श्री दुर्गासप्तशती चण्डी पाठको महत्व

श्रृष्टिमा सत्य, त्रेता, द्वापर हुँदै कलियुग सम्मनै मात्री शक्तिको विशिष्ट स्थान रहँदै आएको कुरा कसैले नकार्न सक्दैन । मानव जीवनमा आई पर्ने आध्यात्मिक, आधिभौतिक र आधिदैविक सम्पूर्ण दुःख आपदहरूलाई हटाई आमाले आफ्ना बच्चाहरूलाई विविध आपद विपद्बाट रक्षा गरेभैंm दुर्गामातालेनै मात्रीरुपमा सम्पूर्ण प्राणीहरूको रक्षा गरिरहेकी हुन्छिन । त्यसैले दुर्मामाताका विविध चरित्र रुप र तीनको पूजा पाठ विधि समेत उल्लेख भएको श्रीदुर्गासप्तशती (चण्डी) पाठ गर्नुपर्दछ । त्यसबाट दुर्गामाता प्रसन्न भै मानवले धर्म, अर्थ, कामका साथै मोक्षसम्म प्राप्त गर्दछन् । यसै सन्दर्भमा मेघा ऋषि र राजा सुरथको दुर्गासप्तशती चण्डिमा उल्लेखभएको निम्न श्लोक प्रस्तुत गर्नु सान्दर्भिक नै ठहर्छ—

इदं रहस्यं परममनाख्येयं प्रचक्षते ।
भक्तोऽसीति न मे किञ्चित्तवावाच्यं नराधिप ।।
सर्वस्याध्या महालक्ष्मीस्त्रिगुणा परमेश्वरी ।
लक्ष्यालक्ष्यस्वरुपा सा व्याप्य कृत्स्नं व्यवस्थिता ।।

ऋषिभन्दछन् हे— राजन् यो रहस्य परम गोपनीय छ । यसलाई कसैलाई पनि भन्नुहुँदैन तापनि तिमी मेरा परमभक्त हौ, त्यसैले तिमीलाई भन्न नहुने मसंग केही पनि छैन । त्रिगुणमयी परमेश्वरी महालक्ष्मी नै सबकी आदि कारण हुन् । उनै दृश्य र अदृश्यरुपमा सम्पूर्ण विश्वलाई व्याप्त गरेर रहेकी छन् । त्यसैले त्यस्ती दुर्गा देवीको ध्यान, पूजा र पाठको महत्व वर्णन गरेर साध्य नै छैन । त्यसमा पनि नवरात्रमा गरिने दुर्गा साधनाको छुट्टै महत्व छ । श्री दुर्गा सप्तशती (चण्डी) को पाठ गर्नाले धन, मान, पुत्र, स्त्री मात्र प्राप्त गर्दैनन् कि चारै पुरुषार्थ प्राप्ति पश्चात् अन्तमा सनातन मुक्ति पनि प्राप्त गर्दछन् । यसको पाठबाट मरण— काम, क्रोध नाश, मोहन – इष्टदेवतालाई मोहन, वशीकरण – मनलाई वश गर्ने, स्तम्भन – इन्द्रियहरूको विषयबाट (वैराज्ञ) उपरति र उच्चाटन – मोक्ष प्राप्तिका लागि छटपटाहट हुनु आदि देवी प्रसाद स्वरुपका गुणहरू वृद्धि भई सिद्धि लाभ हुन्छ ।

यस्ती चण्डिका देवीको रहस्य र पूजा गर्ने विधान सम्बन्धमा उल्लेख हुनु सान्दर्भिक भएकोले निम्नअनुसार उल्लेख गरिन्छ । जसलाई साधारण लेखपढ गर्न जानेका र भनेको सुनेर गर्न खोज्नेले पनि पूर्ण गर्न सकिन्छ ।
durga8
तमोगुणवाली महाकालीनै भगवान् विष्णुकी योगनिन्द्रा भनिन्छिन् । जसको स्तुति ब्रह्माजीले मधु र कैटभ नाश गर्नका लागि गरेका थिए । तिनै महाकाली हुन् । उनका दस मुख, दस हात, दस पाउ छन् । उनी गाजल समान कालो रङ्गकी छिन् । तीस आँखाहरूका पंक्तिले सुशोभित छिन् । उनका दाँत र दा¥हाहरू सेता भएकाले चम्किरहन्छन् । यसरी उनको रुप भयङ्कर छ । तापनि रुप, कान्ति, सौभाग्य र महत्ता सम्पदाकी उनी नै अधिष्ठात्री हुन् । उनी आफ्ना हातमा खड्ग, वाण, गदा, शूल, चक्र, शङ्ख, भुशुण्डी, परिध, धनुष धारण गर्दछिन् र रगत चुहिरहेको काटिएका टाउकाहरूको माला लगाएकी छिन् । तिनै महाकाली विष्णुकी माया हुन् । आराधना गरेमा यिनै देवीले चराचर जगत्लाई आफ्ना उपासकको (भक्तको) अधीनमा गरिदिन्छिन् ।
सम्पूर्ण देवताहरूका अंगबाट जसको प्रादुर्भाव भएको थियो । तिनै अनन्त कान्तिले पूर्ण साक्षात् महालक्ष्मी हुन् ।

तिनैलाई त्रिगुणमयी प्रकृति भनिन्छ । उनै महिषासुरलाई मार्ने हुन् । उनको मुख गोरो, हातहरू श्याम, स्तनमण्डल अति सेता, कम्मर (चरण) पाउहरू राता तथा जाँघ र पिडौलाहरू नीला रङ्गका छन् । अजेय हुनाको कारणले गर्दा उनको आफ्नो तेजको अभिमान छ । कम्मर अगाडिको भाग रङ्गीन बस्त्रले सुन्दर भएका कारणले विचित्र स्वरुप देखिन्छ । उनका माला, बस्त्र, आभूषण र अङ्गराग आदि सबै विचित्र छन् । उनी कान्ति, रुप र सौभाग्यले सुशोभित छिन् । तैपनि उनका हातहरू असंख्य छन् तापनि अठार हातले युक्त मानेर उनको पूजा गर्नुपर्दछ । अब उनका दाँया तल्लो पट्टिका हातबाट बाँया पट्टिको हासम्म क्रमशः के–के अस्त्रहरू छन्, वर्णन गरिन्छ । अक्षमाला, कमल, वाण, खड्ग, बज्र, गदा, चक्र, त्रिशूल, शङ्ख, घण्टा, पाश, शक्ति, दण्ड, चर्म (छाला), धनुष, पानपात्र र कमण्डलु आदि आयुधहरूले उनका हातहरू विभूषित छन् । उनी कमलका आसनमा विराजमान छिन् । उनीनै सर्वस्वामी र सबैकी ईश्वरी हुन् । जो यी महालक्ष्मी देवीको पूजा गर्दछ, ऊ सब लोक र देवताहरूको समेत स्वामी हुन्छ ।
durga_puja_bidhi
जो एक मात्र सत्वगुणमा आस्रित भएकी पार्वतीका शरीरबाट उत्पन्न भएकी थिइन् र जसले शुम्भ नामको दैंत्यलाई संहार गरेकी थिइन्, उनी साक्षात सरस्वती हुन् । उनका आठ हात छन् तथा उनले आफ्ना हातमा क्रमशः वाण, मुसल, शूल, चक्र, शङ्ख, घण्टा, हलो र धनुष धारण गरेकी छिन् । यी सरस्वती देवी जो निशुम्भ र शुम्भको संहार गर्ने भएकी छिन् । यिनलाई भक्तिपूर्वक पूजा गर्दा सर्वज्ञता प्रदान गर्दछिन् ।

यसरी महाकाली, आदि तिनै मूर्तिहरूको स्वरुप बताइयो । अब जगन्माता महालक्ष्मी तथा महाकाली तीनै मूर्तिहरूको छुट्टाछुट्टै उपासना गर्ने सम्बन्धमा वर्णन गरिन्छ । जब महालक्ष्मीको पूजा गर्ने हो तब उनलाई मध्यमा स्थापना गरेर दायाँ महाकाली र बाँया महासरस्वतीलाई पूजा गर्नुपर्दछ । यसको पछाडि तीन जोडी देवताहको पूजा गर्नुपर्दछ । महालक्ष्मीको ठीक, पछाडि ब्रह्माकासाथ सरस्वतीलाई पूजा गर्नुपर्दछ । त्यसको दायाँ भागमा गौरीका साथ रुद्रको र बाँया भागमा लक्ष्मीसहित विष्णुको पूजा गर्नुपर्दछ । महालक्ष्मीसमेत तीन देवीहरूको तल अठार हातवाली महालक्ष्मी मध्यभागमा र दाँया भागमा दस शिर, दश हात र दश पाउ भएकी महाकाली र बाँयापट्टि आठ हात भएकी महासरस्वतीको पूजा गर्नुपर्दछ । महालक्ष्मीको दाँया सिंह र बाँया महिषको समेत पूजा गर्नुपर्दछ ।

उपरोक्त तरिकाले नवरात्रभर पूजा गरी विजयादशमीका दिन दुर्गा विसर्जन गर्नुपर्दछ । यस विधिले पूजा गर्दा यथा शक्ति सफा भूमिमा लिपेर वा पिर्कामा व पित्तल तामा वा अन्य पात्रमा फूलकै आसन दिई, फूलमै देवीहरूलाई आह्वान गरी जप, पाठ र पूजा गर्न पनि सकिन्छ र आफूले चिताएको फल पनि प्राप्त हुन्छ, यसमा द्विविधा छैन ।durga_puja_bidhiकिनकि देवीले स्वयं सबै देवताहलाई यसो भन्नु भएको छ—

म नै ब्रह्मस्वरुप हूँ, मबाट नै प्रकृति, पुरुषात्मक सद्रूप र असद्रूप जगत् उत्पन्न भएको हो । म नै आनन्द र अनानन्दरुपा हूँ । मैं विज्ञान र अविज्ञानरुपा हूँ । अवश्य जान्नुपर्ने ब्रह्म र अब्रह्म पनि म नै हूँ । पञ्चीकृत र अपंचीकृत महाभूत पनि म नै हूँ । यो सारा दृश्य म नै हूँ । वेद र अवेद म नै हूँ । अवश्य जान्नुपर्ने ब्रह्म र अब्रह्म पनि म नै हूँ । पञ्चीकृत र अपंचीकृत महाभूत पनि म नै हूँ । यो सारा दृश्य म नै हूँ । विद्या र अविद्या पनि म नै हूँ । प्रकृति र त्योभन्दा फरक पनि मै हूँ । तल–माथि, दाँया–बाँया, अगाडि–पछाडि म नै म हूँ ।

म नै रुद्र र वसुरुपले सञ्चालन गर्दछु । म नै सूर्य र विश्वदेवका रुपमा घुम्दछु । म नै मित्र, बरुण, इन्द्र र अग्निका साथै अश्विनी कुमारहरूसमेतलाई भरण–पोषण गर्दछु । मै सोम, त्वष्टा, पुषा र योनीलाई धारण गर्दछु । तीनै लोकलाई अक्रान्त गर्नका लागि विशाल पाउभएका (वस्तुदेव) विष्णु, ब्रह्मदेव र प्रजापतिलाई म नै धारण गर्दछु ।

देवताहरू उत्तम हवि पु¥याउने र सोमरस निकाल्ने यजमानका लागि हवि र द्रव्यले युक्त धन धारण गर्दछु । म सम्पूर्ण जगतको ईश्वरी, उपासकहरूलाई धन दिने ब्रह्मरुप र पूजा गर्न योग्य देवताहरूमा मुख्य मै हँु । आत्मास्वरुपा आकाशादि निर्माण गर्दछु । मेरोस्थान आत्मास्वरुप धारण गर्ने बुद्धिवृद्धिमा छ । जो यो कुरा बुझ्दछ, जान्दछ, उसैले दैवी सम्पत्ति प्राप्त गर्दछ ।
त्यसपछि ती देवताहरूले भने, देवीलाई नमस्कार छ । ठूला ठूलाहरूलाई पनि आ–आफ्ना कर्ममा प्रवृत्त गराउने कल्याणकर्तीलाई नमस्कार छ ।

गुणसाम्यावस्थारुपिणी मङ्गलमयी देवीलाई नमस्कार छ । नियमयुक्त भएर हामीहरू उनलाई प्रणाम गर्दछौं । ती अग्निजस्तो वर्ण भएकी, ज्ञानले जगमगाईरहेकी, प्रकाशलेपूर्ण, कर्मफल प्राप्तिका लागि सेवा गरिने दुर्गादेवीका हामी शरणमा पर्दछौं । (दैत्यहरूलाई) दानवहरूलाई नाश गर्ने हे देवी, तिमीलाई नमस्कार छ ।

प्राणरुप देवताले जुन प्रकाशवान वैखरी वाणीलाई उत्पन्न गरे, त्यसैले अनेक प्रकारका प्राणीहरू बोल्दछन् । तिनी कामधेनु समान आनन्द र अन्न, बलसमेत दिने बाग्रुपिणी भगवती हाम्रा उत्तम स्तुतिले सन्तुष्ट भएर हाम्रा नजिक आउन ।
काललाई पनि नाश गर्ने भएकी, वेदहरूले स्तुति गरिएकी विष्णुशक्ति, स्कन्दमाता (शिवशक्ति) सरस्वती (ब्रह्मशक्ति) देवमाता, अदिती र दक्षकन्या (सती) पापनाशिनी कल्याणकारिणी भगवतीलाई हामी प्रणाम गर्दछौं ।

हामी महालक्ष्मीलाई जान्दछौं र उनै सर्वशक्तिस्वरुपिणीको ध्यान गर्दछौं । उनै देवीले हामीलाई ज्ञान र ध्यानमा लगाउन ।
यिनी परमात्माकी शक्ति हुन् । यिनै विश्वमोहिनी हुन् । यिनै पाश, अंकुश, धनुष र वाण धारण गर्ने हुन् । यिनै “श्रीमहाविद्या” हुन् । जो यो जान्दछ, उसले शोकलाई पार गर्दछ । भगवती ! तिमीलाई नमस्कार छ । माता ! आमा सबै प्रकारले हाम्रो रक्षा गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *