शुक्रबारको राशिफल

नारायण !! जय भोले बाबा !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल भदौ २९ गते, शुक्रबार,इश्वी सन् २०१८ सेप्टेम्बर १४ तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर,दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३८ ञलाथ्व,भाद्र शुक्लपक्ष,तिथि– पञ्चमी, १७:३१ बजेउप्रान्त षष्ठी,नक्षत्र– विशाखा, २९:२८ बजेउप्रान्त अनुराधा,योग– वैधृति, २८:१५ बजेउप्रान्त विष्कम्भ,करण– वालव, १७:३१ बजेदेखि कौलव, २९:३२ बजेउप्रान्त तैतिल,आनन्दादिमा मातंग योग,चन्द्रराशि– तुला, २३:१७ बजेउप्रान्त वृश्चिक, सूर्योदय– ५:४९ बजे, सूर्यास्त– १८:०८ बजे र दिनमान ३० घडी ४९ पला।वर्त/पर्व- सर्वार्थसिद्धि योग २९:२८ बजे प्रारम्भ,ऋषिपञ्चमी व्रत (सप्तऋषि पूजा),कोखजाविय,धर्मविनायक राष्ट्रिय रथयात्रा,बालदिवस।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल भदौ ३० गते,शनिबार,इश्वी सन् २०१८ सेप्टेम्बर १५ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन। वर्षा ऋतु, नेपाल संवत् ११३८ ञलाथ्व,भाद्र शुक्लपक्ष,तिथि– षष्ठी, १७:४० बजेउप्रान्त सप्तमी,नक्षत्र– अनुराधा, ३०:३१ बजेउप्रान्त अनुराधा,योग– विष्कम्भ, २७:३० बजेउप्रान्त प्रीति,करण– तैतिल, १७:४० बजेदेखि गर, २९:५७ बजेउप्रान्त गर,आनन्दादिमा अमृत योग,चन्द्रराशि– वृश्चिक,सूर्योदय– ५:४९ बजे, सूर्यास्त– १८:०७ बजे र दिनमान ३० घडी ४५ पला। सूर्य षष्ठी।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
कृषिमा कामको चाप बढ्न सक्छ, परिवारमा दाजुभाइको सहयोग आजका लागि लाभदायक बन्न सक्छ,आजको शुभ अंक- ५ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ,अरूका लागि बुद्धि खर्चनुपर्ला,चिताएको मूल्य प्राप्त नहुन सक्छ,आजको शुभ अंक -५ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तालमेल नमिल्दा योजना सुरु गर्न समय पर्खनुपर्ला, आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्,आजको शुभ अंक- १२ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ,परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ,सक्छ,आजको शुभ अंक -७ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, परिश्रमले कीर्तिमानी दिलाउनेछ,आजको शुभ अंक- ९ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दिगो लाभ हुने काम प्रारम्भ हुन सक्छ,प्रयत्न गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ,आजको शुभ अंक- १ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदा मिले पनि खर्चको मात्रा बढ्नेछ,पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ,आजको शुभ अंक – ६ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मानसम्मानमा आघात पुग्ने सम्भावना छ,पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ,सजग रहनुहोलाआजको शुभ अंक- ८ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रेमी बाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ,काममा टाढाको यात्रा हुने सम्भावना छ,आजको शुभ अंक- ११ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ,व्यवसायमा लाभ हुनेछ,आजको शुभ अंक – ४ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
भेटघाटमा अलमलिनाले लक्ष्यमा बाधा पुग्नेछ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आजको शुभ अंक – १० रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बलजफ्तीले मात्र काम सफल नहुन सक्छ,स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला,आजको शुभ अंक-६ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *