शनिबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल साउन १९ गते। शनिबार,इश्वी सन् २०१८ अगस्ट ४ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३८ दिल्लागा, श्रावण कृष्णपक्ष,तिथि– सप्तमी, ७:१५ बजेउप्रान्त अष्टमी,नक्षत्र– अश्विनी, ११:२८ बजेउप्रान्त भरणी, योग– शूल, १०:३९ बजेउप्रान्त गण्ड, करण– वव, ७:१५ बजेदेखि वालव, १८:५१ बजेउप्रान्त कौलव,आनन्दादिमा सौम्य योग, चन्द्रराशि– मेष, सूर्योदय– ५:२९ बजे, सूर्यास्त– १८:४९ बजे र दिनमान ३३ घडी २१ पला। वर्त/पर्व-अष्टमी व्रत, गोरखकाली पूजा।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल साउन २० गते, आइतबार, इश्वी सन् २०१८ अगस्ट ५ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर,दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३८ दिल्लागा,श्रावण कृष्णपक्ष,तिथि– अष्टमी, ६:२१ बजेदेखि नवमी, २९:०१ बजेउप्रान्त दशमी,नक्षत्र– भरणी, ११:१३ बजेउप्रान्त कृत्तिका,योग– गण्ड, ८:५१ बजेउप्रान्त वृद्धि,करण– कौलव, ६:२१ बजेदेखि तैतिल, १७:४४ बजेपछि गर, २९:०१ बजेउप्रान्त वणिज,आनन्दादिमा कालदण्ड योग,चन्द्रराशि– मेष, १७:०६ बजेउप्रान्त वृष, सूर्योदय– ५:२९ बजे, सूर्यास्त– १८:४९ बजे र दिनमान ३३ घडी १८ पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
विपक्षीको छलकपट एवं जालझेलबाट सावधान रहनुपर्नेछ,व्यवसायमा नेतृत्व गर्ने अवसरसहित जिम्मेवारी प्राप्त हुनेछन्,मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ,आजको शुभ अंक ४ रहेकोछ ।।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ,परिस्थितिले प्रेमिका जुराउन सक्छ अर्थात् प्रेम र मित्रताको बन्धन कसिनेछ, हरियो रंगको प्रयोगले विविध अवसर जुराउनेछ ,आजको शुभ अंक ६ रहेको छ ।।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
शुभचिन्तकहरूले विभिन्न जिम्मेवारी सुम्पनेछन्,प्रेमिकासँगको खटपटमा अनावश्यक विवाद नगर्दा आफ्नै भलो हुनेछ,लामो वहसले सिर्जना गरेको निस्कर्ष मात्र दिगो हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
कारोबार एवं व्यवसायमा सकरात्मक ऊर्जा थप्न बोलीको मधुरताले महत्वपूर्ण भूिमका निर्वाह गर्नेछ,बिग्रन लागेका कतिपय काम सफलतामा परिणत हुनेछन्,आजको शुभ अंक १ रहेको छ ।।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यवसायमा संलग्न केही सहयोगीले षड्यन्त्र गर्न सक्छन्, युवा–युवतीमाझ नौलो परिचय दिन सकिनेछ,कार्यव्यस्ततालाई सहज बनाउन आधुनिक वैज्ञानिक उपकरण खरिद गरिनेछ ,आजको शुभ अंक २ रहेको छ ।।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ,मनको भय उत्साहमा परिणत हुनेछ,लामो यात्रा गर्ने साइत जुर्नुका साथै धेरैको भलाइ हुने काम गर्न सकिनेछ,आजको शुभ अंक ७ रहेको छ ।।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
केही रचनात्मक काम सम्पन्न हुनेछ,विचारमा स्पष्टता र व्यवहारमा पारदर्सी बनिने छ ,पहेलो रंगको प्रयोगबाट कार्यक्षेत्रमा आकर्षणको पात्र भइनेछ, आजको शुभ अंक ८ रहेको छ ।।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
विश्वासपात्रले वचन फेर्दा चोट लाग्न सक्छ,अपरिचित व्यक्तिसँगको लगानीले आर्थिक क्षति गराउला,पारिवारिक खिचातानीले महत्वपूर्ण कार्यमा ढिलाइ हुन सक्छ,आजको शुभ अंक १० रहेको छ ।।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
विद्वानजनको आगमन हुनेछ,जमघटमा नौला स्वादिष्ट परिकारको आनन्द लिन पाइनेछ,अहोरात्रको मेहनतले गरिएको कार्यबाट प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ,आजको शुभ अंक ३ रहेको छ ।।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नौलो स्थानको भ्रमणमा प्रेमिकाले खर्च गराउन सक्छिन्, जुन अविस्मरणीय क्षण बन्नेछ,साझेदारीमा थालिएको कार्यले अन्य अवसरको ढोका खोल्नेछ, धार्मिक काम सिद्ध हुनेछन्,आजको शुभ अंक ७ रहेको छ ।।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सोच र लामो समयको प्रतिक्षा स्वरुप बनेको कामले खुसी दिने छ, राम्रो कामको सिद्धि हुनेछ,आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ,पूर्वतर्फको यात्रा गर्दा विशेष फाइदा हुनेछ,विचारमा सात्विकता आउनेछ,आजको शुभ अंक ५ रहेको छ ।।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
खानेकुरा खाँदा विचार पुर्‍याउनु होला,व्यवसायमा थप मुनाफा दिलाउन मित्रहरूले खुलेर सहयोग गर्नेछन्,सामाजिक कार्यमा सकेसम्म कम बोल्नु हितकर हुन्छ,आजको शुभ अंक ११ रहेको छ ।।

तन्त्र,मन्त्र,यन्त्र,ज्योतिष तथा वास्तु विज्ञान सेवा बाट कुनै पनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *