साप्ताहिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
विद्यामा विशेष प्रगति हुनेछ,बौद्धिक प्रभाव बढ्नेछ,आफन्तजनको सहयोगले विशेष फाइदा होला,मांगलिक कर्म र परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन्,मनमा उत्साह बृद्धि,उपहारादी लाभ, प्रेममा सन्तुष्टि,बोलेको प्रभाव बढ्नुका साथै रोगहरुले छोड्ने छ, व्यवहारमा सफलता मिल्ने छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ,मांगलिक कर्म र परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन्,व्यापार–व्यवसाय विस्तार हुनेछ,आध्यात्मिक कार्यमा खर्च गरिनेछ,चोटपटकको भय तथा मानसिक चिन्ता बृद्धि होला,मान सम्मान बृद्धि,यश, आनन्द प्राप्ति होला,पढाइ लेखाइमा रुची बढ्ने छ।
ghm
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
वैदेशिक यात्रा र रोजगारीका लागि समय अनुकूल छ,पढाइलेखाइ अवरुद्ध बन्ने देखिन्छ,टाढाको यात्रा,व्यवसाय विस्तार एवं नयाँ रोजगारको अवसर भने मिल्नेछ,सुख बृद्धि,जागिर प्राप्ति आय आर्जन बृद्धि तथा मिष्ठान्न भोजन लाभ होला,दण्ड जरिवाना तिर्नु पर्दा मान सम्मानमा आँच आउला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि मिल्नेछ,नयाँ रोजगारको अवसर मिल्नेछ,व्यापार–व्यवसायमा उन्नति हुनेछ,आयआर्जनका नया“ स्रोतहरू थपिनेछन्, मान्यजनबाट सहयोग प्राप्ति,शरीर निरोगी, मनमा प्रशन्नता बृद्धि तथा घरमा कुटुम्बको आगमन होला, होच्याउने तथा मानसिक चिन्ता बृद्धि होला।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
रोकिएका काम बन्नेछन्,घरमा ऐश्वर्य सम्पन्नता,धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ, झैझगडा तथा पेटको समस्या बृद्धि होला भने बाँकी दिन सन्तान सुख,महत्वपूर्ण कार्य सिद्धि तथा मान्यजनको सहयोग प्राप्त भई बिग्रनै आँटेको काम बन्ला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
केही चुनौतीका कारक बन्नेछन्,यदाकदा बोलीको गलत अर्थ लाग्ने,विवादमा परिने र आर्थिक अभावले सताउने योग छ,केही बाध्यात्मक परिस्थितिमा परिने वर्ष छ,शरीरमा पीडा बृद्धि तथा बेकारका कुराकानीले दिन बित्ला भने बाँकी दिन राज्यद्वारा सहयोग प्राप्ति तथा कार्य सिद्धि होला,लगानी सही ठाउँमा हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
काममा झमेला र चुनौती आइलाग्ने देखिन्छ,आफन्तबीच मनमोटाव र सहकर्मीसँगको प्रतिस्पर्धाले वैरभाव निम्त्याउन सक्छ,विश्वासपात्रले धोका दिनेछन्,धार्मिक आस्था र नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ,यश आनन्द बृद्धि,प्रेम वार्ता तथा शत्रुहरु मित्रमा परिणत होलान्।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
नोकरीमा पदोन्नति फाइदा हुनेछ,दाम्पत्य सम्बन्ध वा घर–जग्गा जोड्ने योगसमेत देखिन्छ, जीवनसाथीबाट पाइने साथ र उत्साहले काम सफल हुनेछन्,समय तपाईंको पक्षमा हुँदा कार्य सफल,स्वास्थ्य स्थितिमा सुधार तथा मिष्ठान्न भोजन लाभ होला भने बाँकी दिन नाना रोगले सताउला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
शिक्षा क्षेत्र कमजोर देखिन्छ,प्रतिस्पर्धामा समेत कमजोर सावित भइनेछ,तापनि,शनि–राहुजस्ता पापग्रहको अनुकूलताले सुख–सुविधा उपभोग गर्न पाइनेछ,झैझगडा तथा आफन्तसँग वैरभाव बृद्धि होला भने बाँकी दिन यात्राको योग, शत्रुहरु पराजय, घरायसी सुखलाभ तथा स्वास्थ्य स्थिति ठिक होला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मानसम्मान पाइनेछ,समय अनुकूल रहनेछ,पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ,यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ,धनलाभका बाटाहरु प्रशस्त रुपमा खुल्ने छ, मनमा छट्पटी बृद्धि तथा बन्नै आँटको काम बिग्रेला भने बाँकी दिन यात्रा योग तथा शत्रुहरु पराजय होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मनमा खिन्नता होला,घरायसी काममा खर्च बढ्ने योग छ, लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ,परिवारजन, अनावश्यक धन खर्च होला,धैर्यता बृद्धि भई अधुरा कार्य पूर्ण रुपमा सफल होला,जलको भय तथा नराम्रा सपना देखिएला भने बाँकी दिन कार्य सफल
होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
उद्योग र व्यापारमा सामान्य लाभ मिल्नेछ तर ऋणभार बढ्ने समय छ,लगानीको प्रतिफल नगण्य हुने देखिन्छ,कृषि उत्पादन भने राम्रै रहनेछ,समय तपाईंको पक्षमा हुँदा समय विपरित लिङ्गसँग वार्तालाभ,नवीन बस्त्र लाभ भई मनमा आनन्द बृद्धि होला,ढाड पेटको समस्याले दुःख देला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *