शुक्रबारको राशिफल

जय गुरु देव !! नारायण !! जय भोले बाबा !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल असोज १९ गते,शुक्रबार,इश्वी सन् २०१८ अक्टोबर ५ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३८ ञलगा, आश्विन कृष्णपक्ष, तिथि– एकादशी, १७:१५ बजेउप्रान्त द्वादशी,नक्षत्र– अश्लेषा, १८:०९ बजेउप्रान्त मघा, योग– सिद्ध, ६:२३ बजेदेखि साध्य, २७:१९ बजेउप्रान्त शुभ,करण– वव, ६:२७ बजेदेखि वालव, १७:१५ बजेपछि कौलव, २८:०४ बजेउप्रान्त तैतिल, आनन्दादिमा मृत्यु योग,चन्द्रराशि– कर्कट, १८:०९ बजेउप्रान्त सिंह, सूर्योदय– ५:५९ बजे, सूर्यास्त– १७:४४ बजे र दिनमान २९ घडी २४ पला। वर्त/पर्व-इन्दिरा एकादशी व्रत,एकादशी श्राद्ध।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असोज ६ गते। शनिबार। इश्वी सन् २०१८ सेप्टेम्बर २२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– त्रयोदशी, २८:५६ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– धनिष्ठा, २०:०३ बजेउप्रान्त शतभिषा। योग– धृति, २९:३४ बजेउप्रान्त शूल। करण– कौलव, १६:०२ बजेदेखि तैतिल, २८:५६ बजेउप्रान्त गर। आनन्दादिमा प्रवर्द्धमान योग। चन्द्रराशि– मकर, ६:४९ बजेउप्रान्त कुम्भ। काठमाडौंमा सूर्योदय– ५:५२ बजे, सूर्यास्त– १७:५९ बजे र दिनमान ३० घडी १७ पला। शनिप्रदोष व्रत। न्हुघया। धनिष्ठा पञ्चक ६:४९ बजे प्रारम्भ।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा उत्साह बृद्धि, उपहारादी लाभ, प्रेममा सन्तुष्टि, बोलेको प्रभाव बढ्नुका साथै रोगहरुले छोड्ने छ,व्यवहारमा सफलता मिल्ने छ,आजको शुभ अंक १० रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
चोटपटकको भय तथा मानसिक चिन्ता बृद्धि होला,मान सम्मान बृद्धि, यश, आनन्द प्राप्ति तथा बैंक व्यालेन्स बृद्धि होला,पढाइ लेखाइमा रुची बढ्ने छ,आजको शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
सुख बृद्धि,जागिर प्राप्ति आयआर्जन बृद्धि तथा मिष्ठान्न भोजन लाभ होला,दण्ड जरिवाना तिर्नु पर्दा मान सम्मानमा आँच आउला, भाग्योदयको योग छ,आजको शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मान्यजनबाट सहयोग प्राप्ति,शरीर निरोगी,मनमा प्रशन्नता बृद्धि तथा घरमा कुटुम्बको आगमन होला,होच्याउने तथा मानसिक चिन्ता बृद्धि होला,आजको शुभ अंक १ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
झैझगडा तथा पेटको समस्या बृद्धि होला भने बाँकी दिन सन्तान सुख, महत्वपूर्ण कार्य सिद्धि तथा मान्यजनको सहयोग प्राप्त भई बिग्रनै आँटेको काम बन्ला,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शरीरमा पीडा बृद्धि तथा बेकारका कुराकानीले दिन बित्ला भने बाँकी दिन राज्यद्वारा सहयोग प्राप्ति तथा कार्य सिद्धि होला, लगानी सही ठाउँमा हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
धार्मिक आस्था र नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ,यश आनन्द बृद्धि,प्रेम वार्ता तथा शत्रुहरु मित्रमा परिणत होलान्,मनमा खिन्नता होला,आजको शुभ अंक ९ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
समय तपाईंको पक्षमा हुँदा कार्य सफल। स्वास्थ्य स्थितिमा सुधार तथा मिष्ठान्न भोजन लाभ होला भने बाँकी दिन नाना रोगले सताउला,आजको शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
झैझगडा तथा आफन्तसँग वैरभाव बृद्धि होला, आठौं घरमा चन्द्रमा जाने भएकाले मायाप्रेम, रतिराग र भावुकताका क्षेत्रमा खराब ऊर्जा प्राप्त हुने सङ्केत छ,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धनलाभका बाटाहरु प्रशस्त रुपमा खुल्ने छ,मनमा छट्पटी बृद्धि तथा बन्नै आँटको काम बिग्रेला भने बाँकी दिन यात्रा योग तथा शत्रुहरु पराजय होलान्,आजको शुभ अंक ११ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अनावश्यक धन खर्च होला,धैर्यता बृद्धि भई अधुरा कार्य पूर्ण रुपमा सफल होला,जलको भय तथा नराम्रा सपना देखिएला भने बाँकी दिन कार्य सफल होला,आजको शुभ अंक १२ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
समय तपाईंको पक्षमा हुँदा समय विपरित लिङ्गसँग वार्तालाभ, नवीन बस्त्र लाभ भई मनमा आनन्द बृद्धि होला,ढाड पेटको समस्याले दुःख देला,आजको शुभ अंक ३ रहेको छ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *