शुक्रबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असार २९ गते,शुक्रबार, इश्वी सन् २०१८ जुलाई १३ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,ग्रीष्म ऋतु, नेपाल संवत् ११३८ तछलागा,आषाढ कृष्णपक्ष,तिथि– औंसी, ८:५६ बजेउप्रान्त प्रतिपदा,नक्षत्र– पुनर्वशु, २०:५८ बजेउप्रान्त तिष्य, योग– व्याघात, १०:३४ बजेउप्रान्त हर्षण,करण– नाग, ८:५६ बजेदेखि किंस्तुघ्न, १९:४२ बजेउप्रान्त वव,आनन्दादिमा लुम्ब योग,चन्द्रराशि– मिथुन, १५:२४ बजेउप्रान्त कर्कट,सूर्योदय– ५:१८ बजे, सूर्यास्त– १९:०० बजे र दिनमान ३४ घडी १६ पला। वर्त/पर्व अमावस्या,स्नानदान गर्ने र हलो बार्ने औंसी,आदिकवि भानुभक्त जयन्ती।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असार ३० गते,शनिबार,इश्वी सन् २०१८ जुलाई १४ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,ग्रीष्म ऋतु, नेपाल संवत् ११३८ दिल्लाथ्व,आषाढ शुक्लपक्ष,तिथि– प्रतिपदा, ६:२८ बजेदेखि द्वितीया, २८:०० बजेउप्रान्त तृतीया,नक्षत्र– तिष्य, १९:१८ बजेउप्रान्त अश्लेषा,योग– हर्षण, ७:३० बजेदेखि वज्र, २८:२८ बजेउप्रान्त सिद्धि,करण– वव, ६:२८ बजेदेखि वालव, १७:१३ बजेपछि कौलव, २८:०० बजेउप्रान्त तैतिल, आनन्दादिमा मित्र योग,चन्द्रराशि– कर्कट,सूर्योदय– ५:१८ बजे, सूर्यास्त– १९:०० बजे र दिनमान ३४ घडी १४ पला। श्रीजगन्नाथ रथयात्रा।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पारिवारिक जीवनमा तपाईंले सुख प्राप्त गर्नु हुनेछ, शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा समेत बढोत्तरी हुनेछ ,आजको शुभ अंक ४ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
छिटै थाकिन्छ र कार्य क्षमतामा पनि कमी आउने छ,मायाप्रेम र भावनात्मक क्रियाकलापमा समय व्यतीत हुनेछ,आजको शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ केही समय पर्खनु राम्रो हुन्छ, विवाद र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ,आजको शुभ अंक ५ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आर्थिक रूपले यो उत्तम समय छ,मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला, निर्णय क्षमताले काम नगर्न सक्छ , आजको शुभ अंक ३ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भौतिक सुविधाको दीर्घकालिक जोहो गर्ने अवसर देखापर्ने छ, चिन्तन र बौद्धिकताको क्षेत्रमा राम्रो छतेजिलो विवेक, बुद्धि र समुचितका कारण सम्मान प्राप्त हुनेछ, आजको शुभ अंक १० रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दृष्टिकोण धनात्मक रहने छ र आत्मविश्वास हुनेछ , काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन् , मिठो भोजनको प्राप्ति हुनेछ ,आजको शुभ अंक ११ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
नातागोताका सदस्यहरू र मित्रवर्गबाट सहायता प्राप्त हुनेछ ,घरायसी मामिलामा समय दिन नसक्नाले केही केही धमिलोपन आउन सक्छ, आजको शुभ अंक १ रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
अचानक विविध समस्या देखा पर्न सक्छन्, क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ , आजको शुभ अंक ६ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
समस्त समस्याहरूको स्वतः समाधान हुनेछन् ,कुनै वस्तुको किनमेल र कारोबार गर्दा ठगीमा परिने छ , लामो दूरीको यात्रा गर्नु बेस हुँदैन, आजको शुभ अंक २ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ, खर्चको मात्रा बढ्न सक्छ,विचार गरेर काम गर्नुहोला ,व्यापार र नोकरीका माध्यमबाट लाभप्राप्त गर्नु हुनेछ,आजको शुभ अंक १० रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लामो यात्रा सफल हुने छैनन्, व्यक्तिहरूसित भेटघाट हुनेछ, स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन ,आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गलत निर्णयका कारण हानिको सम्भावना छ,स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ,अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला,आजको शुभ अंक ८ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *