतु,नेपाल संवत् ११३९ कछलाथ्व,कार्तिक शुक्लपक्ष,तिथि– तृतीया, २२:०५ बजेउप्रान्त चतुर्थी,नक्षत्र– ज्येष्ठा, २२:५२ बजेउप्रान्त मूल, योग– अतिगण्ड, १६:२७ बजेउप्रान्त सुकर्मा,करण– तैतिल, ९:३९ बजेदेखि गर, २२:०५ बजेउप्रान्त वणिज,आनन्दादिमा मुसल योग, चन्द्रराशि– वृश्चिक, २२:५२ बजेउप्रान्त धनु,सूर्योदय– ६:२२ बजे, सूर्यास्त– १७:१२ बजे र दिनमान २७ घडी ०७ पला।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल कात्तिक २५ गते,आइतबार,इश्वी सन् २०१८ नोभेम्बर ११ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३९ कछलाथ्व,कार्तिक शुक्लपक्ष,तिथि– चतुर्थी, २३:२० बजेउप्रान्त पञ्चमी,नक्षत्र– मूल, २४:३९ बजेउप्रान्त पूर्वाषाढा,योग– सुकर्मा, १६:११ बजेउप्रान्त धृति,करण– वणिज, १०:३९ बजेदेखि भद्रा, २३:२० बजेउप्रान्त वव,आनन्दादिमा सिद्धि योग,चन्द्रराशि– धनु,सूर्योदय– ६:२२ बजे, सूर्यास्त– १७:१२ बजे र दिनमान २७ घडी ०४ पला। फाल्गुनन्द जयन्ती।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पठन–पाठनमा प्रगति हुनेछ,रोजगारीमा सफलता मिल्ने छ,रोकियाका कामहरु बन्नेछ,श्रमबाट प्रशस्त धन लाभ हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,आजको शुभ अंक ८ रहेको छ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
टाढाको यात्रा सम्भावना छ,बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,प्रेम गर्ने हरुको लागि शुभ हुनेछ ,आजको शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
बैदेशिक यात्रा हुने सम्भावना छ,परिवारमा खुशी छाउनेछ,रिकियाका कम हरु बन्ने छन् ,स्वास्थ्यमा सुधार आउने छ,रोजगारीको लागि आजको दिन राम्रो छ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ ,आजको शुभ अंक ९ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सहयोगीहरूले काममा साथ दिनेछन्,मानसम्मानमा बृद्धि हुनेछ,रोकियाका कामहरु बन्ने छन्, महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आजको शुभ अंक ७ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यापार व्यवसाय मध्यम रहेको छ,पारीवारिक सहयोग बढ्ने छ,गणेश भगवानको पुजा गर्नाले शुभ हुन्छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,आजको शुभ अंक १० रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ, समय राम्रो छ, शुभ कुराको सङ्केत मिल्नेछ ,अर्थलाभका अवसर आउने छन्,आज कुनै अप्रत्याशित काम बन्ने योग छ,आजको शुभ अंक ६ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
विश्वासको वातावरण बन्नेछ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको समय सामान्य छ ,आजको शुभ अंक ११ रहेको छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
महत्वपूर्ण काममा ध्यान दिनु होला,आर्थिक संकट पर्नेछ,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ, बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,चोटपटक को सम्भावना छ ,साझपख सुधार हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,जिबन साथी सग छुटिनु पर्ला,यात्रा घातक बन्न सक्छ, चोटपटकको सम्भावना छ,पारिवारिक किचलो हुनेछ,आजको शुभ अंक १० रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पारिवारिक जमघटमा मन रमाउनेछ,आत्म–विश्वास बढ्नेछ ,उधोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,आजको शुभ अंक १२ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सानातिना कामको झमेला आउनसक्छ ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,आजको शुभ अंक ८ रहेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *