शुक्रबारको राशिफल

31949108_2185341108360626_1515901985499381760_n - Copy

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ ४ गते,शुक्रबार,इश्वी सन् २०१८ मे १८ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर,उत्तरायण,ग्रीष्म ऋतु,नेपाल संवत् ११३८ अनलाथ्व, अधिक ज्येष्ठ शुक्लपक्ष,तिथि– तृतीया, ११:५० बजेउप्रान्त चतुर्थी,नक्षत्र– मृगशिरा, ७:५४ बजेउप्रान्त आर्द्रा, योग– धृति, १९:१० बजेउप्रान्त शूल, करण– गर, ११:५० बजेदेखि वणिज, ३३:३८ बजेउप्रान्त भद्रा, आनन्दादिमा मानस योग, चन्द्रराशि– मिथुन, सूर्योदय– ५:१६ बजे, सूर्यास्त– १८:४६ बजे र दिनमान ३३ घडी ४७ पला।

भोलिको-पञ्चाङ्ग

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक – ६ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ, विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ,आर्थिक क्षेत्रमा सफल भैनेछ ,आजको शुभ अंक – ४ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ, प्रशस्त धन आर्जन गर्ने मौका छ, पराक्रम र उत्साह बढ्नेछ,नसोचेको काम बन्नेछ,आजको शुभ अंक- ५ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ, सहयोगी जुटाउन नसकिएला, आँटेका काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ,आजको शुभ अंक- ११ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पढाइमा प्रगति हुनेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक- ९ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ,आजको यात्रा असफल हुनेछ,आजको शुभ अंक – १० रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला,उपलब्धि उठाउन मुस्किल पर्नेछ,शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ,आजको शुभ अंक-६ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ, व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ,मनपर्ने भौतिक साधन जोड्ने समय छ,आजको शुभ अंक- १२ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ,लगनशील बन्न नसक्ता आलोचित बन्नुपर्ला ,आजको शुभ अंक- ८ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ,चुनौती चिर्दै काम बनाउन सफल भइनेछ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ, आजको शुभ अंक -७ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइनेछ, भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ,अचानक अर्थ अभाव देखापर्न सक्छ,आजको शुभ अंक- १ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ,चिताएको प्रतिफल उठाउन नसकिए पनि दोहोर्याएर प्रयत्न गर्दा आस मारेको फल पुनः प्राप्त हुन सक्छ,आजको शुभ अंक -५ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *