साप्ताहिक राशिफल

जय हिन्दु राष्ट्र नेपाल
नेपाल हिमाल पहाड तराई कोहि छैन पराई
जय नेपाल
साप्ताहिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ,अरूकाे स्वार्थमा उपयाेग भइएला,सुखदुःखमा साथ दिनेहरू कमै भेटिनेछन्, सप्ताहान्तमा टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ, मेहनत गर्दा विभिन्न अवसर हात पार्न सकिनेछ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ,मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिने सम्भावना छ, आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ,साताको अन्त्यमा स्वास्थ्य कमजोर रहनुका साथै काम बिग्रने डरले सताउन सक्छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह)–
साइनाे गाँस्नेहरूले दुःख दिनेछन्,पेटको मौसमी गढबढीले पनि सताउन सक्छ,नजिकका साथीभाइ टाढिनाले काममा बाधा पुग्न सक्छ,तापनि, सप्ताहान्तमा सकारात्मक संकेत प्राप्त हुनेछ,प्रयत्न गर्दा घरायसी कामकाज बन्नेछन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-
शुभचिन्तकहरूले समेत आफ्ना कमजोरीमाथि गुनासो गर्न सक्छन्,अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला,बिहीबार र शुक्रबार स्राेत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ,परिश्रमको नतिजा राम्रै पाइनेछ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
अधैर्यपना बढ्नुका साथै काम बिग्रने डरले सताउन सक्छ, बलजफ्ती गर्दा काम बिग्रनेछ भने दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुन सक्छ,बिहीबारपछि नाम, दाम र इनाम हातपार्न सकिनेछ, विवादबाट जोगिनुहोला, अभीष्ट पूरा हुन सक्छ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
नाम,दाम र इनाम हात पार्ने समय छ,मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ,प्रसिद्धि पनि बढ्नेछ, आम्दानीको स्रोत सबल बन्नेछ,दिगो फाइदा हुने काम सुरुआत हुनेछ,सप्ताहान्तमा केही चुनौती देखापर्न सक्छन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
तर अनावश्यक क्षेत्रमा ध्यान दिनाले झमेला आइपर्ला, बिहीबारपछि परिस्थिति कमजोर रहने देखिन्छ,घरायसी काम बिग्रनाले दु:ख पाइएला,परिबन्धले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ,परिवारजनका आवश्यकता पूरा हुनेछन् ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ, बिहीबारदेखि चुनाैती हट्नुका साथै स्थिति अनुकूल बन्नेछ, रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ, प्रतिस्पर्धामा विजयी भइनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ,सप्ताहान्तमा कुरा लगाउनेहरूकाे विश्वासले आत्मीय सम्बन्धमा फाटो उत्पन्न हुन सक्छ, सजग रहनुहोला,पारिवारिक सहयोगले फाइदा हुनेछ भने हठ गर्दा अप्ठ्यारोमा परिने सम्भावना छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
रचनात्मक कामले धेरैलाई आकर्षित गर्न सकिनेछ, अरूको बहकाउमा परिनाले काम बिग्रन सक्छ,भौतिक साधनकाे कमीले पनि अप्ठ्याराे पर्न सक्छ,सप्ताहान्तमा राम्रै परिणाम हातलागी हुने देखिन्छ,प्रियभेटले मन प्रसन्न हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
परिश्रमअनुसार राम्रै फल पाइनेछ,खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ,मेहनतले दाम र इनाम दिलाउनेछ,मित्रता र प्रेमको बन्धन कसिनेछ,तर फजुल खर्चसमेत बढ्नेछ,पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
स्थितिमा सुधार आउनुका साथै गुमेको स्थान प्राप्त हुन सक्छ,सहयोगीहरूले समस्या समाधानको बाटो पहिल्याउनेछन्, मेहनतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ, मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो कसिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *