शुभ अंक १८

18

कतिपय मानिसले आफूलाई शुभ अंक भनेर कुनै अंकमाथि विशेष विश्वास गर्छन् । कतिपयले यस्तै बार राखेका हुन्छन् भने कसैलाई कुनै महिना शुभ लाग्छ । यहाँ त्यस्तै शुभ मानिने १८ अंकको बारेमा चर्चा गरिएको छ । यदि तपाइँले ज्योतिष शास्त्रमा विश्वास गर्नु हुन्न भनेपनि १८ अंकको बारेमा पढेपछि तपाइँले यसलाई विशेष मान्नु हुनेछ ।
हिन्दु धर्ममा मात्र होइन धेरै जसो धर्ममा नै १८ अंकलाई विशेष महत्व दिइएको छ । मानिसहरु आफ्नो घर वा फ्ल्याट १८ नम्बरको होस् भन्ने चाहाना राख्छन् भने फाइदाको काम १८ गते वा १८ तारिख गर्न मन पराउँछन् ।संसारभरी नै १३ अंकलाई अशुभ अंक मानिएको छ । धेरै जसो होटलहरुमा १३ नम्बरको कोठा नै राखिएको हुँदैन भने फ्ल्याट समेत १३ नम्बर नदिएर राख्ने गरिएको छ ।
तर त्यस विपरित संसार भरी नै १८ नम्बरलाई विशेष शुभ अंक मानिएको छ ।
१८ अंकको विषयमा संसारमा के के मान्यता छन् त ?
चीनमा १८ अंकलाई धन र समृद्धीको प्रतिक मानिन्छ । १८ अंकको उच्चारणले सकारात्मक उर्जा प्रभाह हुने र धन बैभव प्राप्त हुने चिनियाँ मान्यता छ ।
चीनमा १८ अंकको विशेष महत्वका कारण नै १८ औं नम्बरको घर र फ्ल्याट सबैभन्दा बढी विक्री हुन्छन् । जस्को घरको नम्बर १८ छ त्यस्तो ब्यक्तिको घरमा धन र बैभवले बास गर्ने विश्वास गरिन्छ ।ह‌िब्रू भाषामा जीवन शब्दलाई ब्यक्त गर्नका लागि नै १८ अंकको प्रयोग गरिन्छ । यो भाषमा १८ अंकलाई विशेष महत्व दिइएको छ ।
यहूदीहरु लामो जीवनको शुभकामना दिन परे वा आशिर्वाद दिनका लागि १८ अंकको पैसा नगद उपहारस्वरुप दिन्छन् ।भारत र नेपालमा पनि १८ अंकलाई शुभ मानिएको छ । पुराण समेत १८ पुराण भएका कारण १८ अंक विशेष भएको विश्वास छ । हिन्दुको चर्चित ग्रन्थ महाभारत पनि १८ भागमा नै विभाजित छ ।अंकज्‍योत‌िषका अनुसार १८ अंकको योगफल १+८= ९ हुन्छ । ९ अंक वृहस्पतिबाट प्रभावित हुने हुँदा धन र उन्नतीको प्रतिक मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *