शनिबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ २६ गते। शनिबार,इश्वी सन् २०१८ जुन ९ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर, उत्तरायण,ग्रीष्म ऋतु, नेपाल संवत् ११३८ अनलागा,अधिक ज्येष्ठ कृष्णपक्ष,तिथि– दशमी, ८:४१ बजेउप्रान्त एकादशी,नक्षत्र– रेवती, १९:५० बजेउप्रान्त अश्विनी, योग– सौभाग्य, १८:०८ बजेउप्रान्त शोभन, करण– भद्रा, ८:४१ बजेदेखि वव, २०:३० बजेउप्रान्त वालव, आनन्दादिमा धाता योग,चन्द्रराशि– मीन, १९:५० बजेउप्रान्त मेष,सूर्योदय– ५:०९ बजे, सूर्यास्त– १८:५७ बजे र दिनमान ३४ घडी २९ पला। पञ्चक १९:५० बजे समाप्ति।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ २७ गते,आइतबार,इश्वी सन् २०१८ जुन १० तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर,उत्तरायण,ग्रीष्म ऋतु,नेपाल संवत् ११३८ अनलागा, अधिक ज्येष्ठ कृष्णपक्ष,तिथि– एकादशी, ८:११ बजेउप्रान्त द्वादशी,नक्षत्र– अश्विनी, १९:५० बजेउप्रान्त भरणी, योग– शोभन, १६:३५ बजेउप्रान्त अतिगण्ड, करण– वालव, ८:११ बजेदेखि कौलव, १९:४५ बजेउप्रान्त तैतिल, आनन्दादिमा आनन्द योग, चन्द्रराशि– मेष,सूर्योदय– ५:०९ बजे, सूर्यास्त– १८:५७ बजे र दिनमान ३४ घडी ३० पला, सर्वार्थसिद्धि योग १९:५० बजेसम्म।वर्त/पर्व- परमा एकादशी व्रत।

आजको रशिफाल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
राशिमा चन्द्रमाले प्रवेश गर्ने भएकाले साँझपख उत्साह र उमङ्गमा बृद्धि हुने दिन छ,व्यापारको योग बढ्ने छ,कुनै गुप्त कारोबार वा गतिविधिका काम पनि गर्नुपर्छ ,आजको सुभ अंक २ रहेको छ ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यात्रा सफलतम सिद्ध हुनेछ,आम्दानीका मार्गहरू बढ्ने छन्, यद्यपि खर्च पनि बढ्ने छ, राती बाह्रौं भावमा चन्द्रमा जाने भएकाले अनावश्यक र नचाहेको क्षेत्रमा खर्च बढ्ने सम्भावना छ ,आजको सुभ अंक १ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ ,व्यायसायिक जीवनमा समेत सुधार आउने छ, प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ,आजको सुभ अंक ३ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रतिस्पर्धी र शत्रुले तपाईंको प्रतिष्ठामा आघात पुर्याउने प्रयास गर्दैछन्, विचार गर्नुहोला,केही समस्याहरू तपाईंको स्वाभिमान र घमण्डका कारण पनि सिर्जना हुनेछ ,आजको सुभ अंक ४ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
चन्द्रमा अनिष्ट भएकाले महत्वपूर्ण कार्य गर्नु छ भने गोप्य राखेमा मात्र सफलता मिल्नेछ,दुर्घटनाको सामान्य भय छ र आर्थिक हानिको पूर्ण सम्भावना छ ,आजको सुभ अंक ९ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ ,विश्वासको वातावरण बन्नेछ र रोजगारीका क्षेत्रमा सफलता आर्जन गर्नुहुनेछ, आजको सुभ अंक १० रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ,झैझगडा हुनसक्ने र चोरी हुने वा सामान हराउनसक्ने छ, पेसामा राम्रो प्रगति हुनेछ ,आजको सुभ अंक ७ रहेको छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
ज्ञानविज्ञान वा पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन ,पारिवारिक जीवन सुखद हुने छैन, त्यसैले घरपरिवारमा विशेष ध्यान दिनु राम्रो हुनेछ,आजको सुभ अंक ५ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ,अप्रिय घटना भोग्ने स्थिति आइलाग्ने छ, तनावग्रस्त र अस्वस्थ हुने सम्भावना छ,आजको सुभ अंक ८ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन,एउटा श्रेष्ठ समय हो,आय आर्जनका मार्गमा राम्रै सुधार आउने छ,आजको सुभ अंक ५ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बोलीमा अंकुश लगाएको बेस हुनेछ, चेलीबेटी वा कुटुम्ब टाढिने सम्भावना छ,जुन तपाईंको सुझबुझ र लगनशीलताका कारण फलदायी हुनेछ,आजको सुभ अंक ४ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आफ्नै राशिमा चन्द्रमा रहेकाले सामान्यतया आजको दिन राम्रै दिन हुनेछ,मित्र र नातागोताका साथीभाइसँगको सामाजिक सम्बन्ध अझ राम्रो हुनेछ ,आजको सुभ अंक ५ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *