शुक्रबारको राशिफल

IMG_2616

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख २८ गते,शुक्रबार,इश्वी सन् २०१८ मे ११ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३८ बछलागा, ज्येष्ठ कृष्णपक्ष,तिथि– एकादशी, २०:४८ बजेउप्रान्त द्वादशी,नक्षत्र– पूर्वभाद्रपदा, १०:५२ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– वैधृति, ११:३८ बजेउप्रान्त विष्कम्भ,करण– वव, ८:३७ बजेदेखि वालव, २०:४८ बजेउप्रान्त कौलव, आनन्दादिमा ध्वांक्ष योग,चन्द्रराशि– मीन, सूर्योदय– ५:२० बजे, सूर्यास्त– १८:४२ बजे र दिनमान ३३ घडी २७ पला।वर्त/पर्व- पञ्चक,अपरा एकादशी व्रत।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख २९ गते,शनिबार, इश्वी सन् २०१८ मे १२ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,वसन्त ऋतु, नेपाल संवत् ११३८ बछलागा, ज्येष्ठ कृष्णपक्ष,तिथि– द्वादशी, २०:४७ बजेउप्रान्त त्रयोदशी, नक्षत्र– उत्तरभाद्रपदा, ११:४४ बजेउप्रान्त रेवती, योग– विष्कम्भ, १०:४६ बजेउप्रान्त प्रीति,करण– कौलव, ८:५२ बजेदेखि तैतिल, २०:४७ बजेउप्रान्त गर,आनन्दादिमा धुम्र योग, चन्द्रराशि– मीन,सूर्योदय– ५:१९ बजे, सूर्यास्त– १८:४३ बजे र दिनमान ३३ घडी ३० पला। पञ्चक।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यास्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,वसायिक यात्रा सम्भावना छ,विभिन्न भौतिक साधन जुट्नेछन्,गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,मनमा अशान्ति र छटपटी व्याप्त हुने छ,आजको शुभ अंक ७ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ, रमाइलो भ्रमण सम्भावना छ,चिताएको काम समेत सम्पादन हुनेछ,पारमा विशेष लाभ लिने समय छ,मुद्दामामिला र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ,आजको शुभ अंक १० रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
प्रतिस्पर्धामा पनि विजयी भइनेछ,ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,चोटपटक लाग्ने,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ, सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ,मनमा आध्यात्मिक र वैराग्यका भावना सञ्चरण हुनसक्छन् ,आजको शुभ अंक ३ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
महत्वपूर्ण काम बन्नाले हिम्मत बढ्नेछ,भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ,आतिथ्यपूर्ण सम्मान पाइएला,शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन्आ,जको शुभ अंक ९ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,पारिवारिक भेटघाटको समय छ,घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ,आनन्द र प्रसन्नताको सञ्चार हुनेछ,आजको शुभ अंक ११ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ,छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ,इष्टमित्रले प्रशंसा गर्नेछन्, आजको शुभ अंक १२ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
पढाइलेखाइमा प्रगति हुनेछ,सरकारी कडिकडाउको सिकार भइनेछ,धार्मिक तथा सेवामूलक क्रियाकलापमा मन जाला, रचनात्मक काम सुरु गर्ने मौका छ, लामो यात्राको प्रक्रिया अघि बढ्नेछ, बौद्धिक क्षमता राम्रो रहने छ,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
आम्दानी प्रशस्तै बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,नयाँ काम गर्ने मौका छ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,शत्रुहरू किनारा लाग्नेछन्,गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्, विभिन्न सहयोग र उपहार पाइनेछ,गरेका काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ,आजको शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अपराह्नदेखि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,आँटले काम लिन नसक्दा पछि परिनेछ,स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ, आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,टाढिएका साथीभाइ नजिकिनेछन्, मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *