साप्ताहिक राशिफल

12821503_1773737486187659_7448795342773635093_n

जय हिन्दु राष्ट्र नेपाल
हिमाल पहाड तराई कोहि छैन पराई
जय नेपाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
शैक्षिक क्षेत्रमा प्रगति हुनेछ,नयाँ कार्यको थालनी गर्ने अवसर मिल्नेछ,परिवारको सहयोग मिल्नेछ,खिन्नताले सताउनेछ , राजनीतिक विवादको सामना गर्नुपर्ला,कृषि व्यवसायमा उन्नति हुनेछ,पशु चौपायाबाट लाभ मिल्नेछ,वैदेशिक कार्यमा सफलता मिल्नेछ,न्यायिक क्षेत्रमा अल्झिएका काम सुचारु हुनेछन्,आफन्तको भरणपोषणमा खर्च बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
आयआर्जनमा सन्तुष्टि मिल्नेछ,राजनीतिक अन्योलले निराश बनाउनेछ, न्यायिक कार्यबाट सफलता मिल्नेछ,स्वास्थ्यसम्बन्धी समस्याले सताउला,सामाजिक कार्यप्रति लगाव बढ्नेछ,यात्राको योजना बन्ला,मित्रजनबाट धोका पाइएला,लामो समयदेखि नबनेको काम बन्नेछ ,व्यावसायिक कार्यमा लाभ मिल्नेछ, प्रेमी–प्रेमिकाबीच तनावको अन्त्य हुनेछ ।

मिथुन(का, कि,कु, घ, ङ , छ, के, को, ह)–
व्यापार–व्यवसायमा लाभ मिल्नेछ,तरल पदार्थको किनबेच गरिएला,कला साहित्य संगीतप्रति चासो बढ्नेछ,विलासिताका सामान खरीदविक्री गरिनेछ,अचल सम्पत्ति किनबेच हुनेछ,कला साहित्य मनोरञ्जनतर्फ प्रगति हुनेछ,शैक्षिक क्षेत्रमा प्रशस्त अवसर मिल्नेछ,न्यायिक तथा सामाजिक क्षेत्रमा पनि सफलता हात लाग्नेछ,दाम्पत्य जीवन सुखमय रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-
आफन्तबाट सहयोग पाइनेछ,द्विविधा बढ्नेछ,अनावश्यक खर्च बढ्लला,चिन्ताले सताउला, सामाजिक मानसम्मानमा आघात पर्ने देखिन्छ,सामाजिक समन्वयको अभावले कार्यमा बाधा आउला,स्वास्थ्यमा समस्या उत्पन्न होला,गरगहना र विलासिताका सामान खरिद गरिएला,रोकिएको काम सुचारु हुनेछन्,राजनीतिक असमझदारीका कारण दौडधूप बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
कूटनीतिक प्रयास सफल हुनेछन् ,सामाजिक क्षेत्रमा मानसम्मान मिल्नेछ ,रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ,जग्गाजमिन अचल सम्पत्ति खरिदविक्रीको गर्ने योग छ,गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ,आफन्तको सहयोगमा नयाँ कार्यको थालनी गरिएला, नयाँ योजना बन्नेछन्,राजनीतिक विवाद बढ्नेछ,व्यापारव्यवसायमा सफलता मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
विशिष्ट व्यक्तिको सहभागितामा नयाँ कार्य गर्ने अवसर मिल्नेछ,कर्मप्रतिको आस्था बढ्नेछ,व्यापार–व्यवसायमा सफलता प्राप्ति हुने देखिन्छ,आफन्तको सहयोग पाउनुहुनेछ,सुख, समृद्धि वृद्धि होला,चञ्चलता बढ्नेछ,प्राविधिक क्षेत्रमा लगाएको लगानीबाट राम्रो प्रतिफल आउनेछ, यात्राका योजना बन्नेछन्,राजनीतिक विवादको सामना गर्नुपर्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
उद्योग कल–कारखानामा लगाएको लगानीबाट सफलता मिल्नेछ, सन्तानसुख र आफन्तको सहयोगको मिल्नेछ,शैक्षिक क्षेत्रमा सफलताको योग देखिन्छ,वैदेशिक रोजगारीको अवसर मिल्नेछ,कूटनीतिक क्षेत्रको प्रयास सफल हुनेछ,सामाजिक मानसम्मान र दायित्व बढ्ने देखिन्छ,पारिवारिक सम्बन्धमा सुधार देखापर्नेछन्, मनोरञ्जन तथा सञ्चारक्षेत्रमा सफलता मिल्नेछ ।

वृश्चिक(तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
काममा जस पाइनेछ,मान्यजन तथा आफन्तको सहयोग मिल्नेछ,सामाजिक दायित्व बढ्ने देखिन्छ,राजनीतिक अन्योल यथावत् रहनेछ, शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ,विलासिताका सामग्री किचबेच गरिने देखिन्छ, प्रेमी–प्रेमिकाबीच सुमधुर सम्बन्ध कायम हुनेछ, स्वास्थ्यमा बाधा उत्पन्न हुनेछ,राजनीतिमा कलहले खन्न बनाउँला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
अध्ययन–अध्यापनमा राम्रो उन्नति हुनेछ,सांस्कृतिक कार्यमा सहभागिताको अवसर मिल्नेछ,खिन्नता बढ्नेछ, राजनीतिक असमझदारीको सामना गर्नुपर्ने योग छ,खेल मनोरञ्जनमा समय खर्चिएला, मित्रजनको सहयोग प्राप्त होला,आकस्मिक यात्राका योजना बन्नेछन्,न्यायिक क्षेत्रमा सफलता मिल्नेछ,स्वास्थ्यमा बाधा उत्पन्न होला,आर्थिक स्थितिमा सुुधार आउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
खानपिनमा अरुचि बढ्ला,स्वास्थ्यमा समस्या देखिएला,पारिवारिक सम्बन्धमा सुधारको संकेत देखिन्छ,कला संगीत साहित्य सिर्जनामा सहभागिताको अवसर जुट्नेछ,रंगमञ्चको क्षेत्रमा लगानीको अभिवृद्धि हुनेछ,राजनीतिक घात–अन्तर्घातको योग रहेको छ,विलासिताका सामग्री जोडिएलान्,कूटनीतिक कार्यमा सहभागिताको योग देखिन्छ, दाम्पत्य जीवन सुखमय रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
मान्यजनबाट प्रशस्त सहयोग पाउनुहुनेछ,न्यायिक कार्यमा विवाद उत्पन्न हुनेछ,सामाजिक दायित्वबोधको अनुभूति हुनेछ, दाम्पत्य जीवनमा मनोमालिन्य बढ्नेछ,महत्वपूर्ण कार्यमा व्यवधान आउनेछ,साथीभाइको सहयोग प्राप्त हुनेछ,अनौठो यात्राको योग खुल्नेछ ,व्यस्तता बढ्नेछ ,राजनीतिक तथा सामाजिक कार्यमा सहभागिताको अवसर मिल्नेछ, स्वास्थ्यमा बाधा उत्पन्न हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
मित्रसँग मनोमालिन्य बढ्नेछ,अध्ययनमा सफलता प्राप्त हुनेछ,वैचारिक तर्क शक्तिको विकास हुनेछ,सामाजिक दायित्व थपिनेछ , सामाजिक कार्यमा समय खर्चिएला,घरघडेरी किनबेचको योग देखिन्छ, राज्यबाट मानसम्मान पाइनेछ, आर्थिक क्षेत्रमा अप्ठेरो पर्नेछ, अचल सम्पत्ति किनबेचमा विचार पु¥याउनुहोला,असन्तुष्टि बढ्नेछ,राजनीतिक विरोधको सामना गर्नुपर्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *