शनिबारको राशिफल

नारायण !! जय भोले बाबा !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल साउन २६ गते, शनिबार,इश्वी सन् २०१८ अगस्ट ११ तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर,दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३८ दिल्लागा,श्रावण कृष्णपक्ष, तिथि– औंसी, १५:४७ बजेउप्रान्त प्रतिपदा,नक्षत्र– अश्लेषा, २५:५० बजेउप्रान्त मघा, योग– व्यतीपात, १३:३९ बजेउप्रान्त वरियान्, करण– नाग, १५:४७ बजेदेखि किंस्तुघ्न, २६:३५ बजेउप्रान्त वव, आनन्दादिमा मानस योग, चन्द्रराशि– कर्कट, २५:५० बजेउप्रान्त सिंह,सूर्योदय– ५:३२ बजे, सूर्यास्त– १८:४४ बजे र दिनमान ३२ घडी ५८ पला।वर्त/पर्व- दर्शश्राद्ध,निशि तथा हलो बार्ने औंसी।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल साउन २७ गते, आइतबार, इश्वी सन् २०१८ अगस्ट १२ तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर,दक्षिणायन, वर्षा ऋतु,नेपाल संवत् ११३८ गुँलाथ्व, श्रावण शुक्लपक्ष, तिथि– प्रतिपदा, १३:२५ बजेउप्रान्त द्वितीया, नक्षत्र– मघा, २४:२० बजेउप्रान्त पूर्वफाल्गुनी, योग– वरियान्, १०:३९ बजेउप्रान्त परिघ, करण– वव, १३:२५ बजेदेखि वालव, २४:१७ बजेउप्रान्त कौलव,आनन्दादिमा मुद्गर योग, चन्द्रराशि– सिंह, सूर्योदय– ५:३३ बजे, सूर्यास्त– १८:४३ बजे र दिनमान ३२ घडी ५५ पला। वर्त/पर्व-गुँलाधर्म प्रारम्भ।

आजको- राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,बोलीको भरमा काम सम्पादन हुने योग छ,रोकियाका कामहरु बन्ने छन्,आजको शुभ अंक १० रहेको छ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मुद्दा–मामिलामा सावधानी अपनाउनु होला,सानो त्रुटिले बनिसकेको काम बिग्रने वा झमेला आइलाग्ने समेत समय छ,आजको शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ,पारिवारिक जमघटमा मन रमाउनेछ, मानसम्मानमा बढ्नेछ, आजको शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, काम अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ,आजको शुभ अंक ३ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ,सामाजिक कामको दायित्व बढ्नेछ,दाम,इनाम र प्रतिष्ठा कमाउने बेला छ,आजको शुभ अंक १० रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बोलीमा विचार पुराउनु होला,भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नु पर्ला,समय तेती राम्रो छैन,आजको शुभ अंक १ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
दाम्पत्य जीवन सुखद तथा समृबन्नेछ,छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ,मित्रता र प्रेमको बन्धन कसिनेछ,आजको शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
लामो यात्रा हुनेछ,अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ,धार्मिक कार्यमा रुचि हुनेछ,मेलमिलाप सुख शान्ति छाउने,आजको शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
सामाजिक,धार्मिक कार्यमा सहभागी भइनेछ,राजनीति काममा सफल्ता मिल्नेछ, पुरानो मित्र सग भेट हुनेछ,मान सम्मान मिल्नेछ,आजको शुभ अंक ६ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ, नयाँ काम सुरु गर्ने समय छ,आजको शुभ अंक ४ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,लेनदेनमा विवाद होला, रोकिएका काम सम्पादन हुने योग छ,नयाँ काम पाइने शम्भावाना छ,आजको शुभ अंक ११ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धार्मिक तथा परोपकार जन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ, स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, जिम्मेवारी हात पार्ने मौका छ,आजको शुभ अंक ५ रहेको छ।

तन्त्र,मन्त्र,यन्त्र,ज्योतिष तथा वास्तु विज्ञान सेवा बाट कुनै पनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *