शुक्रबारको रशिफाल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ आषाढ ०१ गते शुक्रबार तदनुसार ई. सं. २०१८ जुन १५ तारिख,ज्येष्ठ शुक्लपक्षको द्वितीया तिथि, बेलुका ०९:२० बजेसम्म, त्यसपछि तृतीया तिथि,आर्द्रा नक्षत्र, दिउँसो ०२:२६ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र,चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त),बृद्धि योग, मध्यरात्रीपछि ०१:०८ बजेसम्म, त्यसपछि ध्रुव योग,सुरुमा बालब करण दिउँसो १०:३४ बजेसम्म, त्यसपछि कौलव करण बेलुका ०९:२० बजेसम्म, अन्तिममा तैतिल करण, सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५९ बजे दिन मान :३४:३४

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पारिवारिक जीवनमा तपाईंले सुख प्राप्त गर्नु हुनेछ,पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ ,आजको शुभ अंक ४ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
छिटै थाकिन्छ र कार्य क्षमतामा पनि कमी आउने छ ,सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ,आजको शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
नजिकैका साथीभाइले नोक्सान पुर्याउने छन्,विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला, प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ,आजको शुभ अंक ५ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आर्थिक रूपले यो उत्तम समय छ, अप्रिय समाचारले दुःखी तुल्याउने छ, पढाइलेखाइमा बाधा पुग्नेछ,आजको शुभ अंक ३ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
तेजिलो विवेक, बुद्धि र समुचितका कारण सम्मान प्राप्त हुनेछ,विभिन्न भौतिक साधनहरू जुट्नेछन् भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ, आजको शुभ अंक १० रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ ,दृष्टिकोण धनात्मक रहने छ र आत्मविश्वास हुनेछ ,आजको शुभ अंक ११ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ,नातागोताका सदस्यहरू र मित्रवर्गबाट सहायता प्राप्त हुनेछ , आजको शुभ अंक १ रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
अचानक विविध समस्या देखा पर्न सक्छन्,आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ,आजको शुभ अंक ६ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ,मनग्ये धनलाभ हुनेछ,समस्त समस्याहरूको स्वतः समाधान हुनेछन् ,आजको शुभ अंक २ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ,व्यापार र नोकरीका माध्यमबाट लाभप्राप्त गर्नु हुनेछ,आजको शुभ अंक १० रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ,लामो यात्रा सफल हुने छैनन्, व्यक्तिहरूसित भेटघाट हुनेछ, आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गलत निर्णयका कारण हानिको सम्भावना छ,पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ ,परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ, आजको शुभ अंक ८ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *