श्री श्री महायाेगी गुरु गाेरखनाथ

गुरु गाेरखनाथलाइ प्रत्येक धर्म, सम्प्रदायले विभिन्न स्वरूपमा मानिअाएकाे सन्दर्भमा आफ्ना परम्परा र संस्कृतिभित्रै बसेर पनि सबैले गुरु गाेरखनाथलाइ स्थान दिएका छन् । के हिन्दु, के मुस्लिम, के इसाइ, के बुद्धिष्ट सबैले उहाँलाइ विभिन्न स्परूपमा स्वीकारी मान्दै अाइरहेका छन् र उहाँकाे अाशीर्वाद अनुकम्पाले अाफ्ना मनाेरथहरू पूरा गरिरहेका छन् । महायाेगी गुरु गाेरखनाथकाे उत्पत्तिसम्बन्धमा भारतका विद्वान् लेखकहरूले धेरै ठाउँ उल्लेख गरेका छन् । महायाेगीकाे उत्पत्ति पाकिस्थानकाे रावलपिण्डीमा बाह्राैँ शताब्दितिर भएकाे जनश्रुति पाइन्छ । याे जनश्रुति मराठी भाषीमा भए पनि अन्य भाषाहरूमा पनि पाइएकाे इतिहासकारहरू बताउँछन् । विशेष महत्त्वकाे जनश्रुति यसप्रकार छ ( हालकाे पाकिस्थानमा पर्ने रावलपिण्डीकाे गाउँकाे कुनै एक घरमा अलख निरंजन काे अावाज सुनिन्छ । यस अावाजसँगै एकजना बाबा भिक्षा माग्न अाएकाे ठानी घरभित्रबाट एउटी महिला भिक्षासहित बाहिर निस्किन्छिन् । महिला चिन्ताग्रस्त देखिएकीले बाबाले त्यसकाे कारण साेध्नुहुन्छ ।

गहभरी अाँशु बनाउँदै विवाह भएकाे धेरै वर्ष भैसकेकाे र हालसम्म पनि अामा बन्ने साैभाग्य प्राप्त नभएकाे , सबै छिमेकीहरूले अलच्छिनी पापिनी अादि भनी लाञ्छना लगाएर अपहेलना गरेकाे दुःखेसाे ती महिलाले बाबासमक्ष राख्छिन् । महिलाकाे यस्ताे अवस्था देखि बाबालाइ दया जाग्छ र उहाँले कृपास्वरूप बुटी खान दिनुहुन्छ । बाबाले उक्त महिलालाइ वरदान दिँदै भन्नुहुन्छ भगवान् शिवकाे कृपाले छिट्टै नै तिम्राे संस्कारी पुत्रकाे जन्म हुन्छ । महिलाले उक्त बुटी खानकाे लागि के साेचेकी मात्र थिइन् बाबासँगकाे संवाद सुनिरहेकी एउटी छिमेकि महिलालाइ इर्ष्या जाग्छ । उक्त छिमेकीले तत्कालै शंका व्यक्त गर्दै अति हाेच्याएर यस्ताे भिख मागेर हिँड्ने जाेगीले दिएकाे बुटी खाएर कहीँ बच्चा हुन्छ ? बच्चा त भगवान्काे देन हाे । भगवान्काे कृपाले मात्र सम्भव छ भनी तिखाे वचन लगाएकाे रीसकाे झाेँकमा ती महिलाले बाबाले दिनुभएकाे बुटीलाइ विश्वासै नगरी फाेहाेर फाल्ने ठाउँमा फ्याँक्छिन् । समय बित्दै जाँदा बाह्र वर्षपछि पहिलाकै बाबा पुनः तिनै महिलाकाे घरमा घुम्दै पुग्नुहुन्छ ।

यतिका वर्षपछि पनि ती महिला पहिलेकै जस्ताे उदास, चिन्तित देखेर बाबाले अाश्चर्य मान्दै साेध्नुहुन्छ र ती महिलाले सबै वर्णन गर्छिन् । बाबाले उक्त बुटी फालेकाे ठाउँ देखाउन भन्नुहुन्छ र ती महिलाले उक्त बुटी फालेकाे ठाउँमा बाबालाइ लिएर जान्छिन् । बाबाले जाेडसँग अलख निरंजन भनेर बाेलाउनुहुन्छ र त्यस दिव्य अावाजसँगै एक दिव्य अत्यन्त सुन्दर गाैरवर्णयुक्त तेजस्वी बालक बालक निस्की बाबाकाे नजिक जानुहुन्छ । यस्ताे दृश्य देखि ती महिला अाश्चर्य र विस्मयका साथ प्रायश्चित्त गर्दै रून लाग्छिन् ।। बाबा र दिव्य बालक त्यहाँबाट अन्तर्ध्यान हुनुभयाे । बाबा हुनुहुन्थ्याे याेगीराज मत्स्येन्द्रनाथ र दिव्य बालक हुनुहुन्थ्याे श्री श्री महायाेगी गुरु गाेरखनाथ । विदेशी लेखक ब्रिग्सले उल्लेख गरेअनुसार यस संसारकाे सृष्टी हुँदा नै गुरु गाेरखनाथ धुनी जगाएर तपस्यारत हुनुहुन्थ्याे । विष्णु भगवान्काे कमलकाे फूलबाट ब्रह्मा निस्कँदा गुरु गाेरखनाथ पातालमा हुनुहुन्थ्याे र ब्रह्माजीले संसार सृष्टी गर्न लाग्दा फाेहाेर पानीकाे कारणले समस्या पर्याे । उहाँले श्री श्री महायाेगी गुरु गाेरखनाथसँग सहायता माग्नुभएकाे र श्री गुरु गाेरक्षले धुनीबाट खरानी दीइ पानीमा छर्कनु त्यहीँबाट तिमीले विश्व सृजना गर्न सक्नेछाै भन्नुभएकाे र त्यसैअनुरूप भएकाेले ब्रह्मा, विष्णु र शिव नै गुरु गाेरक्षनाथका प्रारम्भिक अनुयायी भएकाे कुरा उल्लेख छ । त्यस्तै वेदका मन्त्रहरू जस्ताे यजुर्वेद, अथर्ववेद अादिका मन्त्रहरूमा रक्षा काे अर्थ त्यही पाइन्छ जुन गाेरक्षकाे अर्थ सर्वत्र प्रसिद्ध छ । नेपालमा गाेरक्ष युग थियाे । नेपालमा गाेरखा राज्य थियाे र त्यहाँ बस्ने गाेर्खाली जातिहरू गुरु गाेरखनाथलाइ नै अाफ्ना अाराध्यदेव मान्दथे । गाेरखा राज्य पनि गुरु गाेरखनाथकै नामबाट रहेकाे पाइन्छ ।

अर्काेतिर नेपालका शाहवंशीय राजाहरूमा उहाँकाे उच्च किसिमकाे अादर सम्मान हुने उहाँलाइ अाफ्नाे पूज्यदेव मान्ने, प्रत्येक कार्य गुरु गाेरखनाथलाइ सम्झेर मात्र गर्ने र त्यतिबेलाका राजाहरूले पैसामा पनि गाेरष लेख्ने गर्दथे । अठाराैँ शताब्दिकाे अन्त्यतिर जन्मनुभएका पृथ्वीनारायण शाहलाइ बुढा याेगीकाे स्वरूपमा उपस्थित भइ अाशीर्वाद दिनुभएकाे दही खान दिनुभएकाे कुरा नेपालकाे इतिहासमा स्वर्णाक्षरले लेखिएकाे छ । राजा द्रव्य शाहलाइ गाेरक्षाधीश भनेर सम्बाेधन गरिनु त्यस्तै अन्य राजाहरूलाइ पनि गरिनुबाट उहाँकाे प्रभावकाे बारेमा उल्लेख गर्न असम्भव नै छ । हालसम्म पनि नेपालकाे मुद्रामा गुरु गाेरखनाथकाे नाम तथा पादुका अंकित भएकाे पाइन्छ । यसरी नेपालीहरूका गर्वका प्रतिमूर्ति महायाेगी गुरु गाेरखनाथकै कृपा अाशीर्वादले नेपालीहरू विश्वमा वीर गाेर्खालीकाे नामबाट गर्व गर्छन् । खुकुरीकाे भरमा अंग्रेजहरूलाइ परास्त गर्नु गुरु गाेरखनाथकै कृपाकाे परिणाम हाे भन्दा दूइमत नहाेला । महायाेगी समय, कालखण्डभन्दा माथि, नाथहरूका महानाथ, देश,काल स्थानभन्दा धेरै माथीका अद्वितीय महापुरूष हुनुहुन्छ । श्री गुरु गाेरक्ष अनादि, अजर अमर हुनुहुन्छ । यसैले पनि उहाँकाे जन्म मरणकाे प्रसंग नै उठ्दैन । अाजसम्मका सम्पूर्ण धर्मगुरुहरूमा छुट्टै पहिचानका साथ, अलग्गै व्यक्तित्वकाे परिचायक महायाेगी गुरु गाेरक्षनाथ शिवकै अवतार, शिवकै स्वरूपमा स्थित हुनुहुन्छ ।

विश्व मानचित्रमा नेपाल नै त्याे भूमि हाे जसले गुरु गाेरखनाथकाे पहिलाे प्रकटस्थल हुनुकाे साैभाग्य पाएकाे छ । यहाँका उकाली अाेराली, भञ्ज्याङ् चाैतारी, समथर भूमिले उहाँकाे पावनतम चरणकाे स्पर्श पाएका छन्, यहाँकाे माटाेका कण कण उहाँकाे सामिप्यता पाएर धन्य धन्य भएका छन् । तसर्थ याे भूमी सामान्य अवश्य नै छैन । सम्पूर्ण विश्व ब्रह्माणडका रक्षक गुरु गाेरखनाथद्वारा सृजित, रक्षित याे भूमि कमजाेर कसरी हुन सक्छ ? गाेरक्षकाे यही कृपा अनुकम्पाले गर्दा नै नेपाल राष्ट्र अक्षुण्ण र स्वतन्त्र रहेकाे छ । हाम्रा शक्तिशाली छिमेकी राष्ट्र पराधीन हुँदासमेत नेपाल सदा नै स्वाधीन रहेकाे छ । हाम्रा पूर्वजहरूले गुरु गाेरखनाथ र माता गाेरखकालीकाे पुकार गरेर मात्र ठूला ठूला युद्ध जितेका र विश्वभरि नै वीर गाेर्खालीकाे नामले प्रशंशित भएका उदाहरणहरू पनि इतिहासका पानामा थुप्रै भेटिन्छन् । महायाेगी गुरु गाेरखनाथ समयकाे कालखण्डभन्दा माथि, नाथहरूका महानाथ, देश, काल, स्थानभन्दा धेरै माथिका अद्वितीय महापुरूष हुनुहुन्छ । श्री गुरु गाेरक्ष अनादि, अजर अमर हुनुहुन्छ ।

ब्रह्माजीलाइ समेत सृष्टि गर्न सघाउने गुरु गाेरखनाथ सृष्टिभन्दा पनि पहिले विराजमान हुनुहुन्थ्याे भन्ने प्रमाणीत हुन्छ । हालसम्म पनि नेपालकाे मुद्रामा गुरु गाेरखनाथकाे नाम तथा पादुका अंकित भएकाे पाइन्छ । यसरी नेपालीहरूका गर्वका प्रतिमूर्ति महायाेगी गुरु गाेरखनाथकै कृपा अाशीर्वादले नेपाली सेनाले बन्दुक र गाेलावारीका बावजुद जय गाेरख शब्द्सँगै सबैलाइ मात्र खुकुरीले परास्त गर्न सक्षम भए । महायाेगी गुरु गाेरखनाथ शिव नै हुनुभएकाेले शिव गाेरक्षकाे रूपमा अादरका साथ श्रद्धा भक्ति र विश्वासकाे केन्द्र मानी पूजा अाराधना पनि गरिन्छ । गाेरखनाथ चारै युगमा सशरीर हुनुहुन्छ । अनेक महात्मा याेगी राजा अादीलाइ समय समयमा मार्गदर्शन गरेका कुरा हामीले पढ्ने पनि गरेका छाैँ । यस्ता महायाेगी काे बारेमा जान्नु र अरूलाइ सुनाउनु भन्न सक्नु नै हाम्राे महानता हुनेछ । जसलाइ हामीले बुझ्न त सक्दैनाै तर उहाँकाे यशाेगान, प्रशंसा नगरिकन पनि रहन सक्दैनाैँ । जय गाेरख । जय गुरुदेव । अलख निरंजन । गाेरखनाथ र राेट गाेरखनाथ लाइ प्रत्येक दिन,हप्ता,महिना र प्रत्येक वर्षकाे गाेरक्ष पूर्णीमा वा वैशाख शुक्ल पूर्णीमा का दिनमा सवालाख राेट अर्पण गरिन्छ । सवा संख्या गुरु गाेरखनाथलाइ मन पर्ने हुनाले नै सवालाख चढाइन्छ । राेट महाप्रसाद हाे । सद्गुगुरुदेवकाे चरणकमलमा अर्पित राेट खान पाउनु मानवजीवनकाे उच्च साैभाग्य हाे ।

जसले राेट प्रसाद ग्रहण गर्दछ त्याे अात्मानै धन्य हुन्छ । त्याे अात्माका युगयुगान्तरका पाप कर्महरू, दोषहरू नाश हुन्छन् र एउटा जीवले मुक्ति प्राप्त गर्नका लागि सजग मार्ग निर्माण हुन्छ । तसर्थ महाप्रसाद राेट ग्रहण गर्नाले हुने शारिरिक, मानसिक र अाध्यात्मिक फाइदाहरू वर्णनातीत छन् । ३२ थरी मसला र जडीबुटी मिसाएर बनाइने हुनाले पनि राेटकाे विशेष महत्त्व हुन्छ । काजु, किसमिस, छाेहरा, नरिवल, ल्वाङ्, सुकुमेल अादि फलादि गुणले युक्त छन् । यी वस्तुहरूलाइ विभिन्न अायुर्वेदिक खुराकहरूमा पनि मिसाइएकाे पाइन्छ । यिनीहरूका अाैषधीय गुणहरूका बारेमा बताएर अायुर्वेद कहिल्यै थाकेकाे पाइन्न । हामीले घरेलु अाैषधीकाे रूपमा पनि यिनीहरूलाइ लिँदै अाएका छाैँ । यिनै जडिबुटी लगाएतकाे मिश्रणबाट शुद्ध घ्यूमा तयार हुने राेटकाे विशेषतालाइ शब्दमा भने कैद गर्न सकिन्न । सेवन गरेर नै यसकाे महत्त्वलाइ अाँक्न सकिन्छ । त्यसैले नजिकैकाे गाेरक्षपीठ अादिमा गएर राेटकाे स्वाद लिन नभुल्नु हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *