साप्ताहिक राशिफल

timthumb

जय हिन्दु राष्ट्र नेपाल
हिमाल पहाड तराई कोहि छैन पराई
जय नेपाल –
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
प्रेम प्रस्ताव आउनेछ,विद्या क्षेत्रमा उन्नती रहनेछ,फूपुको सहयोगले लामो समयदेखि अड्किएर बसेकम काममा सफलता मिल्नेछ, दीर्घकालीन योजना बनाएर अगाडी बढ्ने समय आएको छ,साताको मध्येमा भने काममा शत्रुले अवरोध ल्याउनेछन्,आन्तरिक व्यापारमा वृद्धि हुनेछ,संचारमा जोडिन सकनेछ,टाउको सम्बन्धि समस्याले सताउन सक्नेछ, राजनीतिमा खटपटी देखा पर्नेछ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
घरको काममा समय बित्नेछ,आमाको स्वास्थ्यमा सुधार आउनेछ,प्रेममा आयाम थपिनेछ,विद्यामा प्रगती हुनेछ, सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ,साताको मध्यमा भने शत्रु वृद्धि हुनेछन्,रोगले समस्या दिनेछ । मावली संगको सम्बन्धमा खटपट आउनेछ,तर साताको अन्त्यमा शन्देश मुलक ज्ञान बढ्ने समय रहनेछ ,कम्प्युटर र मोबाइल व्यापारमा विशेष लाभ रहनेछ,कस्मेटिक व्यापारको लागि पनि सय उपयोगी रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह)–
नसोचेको ठाउँबाट धन प्राप्तिको योग रहेको छ, नयाँ कामको थालनी हुनेछ , राज्यका उच्च पदमा रहेका व्यक्तिको भेटघाटले मन प्रशन्न रहनेछ, शक्ति प्रदर्शन गर्नुपर्ने र जीत तपाईको पक्षमा देखा पर्नेछ,नोकरचाकरहरुको सहयोग राम्रो मिल्नेछ ,पुराना रोगहरु निको हुने समय आएको छ, घरायसी समस्या समाधान हुनेछन् ,विपक्षीहरुले तपाईको प्रशसां गर्नेछन्,प्रेममा सफलता मिल्नेछ, वैदेशिक क्षेत्रका कामहरु सहजै बन्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-
सुरुमा केही खर्च वृद्धि भएता पनि साताको मध्यबाट राम्रो समय सुरुवात हुनेछ, थालेको कामले पूर्णता पाउनेछ, सहि व्यक्तिको संगतले गर्दा तपाई आफ्नो लक्ष्यमा पुग्न सक्नुहुनेछ, आम्दानी वृद्धि हुनेछ ,वाणिमा मिठासपन थपिनेछ,तरल वस्तुको विशेष लाभ दिनेछ, इष्टमित्रको सहयोग मिल्नेछ, सौन्दर्यतामा मन जानेछ, कानको समस्याले सताउन सक्नेछ विशेष ध्यान पुर्याउनु होला ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
भाग्य उदयको समय रहेको छ,धर्म प्रति खर्च बढेर जाने समय आएको छ, सामाजिक काममा मन जानेछ, सरकारी क्षेत्रका काममा सहजता छाउनेछ ,आम्दानी क्षेत्रमा सुधार आउनेछ समय रहेको छ, उपहारको योग रहेको छ,साताको अन्त्यमा भने बोलीमा कठोरपन आउनेछ,विवादमा फस्न सक्ने समय हुनाले बोल्दा विचार पुर्याउनु होला,लामो दूरीको यात्रामा कष्ट हुनेछ ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
साताको सुरुमा खर्चमा वृद्धि हुने र झमेलामा फस्ने साथै मुद्धाको फैसला पनि तपाईको विपक्षमा आउन सक्नेछ,तर साताको मध्येबाट भने समय तपाइको पूर्ण समर्थनको साथमा देखा पर्नेछ,नयाँ कामको थालनी हुनेछ, राज्यले सम्मान गर्नेछ, मिष्ठान्न भोजनमा सहभागी भइनेछ, पैतृक सम्पत्तिमा हकदार हुने समय आएको छ ,पराक्रममा वृद्धि हुनेछ, दाजुभाइ तथा दिदीबहिनीको पूर्ण रुपमा सहयोग मिल्नेछ, घरमा सबैसँग बसेर दिन बित्नेछ, शारिरिक स्फूर्ति बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
दाजुभाइको सहयोग भरपुर मिल्नेछ,सामाजिक कामको जिम्मा तपाईले पाउनुहुनेछ, घरायसी सुखमा वृद्धि हुनेछ ,।माइतीको सल्लाहले गरेको काममा सफलता मिल्नेछ,प्रेममा मधुरता छाउनेछ, शिक्षामा उन्नती देखा पर्ने समय छ , पशु प्रति प्रेम भाव बढ्नेछ ,रमितेहरु तपाईलाई सहयोग गर्नेछन्,राजनीतिमा राम्रो समय छ, पद उन्नतीको समय छ, साताको अन्त्यमा भने केही मन खिन्न रहन सक्नेछ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
मिष्ठान्न भोजनको समय रहेको देखिन्छ,सम्पत्ति वृद्धि हुनेछ,प्राथमिक शिक्षामा विेशष उन्नती रहेको देखिन्छ,पराक्रम वृद्धि हुनेछ, दिदी बहिनीसँग सम्बन्धमा सुधार आउने देखिन्छ,परिवारका सदस्यको समस्या थपिन सक्नेछ, सरकारी कामकाजमा ढिलाइ देखा पर्न सक्नेछ,विदासिताका वस्तुको व्यवसायले लाभ रहने छ,सौन्दर्यतामा विशेष ध्यान जानेछ ,खर्चमा भने वृद्धि हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
आम्दानी र खर्च बरोबर नै हुनेछ,सुन व्यवसायमा विशेष लाभ रहनेछ,मित्रभावले मन प्रसन्न रहनेछ ,बोलीमा विचार पु¥याउनु राम्रो हुनेछ,वादविवादमा राम्रो समय छैन, प्रेममा नयाँ आयाम थपिनेछ,परीक्षार्थीको लागि समय अति नै उत्तम छ, शनिबार भने समय उपयोगी हुनेछ, तपँर्यको नविनतम सोंच आउनेछ, तपाईले बोलेका कुराहरु काटिने छैन,मिष्ठान्न भोजनको योग रहेको छ, तपाइको चौतर्फि प्रसंसा हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
शत्रु भय रहनेछ,कामले स्थिरता पाउनेछ छैन,राजनीतिमा खटपटी देखा पर्ने रहेको छ, जग्गा जमीनको किनबेचमा विशेष लाभ रहनेछ,बोलीमा विशेष ध्यान पुर्याउनु बोल्नु उचित हुनेछ,गुप्ताङ्गसँग सम्बन्धित समस्याले सताउन सक्नेछ,घरमा माङ्गलिक कार्य हुने समय आएको छ, प्रेममा खटपटी देखा पर्न सक्नेछ ,दाम्पत्य जीवनमा खुसी छाउनेछ, गुरुजनसँगको भेटले ज्ञान प्राप्तिको समय रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
सरकारी काम बन्नेछ, विद्यार्थीको लागि यो साता अति नै उत्तम रहेको छ, गृहणीको लागि यो साता मध्यम रहेको देखिन्छ, आम्दानीको नयाँ श्रोत फेला पर्नेछन्,सोमबार भने केही अनावश्यक खर्च वृद्धि हुनेछ,घरायसी कलहमा वृद्धि हुन सक्नेछ, अन्त्यमा नयाँ कामको थालनी हुनेछ,फलाम, करकारखानामा विशेष लाभ रहनेछ, राजनीतिमा पद उन्नतीको समय रहेको छ,सामाजिक प्रतिष्ठामा विशेष लाभदायक रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
वैदेशिक क्षेत्रका काममा सफलता मिल्नेछ,अन्र्तराष्ट्रिय स्तरका व्यक्तिले काममा सहयोगी भूमिका निर्वाह गर्नेछन्,व्यापारिक क्षमतामा वृद्धि हुनेछ,हड्डी, ढाड र जोर्नीको समस्याले सताउन सक्नेछ,परिवारका सदस्यको समस्या थपिन सक्नेछ,सरकारी कामकाजमा ढिलाइ देखा पर्न सक्नेछ,विदासिताका वस्तुको व्यवसायले लाभ रहने छ,सौन्दर्यतामा विशेष ध्यान जानेछ,खर्चमा भने वृद्धि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *