शनिबारको राशिफल

IMG_2860

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख २९ गते,शनिबार, इश्वी सन् २०१८ मे १२ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,वसन्त ऋतु, नेपाल संवत् ११३८ बछलागा, ज्येष्ठ कृष्णपक्ष,तिथि– द्वादशी, २०:४७ बजेउप्रान्त त्रयोदशी, नक्षत्र– उत्तरभाद्रपदा, ११:४४ बजेउप्रान्त रेवती, योग– विष्कम्भ, १०:४६ बजेउप्रान्त प्रीति,करण– कौलव, ८:५२ बजेदेखि तैतिल, २०:४७ बजेउप्रान्त गर,आनन्दादिमा धुम्र योग, चन्द्रराशि– मीन,सूर्योदय– ५:१९ बजे, सूर्यास्त– १८:४३ बजे र दिनमान ३३ घडी ३० पला। पञ्चक।मूहुर्त – रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख ३० गते,आइतबार, इश्वी सन् २०१८ मे १३ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण, वसन्त ऋतु,नेपाल संवत् ११३८ बछलागा, ज्येष्ठ कृष्णपक्ष,तिथि– त्रयोदशी, २०:१६ बजेउप्रान्त चतुर्दशी, नक्षत्र– रेवती, १२:०६ बजेउप्रान्त अश्विनी, योग– प्रीति, ९:३० बजेउप्रान्त आयुष्मान्, करण– गर, ८:३६ बजेदेखि वणिज, २०:१६ बजेउप्रान्त भद्रा,आनन्दादिमा प्रवर्द्धमान योग,चन्द्रराशि– मीन, १२:०६ बजेउप्रान्त मेष, सूर्योदय– ५:१८ बजे, सूर्यास्त– १८:४३ बजे र दिनमान ३३ घडी ३३ पला। पञ्चक, १२:०६ बजे समाप्ति, १२:०६ बजेदेखि सर्वार्थसिद्धि योग २०:१६ बजेसम्म।वर्त/पर्व- प्रदोष व्रत,काठमाडौंसमान अक्षांशरेखादेशबाट अगस्ति अस्त १६:५३ बजे।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
आफूले मन पराएको साथीको सुझाव कदर गर्दा थप सफलता हात पर्नेछ,परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ ,आजको शुभ अंक ८ रहेको ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
विपन्नहरूसँग सहयोगी भूमिका निर्वाह गर्दा सामाजिक प्रतिष्ठा आर्जन हुनेछ,साँझदेखि अर्थअभावले आँटेका काममा बाधा हुनसक्छ,आजको शुभ अंक ५ रहेको छ।

मिथुन(का, कि,कु, घ, ङ , छ, के, को, ह)–
मान्यनजनको सुझाव अत्मसात् गर्दा जीवनले सकारात्मक ऊर्जा प्राप्त गर्नेछ,गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ,आजको शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
धार्मिक भावनाको अनुसरणले मानसिक राहत महसुस गर्न सकिनेछ,नमा निराशा र वैराग्यका बादल मँडारिने सङ्केत छ,आजको शुभ अंक १० रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
शत्रु हावी हुने सम्भावना छ,बोलीमा बिचार पुराउनु होला,आर्थिक कारोबारमा विचार पुराउनु होला,अष्टमस्थ चन्द्रमा रहेकाले आर्थिक रूपमा पनि नोक्सानी हुनसक्छ,आजको शुभ अंक ६ रहेको छ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
सर्मथन बेगर गरिएको सामाजिक नेतृत्वले विवादमा पुर्‍याउने सम्भावना छ,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
कर्मचारीवर्गका निम्ति स्थान परिर्वतन वा नयाँ अवसर आइलाग्ने सम्भावना छ,पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ,आजको शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
परिवारजनको भावनालाई आत्मसात् गर्दा समस्या पहिचान गर्न सकिनेछ, सामाजिक कामबाट जस पाउन सकिंदैन,आजको शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
शक्तिशाली व्यक्तिसँगको भेटघाटले नौला कुरा सिक्ने अवसर जुटाउनेछ,स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,जिम्मेवारी भने बढिरहने छन्, आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
गोपनीयता कायम राख्दै गरिएको कार्यले सोचेभन्दा छिटो सफलता प्रदान गर्नेछ,पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ ,आजको शुभ अंक ११ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
बाधाहरू फुकुवा हुनेछन्,भविष्यको चिन्तालाई सहजै परास्त गर्न सकिनेछ,परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ, आजको शुभ अंक १२ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
आफन्तजनको सुझावले सही बाटो देखाउनेछ,सहि निर्णय लिदा फाइदा नै पुर्‍याउनेछ,कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ,आजको शुभ अंक ९ रहेको छ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *