शुक्रबारको राशिफल

जय गुरु देव !! नारायण !! जय भोले बाबा !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल असोज १२ गते,शुक्रबार,इश्वी सन् २०१८ सेप्टेम्बर २८ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३८ ञलगा,आश्विन कृष्णपक्ष,तिथि– तृतीया, ८:११ बजेउप्रान्त चतुर्थी,नक्षत्र– भरणी, २६:५८ बजेउप्रान्त कृत्तिका,योग– हर्षण, २५:२१ बजेउप्रान्त वज्र,करण– भद्रा, ८:११ बजेदेखि वव, १९:५० बजेउप्रान्त वालव,आनन्दादिमा मुद्गर योग,चन्द्रराशि– मेष, सूर्योदय– ५:५५ बजे, सूर्यास्त– १७:५२ बजे र दिनमान २९ घडी ५२ पला।वर्त/पर्व- चतुर्थी श्राद्ध,गातिला,इन्द्रध्वज पातन,नानिचाया।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असोज १३ गते,शनिबार,इश्वी सन् २०१८ सेप्टेम्बर २९ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३८ ञलगा,आश्विन कृष्णपक्ष,तिथि– चतुर्थी, ७:२२ बजेउप्रान्त पञ्चमी,नक्षत्र– कृत्तिका, २६:२९ बजेउप्रान्त रोहिणी,योग– वज्र, २३:२० बजेउप्रान्त सिद्धि, करण– वालव, ७:२२ बजेदेखि कौलव, १८:४८ बजेउप्रान्त तैतिल,आनन्दादिमा ध्वज योग,चन्द्रराशि– मेष, ८:५३ बजेउप्रान्त वृष, सूर्योदय– ५:५६ बजे, सूर्यास्त– १७:५१ बजे र दिनमान २९ घडी ४८ पला। पञ्चमी श्राद्ध।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन, काममा विघ्नबाधा उपस्थित हुनसक्छन् ,विद्या क्षेत्रमा उन्नती रहनेछ,फूपुको सहयोगले लामो समयदेखि अड्किएर बसेकम काममा सफलता मिल्नेछ,आजको शुभ अंक २ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन,घरको काममा समय बित्नेछ,आमाको स्वास्थ्यमा सुधार आउनेछ,प्रेममा आयाम थपिनेछ,विद्यामा प्रगती हुनेछ, सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ,आजको शुभ अंक ६ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह)–
मनमा भय र त्रासको निवास हुनेछ, चिडचिडेपना र अशान्ति बढ्ने योग छ,नसोचेको ठाउँबाट धन प्राप्तिको योग रहेको छ,राज्यका उच्च पदमा रहेका व्यक्तिको भेटघाटले मन प्रशन्न रहनेछ,आजको शुभ अंक ७ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ , पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ, थालेको कामले पूर्णता पाउनेछ, सहि व्यक्तिको संगतले गर्दा तपाई आफ्नो लक्ष्यमा पुग्न सक्नुहुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन्,भाग्य उदयको समय रहेको छ,धर्म प्रति खर्च बढेर जाने समय आएको छ, सामाजिक काममा मन जानेछ, सरकारी क्षेत्रका काममा सहजता छाउनेछ ,आजको शुभ अंक ५ रहेको छ ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ, यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ,खर्चमा वृद्धि हुने र झमेलामा फस्ने साथै मुद्धाको फैसला पनि तपाईको विपक्षमा आउन सक्नेछ,आजको शुभ अंक ३ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ,सामाजिक कामको जिम्मा तपाईले पाउनुहुनेछ, घरायसी सुखमा वृद्धि हुनेछ ,माइतीको सल्लाहले गरेको काममा सफलता मिल्नेछ,आजको शुभ अंक ९ रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
पुरानो सम्झौता भङ्ग हुने सम्भावना छ, धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ,मिष्ठान्न भोजनको समय रहेको देखिन्छ,सम्पत्ति वृद्धि हुनेछ,प्राथमिक शिक्षामा विेशष उन्नती रहेको देखिन्छ,पराक्रम वृद्धि हुनेछ, आजको शुभ अंक ८ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन,आम्दानी र खर्च बरोबर नै हुनेछ,मित्रभावले मन प्रसन्न रहनेछ ,बोलीमा विचार पु¥याउनु राम्रो हुनेछ,वादविवादमा राम्रो समय छैन,आजको शुभ अंक ४ रहेकोछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
फाइदाका लागि योजनाहरू गोप्य राख्नुपर्छ,कुनै समाचारले मन खिन्न हुनसक्छ,कामले स्थिरता पाउनेछ छैन, जग्गा जमीनको किनबेचमा विशेष लाभ रहनेछ,बोलीमा विशेष ध्यान पुर्याउनु बोल्नु उचित हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
परिवारजन तथा बन्धु–बान्धवबीच सम्बन्ध चिसिन सक्छ,काम बिग्रने डरले सताइरहने दिन हो, गृहणीको लागि यो साता मध्यम रहेको देखिन्छ, आम्दानीको नयाँ श्रोत फेला पर्नेछन्,आजको शुभ अंक ११ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ,अन्र्तराष्ट्रिय स्तरका व्यक्तिले काममा सहयोगी भूमिका निर्वाह गर्नेछन्,व्यापारिक क्षमतामा वृद्धि हुनेछ,आजको शुभ अंक १० रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *